निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
जुम्ला, २५ वैशाख । नेपाल मजदुर किसान पार्टी कनकासुन्दरी गाउँ समितिको
आयोजनामा आइतबार गोठीजिउलामा जनसभा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका संयोजक सरोजराज
गोसाईले आजसम्म कर्णाली प्रदेशका जनता शोषण र दमनको सिकार भएको
भनाइ राख्नुभयो । जनताको दुःख कष्ट, अशिक्षा, रोग भोक हटाउन किसान र
मजदुरको राजनीति चेतनास्तर अझ उठ्नुपर्ने भन्दै उहाँले नेमकिपाले
इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने राजनीति गर्ने पार्टीको रुपमा
पहिचान पाएको विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले नेमकिपाले क्रान्तिकारी संसदवादको नीतिअनुसार
निर्वाचनमा भागलिँदै आएको भन्दै संविधानमा उल्लिखित काम, कर्तव्य र
अधिकारको सीमामा रहेर नेमकिपाले स्थानीय तहमा इमानदारीपूर्वक काम गर्ने
दृढता व्यक्त गर्नुभयो ।
नेमकिपाले विजय प्राप्त गरेका ठाउँमा स्थानीय तहमा उदाहरणीय काम गरेको
भन्दै उहाँले भोजभतेर गरेर, पैसा वितरण गरेर निर्वाचन जित्नेले भ्रष्टाचार
गर्ने निश्चित छ भन्नुभयो । नेमकिपाले स्थानीय तहका विकासनिर्माणको काममा
जनताको सहभागिता गराउने छ भन्दै पुँजीवादी पार्टीहरुले ठेकेदार पोस्न र
कमिसन खान विकास परियोजना अगाडि बढाउने गरेको स्पष्ट पार्नुभयो ।
नेमकिपा, जुम्ला जिल्ला समितिका उपाध्यक्ष विर्षबहादुर रावतले नेपाल अमेरिकी
साम्राज्यवाद तथा भारतीय एकाधिकार पुँजीको उपनिवेश हुनसक्ने खतरा रहेकोले
निर्वाचनमार्फत शासक दलहरुलाई पराजित गर्नुपर्ने विचार राख्नुभयो । भिख
मागेर देश चलाउने मानसिकता गलत भएको भन्दै उहाँले तिर्खा लागे विष खाने
होइन, पानी खानुपर्छ भनेझैँ एमसीसी सम्झौता खारेज हुनुपर्छ भन्नुभयो ।
उहाँले निर्वाचन परिणाम आफ्नो पक्षमा लिन गाउँ गाउँमा पैसा बाँडिएको
उल्लेख गर्दै नोटमा भोट नसाटौँभन्नुभयो ।
नेमकिपा कनकासुन्दरी गाउँ समितिका अध्यक्ष तथा गाउँ पालिकाको अध्यक्षका
उम्मेदवार माधव काफ्लेले विकासप्रेमी तथा न्यायप्रेमीलाई भोट दिनुपर्ने तर्क
गर्नुभयो । उहाँले घोषणापत्रमा वाचा गरिएअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त
गर्नुभयो ।
कनकासुन्दरी गाउँ पालिकाको उपाध्यक्षका उम्मेदवार तारा शाहीले जुम्लामा
कम्युनिस्ट पार्टी एउटामात्र छ, त्यो भनेको नेमकिपा हो भन्नुभयो । उहाँले
सच्चा कम्युनिस्ट पार्टीलाई भोटे आशा व्यक्त गर्नु भयो ।
कार्यक्रममा उम्मेदवार ताराबहादुर शाही र नेक्राविसंघका उपेन्द्र कार्कीले पनि
बोल्नुभएको थियो ।
कार्यक्रमअगाडि नारासहित जुलुस प्रदर्शन पनि भएको थियो ।
यसैबीच सिँजाको गुमगाढ, हिमा गाविसको आचार्यलिही, हिमा वडा नं ४
जुगाडे, तिला गापा वडा नं २ को डुडेली र वडा नं ३ को त्रिवेणीमा
कार्यकर्ता भेटघाट तथा छलफल भएको छ । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य
गोसाईले नेमकिपाले राजनीतिक स्पष्टताको निम्ति निर्वाचनमा भाग लिएको
विचार राख्नुभयो । उहाँले एमसीसीविरोधी संघर्षको कारण जनताले
नेमकिपाप्रति भरोसा गरेको गरेको भन्दै देशघाती पार्टीहरुसँग कुनै खालको
गठबन्धन नगर्ने नेमकिपाको नीतिले देशभरका कार्यकर्तामा उत्साह बढेका भनाइ
राख्नुभयो ।
Leave a Reply