सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
हवाना, २५ वैशाख (रासस÷एएफपी) । हवाना होटल विस्फोटको भग्नावशेषमा उद्धारकर्ताले आफ्नो कार्य जारी राखेका छन् । हवाना होटलमा गत शनिबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको अधिकारीले बताएका छन् ।
हवाना प्रतिष्ठित साराटोगा होटलको माथिल्लो तल्लामा कोही पनि जीवित नभेटिएको जनाइएको छ । उद्धारकर्ताले भग्नावशेषमा आफ्नो प्रयास केन्द्रित गरेको जनाइएको छ ।
शनिबार अधिकारीले यस विस्फोटमा परी घाइते भएका ३७ लाई अस्पतालमा भर्ना गरिएको जनाइएको थियो भने यसअघि ४६ जनालाई अस्पताल भर्ना गरिएको समाचार दिइएको थियो ।
रेडक्रसका एक अधिकारीले यस विस्फोटमा ३२ को मृत्यु भएको जानकारी दिएपछि अन्योल भएको थियो । यस विस्फोटबाट ज्यान गुमाउनेको यो सङ्ख्यालाई पछि ‘त्रुटि’ भनिएको थियो ।
क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यबद्धताका लागि मित्र राष्ट्रलाई धन्यवाद दिनुभएको छ ।
Leave a Reply