रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
वासिङ्टन, १४ अप्रिल । विश्वको एक मात्र महाशक्ति राष्ट्र संरा अमेरिकाका केही विभिन्न अनुहारहरू छन् । मितव्ययिताको नीतिको लागू गर्ने नाममा संरा अमेरिकाले अमेरिकी नागरिकहरूको ज्यानलाई ध्यान नदिएको मात्र नभई अन्तर्राष्ट्रिय जिम्मेवारी र ठूलो मुलुकको दायित्वबारे सोचविचार गर्दैन । तथापि, अमेरिकाले युद्ध भड्काउनको लागि धेरै खर्च गर्छ ।
अमेरिकी प्रतिनिधिसभाले अप्रिल १० का दिन युक्रेनलाई करिब ४० अर्ब अमेरिकी डलरको सहायता प्रस्ताव अनुमोदन गरेको छ । त्यसमध्ये सैन्य सहायता करिब २५ अर्ब अमेरिकी डलर रहेको छ । तथापि मध्य अमेरिका महाद्वीपका मुलुकहरूको विकासका लागि दिने सहायताबारे चार वर्षसम्म चलेको वार्तामा अमेरिकाले सम्बन्धित मुलुकहरूलाई एक पैसा पनि दिएको छैन ।
संयुक्त राष्ट्र सङ्घको सबैभन्दा बढी खर्च वहन गर्नुपर्ने सदस्य मुलुकको रूपमा अमेरिकाले अहिलेसम्म १ अर्ब डलरभन्दा बढी खर्च तिर्न बाँकी छ, जुन युक्रेनलाई सहायता प्रदान गर्ने खर्चको थोरै अंशमात्र रहेको छ, तथापि कहिले तिर्ने भन्ने यकिन छैन ।
अरू गम्भीर कुरा के हो भने अमेरिकाले अफगानिस्तानमाथि २० वर्षसम्म गरेको आक्रमणमा अमेरिकी हतियार व्यवसायीहरूले ठूलो नाफा कमाएका छन् । तथापि अफगानिस्तान सङ्कट सिर्जिएको मुलुक अमेरिकाले अफगानिस्तान छोड्दा अफगानिस्तानी जनताको मुआब्जा तिरेको छैन, बरू अफगानिस्तानको अरबौँ अमेरिकी डलरको सम्पत्ति आफ्नो हातमा राखेको छ । जुन एक किसिमको डकैती नै हो ।
वास्तवमा अमेरिकाको लागि गञ्जागोलको स्थिति आयआर्जनको भरपर्दो श्रोत हो भने अमेरिकी व्यापारीहरूको हित सबैभन्दा महत्वपूर्ण कुरा हो । विश्वमा द्वन्द्व सिर्जना गर्ने र त्यसको आडमा हतियार बिक्री गर्ने सबैभन्दा ठूलो मुलुक संरा अमेरिकाले यस्तो विचार नत्याग्ने हो भने त्यसले विश्वलाई अरू बढी आपत्ति र दुःख ल्याउने छ ।
अमेरिका–आशियान विशेष शिखर सम्मेलन
यसैबीच केही समयका लागि पछि सारिएको संरा अमेरिका–आशियान विशेष शिखर सम्मेलन मे १३ तारिख वाशिङ्टनमा सम्पन्न भएको छ ।
संरा अमेरिकाको तथाकथित ‘इन्डो प्यासिफिक क्षेत्रीय रणनीति’ को एक महत्वपूर्ण भागको रूपमा मानिने उक्त शिखर सम्मेलनका वास्तविक उद्देश्य, ठोस मिति र कार्यसूची र अन्तिम नतिजामा धेरै पक्षले आशङ्का गरेका छन् । शिखर सम्मेलन सम्पन्न भएपछि प्रकाशित गरिएको संयुक्त वक्तव्यको कुनै पनि वास्तविक अर्थ छैन । विश्लेषकका अनुसार, संरा अमेरिकाको भनाइ र गराइबीच धेरै भिन्नता देखिन्छ । किनकि संरा अमेरिकाले खुला रूपमा एशियामा आफ्नो मित्र परिधिको विस्तार गर्न भनेको छ, तर वास्तवमा अमेरिकाले चीनको नियन्त्रण गर्ने शक्तिलाई सबल पार्न खोजेको हो ।
उक्त शिखर सम्मेलनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले गणतन्त्र कोरिया (दक्षिण) र जापानको भ्रमण गर्नुका साथै टोकियोमा आयोजना गरिने ‘चार पक्षीय सुरक्षा संवार्ता’ मा भाग लिनुहुने कार्यक्रम रहेको छ । त्यो उहाँले राष्ट्रपतिको पद सम्हालेपछि पहिलो एसिया भ्रमण नै हो । एसियाको शान्ति विकासका लागि योगदान गर्ने कदम भए एसियाली मुलुकले अवश्य नै स्वागत गर्नेछन् । तर क्षेत्रीय शान्ति, स्थिरतामा हानि पु¥याउने र क्षेत्रीय एकता र सहकार्यलाई ध्वस्त पार्ने सबै कुकर्मलाई एसियाली मुलुकहरूले पटक्कै स्वीकार गर्ने छैनन् । सीआरआई
Leave a Reply