भर्खरै :

दैलेखको चाविनपा वडा नं १ मा नेमकिपा विजयी

दैलेख, ३१ वैशाख । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उदय विक निर्वाचित हुनुभएको छ । नेमकिपाका विकले ३१७ मत ल्याएर निर्वाचित भएका हुन् ।
विकका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका तपेन्द्रबहादुर शाहीले ३१३, एमालेका लछिराम केसीले २९६, नेकपा माओवादी केन्द्रका शेरबहादुर पुलामी मगरले ९५ मत पाउनुभएको छ ।
वडा नम्बर १ को महिला सदस्यमा पनि नेमकिपाकी लाली सारू मगर निर्वाचित हुनु भएको छ । उहाँले ३०७ मत पाउनु भएको हो । काङ्ग्रेसकी बसन्ता कुमारी रेग्मी र एमालेकी विमला मगरले २७९÷२७९ र माओवादीका सुर्जा मगरले १०० मत पाउनु भएको हो ।
खुला सदस्यमा नेमकिपाका गोरखबहादुर केसीले ३३७ र सुरेन्द्र शाहीले ३२४ मत पाउनु भएको छ ।
दलित महिला सदस्यमा एमालेकी सान्ताकुमारी विक निर्वाचित हुनुभएको छ । निर्वाचित वडाध्यक्ष उदय विक २०४० सालमा चामुुण्डा गाविसको वडा नं १ को एक गरिव परिवारमा जन्मिनुभएको हो । विद्यार्थी जीवनदेखि नै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा अवद्ध हुनुभएको हो । प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि गरिवीको कारणले उच्च शिक्षा हासिल गर्न उहाँ असमर्थ हुनुभयो । उहाँले लामो समयदेखि नेमकिपा चाविनपाको वडा नं १ को सदस्य तथा पार्टी चावि नगर समितिको सदस्य भएर काम गर्दै आउनुभएको थियोे । हाल उहाँ कृषि पेशामा संग्लन हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *