भर्खरै :

बाँकेमा चुनावी सभा

बाँके, २७ वैशाख । नेपाल मजदुर किसान पार्टी लुम्बिनी प्रदेश समितिका संयोजक हरिसुन्दर वासीले जनताको हित हुने गरी स्थानीय निकायहरूलाई नमुना पालिका बनाउन स्थानीय तहमा नेमकिपाका प्रतिनिधिहरूको खाँचो छ भन्नुभयो ।
मङ्गलबार बाँकेको बैजनाथ गाउँपालिकामा आयोजित चुनावी सभामा प्रदेश संयोजक वासीले प्रजातन्त्रको सौन्दर्य भनेकै आफ्नो विचार मिल्ने प्रतिनिधि छनोट गर्न पाउनु हो भन्नुभयो । शासक दलहरूले एमसीसी सम्झौता पारित गरेर संरा अमेरिकी साम्राज्यवादको संसारमा युद्ध थोपर्ने नीति मान्न नेपाललाई बाध्य पारेको उल्लेख गर्दै उहाँले नेपाल र नेपालीमाथि हानि नोक्सानी पु¥याउने अमेरिकीविरुद्ध नेपालको अदालतमा मुद्दा लगाउन नमिल्ने सम्झौता गर्ने शासक दलहरू साम्राज्यवादी दलालहरू हुन् भन्नुभयो ।
कार्यक्रममा इन्जिनियर समाज नेपालका केन्द्रीय उपाध्यक्ष नरेश खत्रीले स्थानीय निर्माणमा लगत इस्टमेटभन्दा न्यून मूल्यमा ठेक्का लगाउने र त्यसको पनि ठाउँठाउँमा कमिसन पु¥याउँदा गुणस्तरीय काम हुन नसकेको स्पष्ट पार्नुभयो ।
बैजनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मोहनलाल थापाले एमाले र माओवादी दलहरूले कम्युनिस्ट पार्टीको नाममा जनतालाई ठगिरहेका छन् भन्नुभयो ।
कार्यक्रममा नेमकिपा बाँकेका अन्जिरबहादुर शाही, खड्गराज थापा, बैजनाथ गाउँपालिकाका वडाध्यक्ष उम्मेदवारहरू भीमबहादुर नेपाली र जयबहादुर शाहीले नेमकिपा देश जोगाउने अभियानमा रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *