भर्खरै :

युरोपको सुरक्षा आफ्नो हातमा राखिनुपर्छ

गएको मे ९ तारिखका दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जर्मनीका चान्सलर ओलाफ शोल्जसँग भिडियो वार्ता गर्नुभयो । त्यसपछि राष्ट्राध्यक्ष सीले मे १० मा फ्रान्सका राष्ट्रपति इमान्युल म्याक्रोँसँग टेलिफोन कुराकानी गर्नुभयो । उक्त दुई वार्तामा राष्ट्राध्यक्ष सीले युरोपेली मुलुकहरूले युरोपको सुरक्षा आफ्नो हातमा राख्ने कुराको समर्थन चीनले गरेको बताउनुभयो ।
हाल निरन्तर रूपमा चलिरहेको रूस–युक्रेन युद्धबाट युरोपलाई गम्भीर रूपमा प्रभावित पारिएको छ । अमेरिकाको प्रोत्साहनमा युरोपले निरन्तररूपमा रुसमाथि नाकाबन्दी गरेको छ । तथापि, जसबाट गम्भीर क्षति भएको छ । युरोपकोसामु देखापरेको सुरक्षा समस्या दिन प्रतिदिन बढ्दै आएको छ । यसका साथै अमेरिकाले लगाताररूपमा पछाडिबाट खराब काम गरेको हुनाले युरोपेली क्षेत्रको सुरक्षामा अझ ठूलो त्रास धम्की देखापरेको छ । सुरक्षा, शान्ति तथा समृद्धिका लागि युरोपले अरू बढी बुद्धिमत्ता तथा साहस देखाउनुपर्छ ।
इतिहासको पाना पल्टाउँदा समूहबीचको प्रतिद्वन्द्विता विश्व सुरक्षाको लागि ठूलो त्रासद धम्की हो । शीतयुद्धको परिणामस्वरूप भएको नेटोले रुसको चासोलाई बेवास्ता गरी लगाताररूपमा पूर्वतर्फ विस्तार गर्न खोजेका कारण रुस र युक्रेन बीचको युद्ध भएको हो । युरोपका अधिकांश मुलुकहरू नेटोका सदस्य मुलुकहरू हुन् । युरोपले अमेरिकाको कुचेष्टामा खसेर अमेरिकाले आफ्नो प्रभुत्ववादको संरक्षण गर्ने साधन बन्नुहुँदैन, बरू आफ्नो हित र युरोपको दीर्घकालीन अवधिसम्मको सुरक्षाबारे सोच विचार गरी रुससँग समानरूपमा सहअस्तित्व गर्ने र युरोप महाद्वीपमा स्थायी शान्ति हुने उपाय खोज्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *