भर्खरै :

“भक्तपुर नगरलाई शैक्षिक गन्तव्यको रूपमा विकास गर्दै जानेछौँ”

(भक्तपुर नगरपालिकाका उपप्रमुख पदका उम्मेद्वार रजनी जोशीद्वारा मिति २०७९ वैशाख २७ गते नेमकिपाको आयोजनामा टौमढीमा भएको जनसभामा व्यक्त विचारहरूको सार सङ्क्षेप)
नेपाल मजदुर किसान पार्टीले चुनावलाई देशघातीविरुद्ध देशप्रेमीहरूबीचको द्वन्द्वको रूपमा लिँदै आइरहेको छ । चुनावलाई नेमकिपाले राजनीतिक प्रशिक्षण दिने अवसरको रूपमा बौद्धिक लडाइँको रूपमा पनि लिँदै आइरहेको छ । यसर्थ वि.सं. २०१९ सालदेखि नेमकिपाले निरन्तररूपमा चुनावलाई उपयोग गर्दै आइरहेको छ । २०७४ सालको चुनावताका नेमकिपाले उपलब्ध गराएको घोषणापत्रअनुसार भक्तपुरलाई आदर्श नगर बनाउने हामी जनप्रतिनिधिहरू प्रतिबद्ध भएर लागेका थियौं र सोहीअनुसार नागरिकहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न कटिबद्ध भएका कारणले भक्तपुर नपा देशकै ‘नमुना नगर’ को रूपमा परिचित हुन पुग्यो ।
यसरी भक्तपुर नपा उत्कृष्ट नगरपालिका बन्न सक्नुको प्रमुख कारण भनेकै जनताको अपार माया र विश्वासका साथै नेमकिपाको पूरै प्यानल जित्नु, नेमकिपाका अग्रजहरूले देखाएको बाटो अँगाल्नु र नगरका हरेक विषयमा जनसहभागिताबाट भएको कामहरू देशको लागि अनुकरणीय बन्न सफल भएको हो भन्ने जनताले महसुस गरेका छन् ।
यसर्थ सञ्चारकर्मीहरूले भक्तपुरले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, वातावरण सुधार र सरसफाइमा ‘भक्तपुर मोडल’ भनेका छन् र हामीले यसलाई ‘ख्वप मोडल’ को रूपमा ग्रहण गरेका छौं ।
गएको पाँच वर्षसम्म भक्तपुर नपालाई यहाँहरू सम्पूर्णले हरसमय साथ दिनुभई यो स्थानसम्म पुग्न सफल बनाउनुहुने सम्पूर्ण नगरबासी एवम् अग्रजहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
अब आउने ५ वर्षमा शिक्षालाई प्राथमिकतामा राखी ‘एक घर एक स्नातक’ को अभियानलाई पूर्णता दिने आयामहरू थप्दै अघि बढ्दै ‘अनुसन्धानमूलक’ शिक्षालाई जोड दिँदै भक्तपुर नगरलाई शैक्षिक गन्तव्यको रूपमा विकास गर्दै जानेछौं ।
ख्वप विश्वविद्यालय स्थापना गर्न र समाजलाई बुद्धिजीवीकरण गर्न निरन्तर लाग्नेछौं । साथै, भक्तपुरलाई विज्ञान र प्रविधिको गन्तव्यस्थलको रूपमा परिवर्तन गराउन लाग्नेछौं । ख्वप अस्पताललाई १०० शैय्याको अस्पतालमा स्नतरोन्नति गरी सुविधासम्पन्न अस्पतालबाट जनताको सेवा गर्नेछौं ।
घरदैलो नर्सिङ सेवालाई निरन्तरता दिँदै स्वास्थ्य उपचारमा भक्तपुर नगरभित्र ‘स्वास्थ्य बीमा’ मार्फत विशिष्टिकृत स्वास्थ्य उपचार सेवाको व्यवस्था गर्न लाग्नेछौं ।
