निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भादगाउँ, ३१ वैशाख । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाको क्रममा भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम छ । भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा शनिबार बेलुका ९ ः५० बजेसम्ममा प्राप्त वडा नं १ देखि ३ सम्मको ६ हजार ९६९ मतगणना भएकोमा नगरप्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले चारहजार २९० मत र उपप्रमुखमा नेमकिपाकै रजनी जोशीले चार हजार ३७९ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
प्रमुख पदमा नेपाली काङरग्रेसका रामप्रसाद कासुलाले ७०३, एमालेका रवीन्द्र लाछिमस्युले ४९८ र माओवादी केन्द्रका तुल्सीभक्त सुवालले १७८ मत प्राप्त गरेका छनर । त्यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवारले ५५४, गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवारले ३९२, माओवादी केन्द्रका उम्मेदवारले २१७ मत प्राप्त गरेका छनर ।
वडाध्यक्षमा नेमकिपाका उम्मेदवारहरूले क्रमशः वडा नं. १ मा १९७१, वडा नं. २ मा ६६२ र वडा नं ३ मा १६९० मत प्राप्त गरेर अग्रता कायम राखेका छनर । त्यसैगरी एमालेका उम्मेदवारहरूले क्रमशः ५७४, १६२ र १२५ नेपाली काङरग्रेसका उम्मेदवारहरूले ५९, १०० र ३१६, माओवादी केन्द्रका उम्मेदवारहरूले २५, ६२ र ७० तथा राप्रपाका उम्मेदवारहरूले ८५, १३ र ५५ मत प्राप्त गरेका छन ।
Leave a Reply