निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौँ, ३१ वैशाख । नेकाको देउवा नेतृत्वको सरकारको गठन माओवादी, एकीकृत समाजवादी, जसपा, राजमोको समर्थनमा बनेको हो । एमालेका प्रम ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेकोमा माओवादीका प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपा उपेन्द्र यादव र बाबुराम भट्टराई तथा राजमोका चित्रबहादुर केसी र दुर्गा पौडेल आक्रोशित दाबी गर्छन् । तर, यथार्थ विपरीत छ, निर्वाचनमा सत्ता पक्षी र प्रतिपक्षीबीच सिद्धान्तहीन गठबन्धन नै गरे ।
रूकुमपूर्वमा एमाले र काङ्ग्रेसको गठबन्धन गरियो माओवादीसँगको झडप पनि भयो । एमालेले आफ्ना कार्यकर्ता जुनमाया बुढालाई माओवादीले बलात्कारपछि हतया गरेको आरोप लगायो । माओवादीले पनि बुढाको हत्याबारे दुःख व्यक्त गरी दोषीलाई कारबाहीको माग गरे ।
दोलखाको जिरीमा मतदान बिथोल्न गैरमतदाता भित्याएको र वैशाख २७ गते राति झडपसमेत हुँदा प्रहरीको पाँच राउण्ड हवाई फायर भएको र पक्राउ परेका १९ जनामध्ये १३ जना जिल्ला बाहिरको परेको प्रहरी सूत्रको दाबी पनि प्रकाशित भयो ।
२०७४ सालमा दोलखाको मेलुङ गाउँपालिका–१ पतरीमा मतपेटिका फाल्न खोजिँदा प्रहरीद्वारा गोली चलाइयो र स्थानीय नकुल भुजेलको मृतयु भएको थियो । त्यसबेला दोलखाको गौरीशङ्करमा एमाले–माओवादी झडप हुँदा कुलबहादुर तामाङको मृत्यु भएको थियो ।
ताप्लेजुङ फक्ताङmलुङ गाउँपालिका ६ माङमा १६ भोट मतदातालाई चुनाव गराउन कर्मचारीसहित १ लाख १७ हजार खर्च गरिएको खबर छ ।
राजनीतिमा सिद्धान्तहीन गठबन्धन गर्ने पार्टीहरू पञ्चायती व्यवस्थाका पृष्ठपोषक हुने जनताको मूल्याङ्कन हो । २०७४ सालको स्थानीय तहको चुनावमा नेका र माओवादीकै गठबन्धन थियो भने एमाले–राप्रपाको अर्काे गठबन्धन थियो । नेपाल मजदुर किसान पार्टीले यसपटकको एमसीसी सम्झौताका समर्थक देशघाती र सम्झौताविरोधी देशभक्तहरूबीच हुने सुरूमै औँल्याएको थियो ।
Leave a Reply