बि.सं. २०७२ सालको भूकम्पबाट क्षति भएका सबैजसो सम्पदाहरू पुनःनिर्माण, संरक्षण गरी ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ को नारालाई धेरै हदसम्म सार्थक बनाउन कोसिस गरेका छौँ । यी सम्पदाहरू स्थानीय कालीगढ, डकर्मी, सिकर्मीहरूले प्राविधिक प्रस्ताव र परामर्श मुताविक मौलिक वास्तुकला र मौलिक प्रविधिमा पुनःनिर्माण एवम् संरक्षण र सम्बद्र्धन उपभोक्ता समितिहरूमार्फत गरेका छौँ ।
यस किसिमको उदाहरणीय काममा भक्तपुर नपालाई उच्चकोटीको सफलता मिलेको हामी सबैले महसुस गरेका छौँ । यसर्थ नगरका सम्पूर्ण सम्पदा पुनःनिर्माण÷संरक्षणमा सहयोगी हात एवम् सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि निरन्तर सहयोगको अपेक्षा राखेका छौँ ।
सँगसँगै यहाँबाट लोप हुन लागेको अवस्थामा पुगेका सम्पदाहरू जस्तै न्हूपुखु
(रानीपोखरी), भाजु पुखुलगायत अमूल्य सम्पदाहरू पुनःजीवित बनाउने कामहरूलाई सम्पन्न गर्नेछौँ । प्राविधिक कारणले पुनःनिर्माण हुन नसकेका लायकूस्थित कला सङ्ग्रहालय रहेको ‘न्ह्यकं झ्या’ दरबार मल्लकालीन शैलीमै पुनःनिर्माण कार्य अघि बढाउनेछौँ, साथै नगरपालिकाको पुरानो भवन थन्थु दरबारको पुनःनिर्माणलाई प्राथमिकताका साथ अघि बढाउनेछौँ ।
जगन्नाथ क्षेत्र र ९९ चोकलगायत बसन्तपुर दरबारको उत्खनन् गरी अनुसन्धानमूलक कामहरू गर्दै जानेछौँ । यसको लागि सम्पदा र कला संस्कृतिबारे अध्ययन अनुसन्धान गर्नेका लागि अनुदानको व्यवस्था गर्दै जानेछौं ।
‘नाचगानको राजधानी’ भक्तपुरलाई कायम राख्न शिक्षण संस्थाहरूमा सांस्कृतिक गुरुहरूमार्फत परम्परागत बाजा एवम् नृत्यहरूको तालिम÷परम्परागत बाजाहरूको प्रतियोगितालगायत विभिन्न सांस्कृतिक विधा एवम् समूहहरूको संरक्षण गर्दै सांस्कृतिक क्षेत्रलाई व्यवसायीकरण गर्न अभिप्रेरित गर्ने काममा लाग्नेछौं ।
‘खुल्ला सङ्ग्रहालय’को रूपमा परिचित भक्तपुरको पुरानो क्षेत्रलाई नियमअनुसार ‘सांस्कृतिक नगर’ घोषणा भइसकेको अवस्थामा भक्तपुर नगरलाई नै ‘सांस्कृतिक नगर’ घोषणा गर्न पहल गरी पर्यटकीय गन्तव्य नगरको रूपमा विकास गर्दै जानेछौँ ।
समष्टिगत रूपमा प्राचीन नगरको संरक्षण गर्न र नगरको स्वरूप बचाइराख्न परम्परागत शैलीमा मापदण्डअनुसार घर बनाउने घरधनीहरूलाई मोहडामा लाग्ने काठ, इँटा र झिङ्गटीको लागि हुने खर्चको ३५ प्रतिशत प्रोत्साहनस्वरूप दिँदै आएका छौं भने यसलाई निरन्तरता दिँदै हाम्रो मठ, मन्दिर, फल्चाका साथै यहाँका घरहरू पनि ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकमा भनिएझैँ सार्थक बनाउँदै जानेछौँ ।
यसप्रकार संरक्षण र सम्बद्र्धन गर्न साथै अन्य विधाहरूमा पनि विज्ञ र विशेषज्ञ तयार पार्दै सत्यतथ्यसहित भक्तपुरलाई विज्ञान र प्रविधिको केन्द्रको रूपमा विकास गर्न जोड दिनेछौं ।
भक्तपुर नगरलाई व्यवस्थित रूपमा विकास गर्न मापदण्ड पालनाको निम्ति जोड दिँदै आएका छौं । त्यसको निम्ति नक्सापास गर्न आउने सेवाग्राहीहरूलाई नक्सा÷सम्पदासम्बन्धी अभिमुखीकरण गर्दै आएका छौं । यसबाट सेवाग्राहीहरूको लागि नै फाइदा पुग्ने बुझेकाले अहिले नक्सा पास गरेर मात्र निर्माण गर्ने परिपाटी बसेको छ ।
भक्तपुर नगरको समष्टिगत विकास गर्न नेमकिपाको सिद्धान्तअनुसार समाजवादी व्यवस्थामा जन्मदेखि मृत्युसम्मको संस्कारको लागि स्थानीय सरकार भक्तपुर नपाले शिशुस्याहार केन्द्र÷विद्यालय उन्नयनका कामहरूलगायत युवा लक्षित कार्यक्रम÷तालिमहरू गर्दै २१ औं शताब्दीको लागि सुयोग्य, सक्षम नागरिक उत्पादन गर्न जोड दिनेछौं । खेलकुदमार्फत स्वास्थ्य÷सुरक्षित नागरिकहरूबाट देशको सार्वभौमिकता र अखण्डताको निम्ति लड्ने युवाहरू तयारको गर्नको लागि जोड दिनेछौं ।
स्थानीय समुदायको सहभागितामा वातावरण सुधार, हरियाली व्यवस्थापनलगायतका कामहरू अझ प्रभावकारी ढङ्गले निरन्तरता दिनेछौं ।
खानेपानीको लागि स्थानीय स्रोतको पहिचान गरी उपलब्ध स्रोतबाट व्यवस्थित वितरण गर्नेछौं । साथै मेलम्चीको खानेपानी आउनेबित्तिकै अर्को व्यवस्था नभएसम्म पुरानै पाइपबाट घरघरमा पु¥याउने र नयाँ व्यवस्थाको लागि तयारी गर्दै जानेछौं ।
हाम्रो नगरको पहिचानलाई आ—आफ्नो स्थानबाट योगदान पु¥याई आजको दिनसम्म पु¥याइ सहयोग गर्नुहुने सम्पूर्ण आमा बुबाहरूको सेवाको लागि ‘आदर निकेतन’ सञ्चालन गर्ने अभियानमा लागेका छौं र यसलाई वडागत रूपमै सञ्चालन गर्दै जाने योजना रहेको छ ।
जन्मपछि मृत्यु एक ‘शास्वत सत्य’ हो र मृत्युसम्मको संस्कार गर्न समय र वातावरणअनुकूल ५० प्रतिशत कम इन्धन खपत हुने र ५० प्रतिशत समय कम लाग्ने सुधारिएको शवदाह गृह निर्माण गरिएकोमा आवश्यकताअनुसार थप्दै जाने योजना छ ।
यसप्रकारले ‘समाजवादी व्यवस्था’ अनुरूप नगरको समष्टिगत विकासमा हाम्रो नेमकिपाका उम्मेद्वारहरू अघिल्लो कार्यकालमाझैँ कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जाहेर गर्दै सम्पूर्ण देशप्रेमी÷न्यायप्रेमी नगरबासीहरूले मादल चिन्हमा छाप लगाई अत्यधिक मतले नेमकिपालाई विजयी गराउनुहुने विश्वास व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *