जलवायु परिवर्तनबारे पुँजीवादी विचार
- आश्विन १९, २०८३
भियतनाम सानो छ । यो देश हिजो विश्वको महाशक्ति अमेरिकी साम्राज्यवादसँग गरेको सङ्घर्षको कारण प्रख्यात थियो । आज पनि काका होलाई भियतनाम र भियतनामी जनता आदरपूर्वक सम्मान र स्मरण गर्छन् । अहिले भियतनाम कम्बोडियामाथि हमला गर्ने ‘आक्रमणकारी’ देशको रूपमा पनि चर्चित छ ।
विश्वको ‘प्रजातन्त्र’ को ठेकेदार महाशक्ति देश अमेरिका सानो देश भियतनामबाट ‘पराजित’ भई फर्केको दसौँ वर्षगाँठ भर्खरै समाप्त भएको छ । सन् १९७५ अप्रिल ३० मा अति घृणित अन्तिम युद्धबाट अमेरिकी सेना फर्केको दिन हो ।
भियतनामको सङ्क्षिप्त इतिहास
दक्षिण चीन सागरको छेउमा अवस्थित भियतनाम उत्तर–दक्षिण लाम्चो परेको छ । भियतनामको उत्तरी भागमा सो कोइ (लाल नदी) छ । त्यस नदीको वरपरको भू–भागमा टङ्किन निम्न भूमि (त्यलपष्ल ीयधबिलम) छ । त्यसै टङ्किन क्षेत्रबाट भियतनामको इतिहास सुरु भएको पाइन्छ ।
आजभन्दा २१९२ वर्षअघि अर्थात् इशा पूर्व २०७ मा त्यस टङ्किन क्षेत्रमा नामभियत (ल्बmखष्भत) भन्ने राज्य थियो । त्यो राज्यमाथि चीनको हानवंशले ई.पू. १११ मा कब्जा ग¥यो । हानवंशले राज्यको नाम अन्नाम (ब्ललबm) राख्यो । अन्नामको स्थानीय अर्थ दक्षिणी प्रभुत्व हो । हानवंशले धेरै शताब्दीसम्म शासन ग¥यो । १० औँ शताब्दीमा आएर अन्नाम चीनको हानवंशबाट मुक्त भयो र लिवंशको शासन चल्यो । त्यसपछि ट्रान्ह र चामवंशको शासन चल्यो । ट्रान्हवंशले मङ्गोलहरूलाई हराए । चामवंश सुरु भएपछि मेकङ मुहान भूमितिर बढेर खमेरहरू (आजको कम्बोडियाको भूभागका बासिन्दा) लाई धपाए र भूभाग कब्जा गरे ।
त्यस क्षेत्रमा युरोपियनहरूको प्रवेश १५ औँ शताब्दीदेखि भएको पाइन्छ । त्यहाँ पुग्ने पहिलो युरोपवासी पोर्चुगालका मानिस थिए । त्यसपछि त्यहाँ डच, अङ्ग्रेज, फ्रान्सिसीहरू पनि पुगे । फ्रान्सिसीहरूले सन् १७८७ पछि आफ्नो हैकम चलाउन थाले ।
सन् १८०२ मा सम्राट गियालोङले शासन गरे । उनले १८ वर्ष (१८०२–१८२०) को शासन अवधिमा देशको एकीकरण गरे । उनीपछिका शासकहरूको पालामा क्रिश्चियन मिसन (धर्म प्रचारकहरू) ले देशको शासन र अन्य क्षेत्रमा हस्तक्षेप गर्न र बाधा दिन थालेपछि तिनीहरूलाई नियन्त्रण गर्न खोजे । तर, फ्रान्सले त्यसैलाई निहुँ बनाई सन् १८६२ मा भियतनामको दक्षिणी भागमाथि जबरजस्ती कब्जा ग¥यो । त्यसको २० वर्षपछि टङ्किन र अन्नामको संरक्षकत्व फ्रान्सले लियो । १८९९ मा आएर फ्रान्सले हिन्द चीन सङ्घ बनायो । त्यस सङ्घमा टङ्किन, अन्नाम, भियतनामको दक्षिणी भाग, लाओस र आजको कम्बोडियाको धेरै भू–भाग पनि गाभ्यो । त्यसको संरक्षकत्व लिनाले ती क्षेत्रका जनतामाथि शोषण र दमन बढ्यो तर फ्रान्सलाई अति नाफा भयो ।
दोस्रो विश्वयुद्धको बेला पश्चिमबाट जर्मनी र पूर्वबाट जापान बढिरहेको थियो । पूर्वबाट बढेको जापानले चीनका थुप्रै भू–भाग सँगसँगै भियतनाममाथि पनि कब्जा जमायो । जापानले भियतनाम कब्जा गरेपछि फ्रान्सको धाक घट्यो ।
भियतनाममाथि विदेशीहरूको त्यस आक्रमणलाई भियतनामी जनताले सहन सक्ने कुरै थिएन । आक्रमणकारीविरुद्ध भियतनामी जनताले सङ्घर्ष गर्दै आए । प्यारो पितृभूमिको लागि सयौँ–हजारौँले आफ्नो जीवन अर्पण गरे । भियतनाम मजदुर पार्टी (पहिलेको हिन्द चीन कम्युनिस्ट पार्टी) को नेतृत्वमा भएको अगस्त क्रान्तिबाट २ सेप्टेम्बर १९४५ का दिन हो चि मिन्हले जनगणतन्त्र भियतनामको घोषणा गर्नुभयो ।
त्यसको केही समयपछि फ्रेन्च उपनिवेशवादीहरूले भियतनामविरुद्ध आक्रमण सुरु गरे । सन् १९४६ मा फ्रान्सले गणतन्त्र भियतनामलाई मान्यता दिनेजस्तो कुरा ग¥यो । तर, त्यस सम्झौतालाई भङ्ग गराई गृहयुद्ध सुरु गरायो । फ्रान्सले बाओ डाइ (द्ययब म्बष्) को प्रतिक्रियावादी सरकारलाई मान्यता दियो । १९४९ मा बाओ डाइ सरकारको भियतनाम फ्रान्सको उपनिवेशको लाजलाग्दो दर्जा पायो–फ्रेन्च सङ्घअन्तर्गत ।
देशभक्त भियतनामी जनताले फ्रान्स र त्यसको कठपुतली सरकारविरुद्ध युद्ध गर्दै गए । १९५४ को डियनवियन फूको ऐतिहासिक विजयबाट सानो राष्ट्रले पनि शक्तिशाली साम्राज्यवादी देशलाई हराउन सक्छ र आफूलाई मुक्त पार्नसक्छ भन्ने कुरा विश्वसामु प्रस्ट्याइदिए । मे महिनामा भएको डियनवियन फूको युद्धमा फ्रान्सको हार भएको थियो ।
आफू बलियो भएसम्म शान्ति वार्ताको ‘नाटक’ सम्म खेल्न नरुचाउने साम्राज्यवादी फ्रान्स डियनवियन फूको हारपछि जेनेवा शान्ति सम्मेलनमा हाजीर हुन पुग्यो । त्यस सम्मेलनबाट २० जुलाई १९५४ मा फ्रान्सले उत्तर भियतनामलाई मान्यता दियो । साम्राज्यवादीहरूले एक देशलाई दुई देश बनाउने नीति ल्याए । त्यस नीतिअनुसार १७ औँ अक्षांश रेखालाई सीमा बनाइयो । तर, त्यो राजनैतिकरूपमा अस्थायी विभाजनरेखामात्र थियो ।
सन् १९५४ मा नै क्भ्ब्त्इ (दक्षिण पूर्व एसियाली सन्धि सङ्गठन–सिएटो) गठन भएको थियो । त्यस सङ्गठनमा साम्राज्यवाद र उसका ‘सहयोगी’ हरू सदस्य थिए । त्यस सङ्गठनमा अस्ट्रेलिया, फ्रान्स, न्युजिल्यान्ड, पाकिस्तान (पछि छोड्यो), फिलिपाइन्स, थाइल्यान्ड, संयुक्त अधिराज्य र सं.रा. अमेरिका सदस्य छन् । यस सङ्गठनको मूल उद्देश्य साम्यवादलाई रोक्न सामूहिक प्रयास गर्नु थियो । त्यसै उद्देश्य पूर्तिको लागि भियतनामी जनताको नृशंस हत्यामा सं.रा. अमेरिकाको साथ दिन द. कोरिया, न्यूजिल्यान्ड, फिलिपाइन्सले लाखौँ सिपाहीहरू भियतनाम पठाएका थिए । जापानले भियतनाममा रासायनिक युद्धको लागि दलहरू खडा गर्न अमेरिकाको साथ दिएको थियो ।
जनतासँग हो चि मिन्ह
भियतनामको कूल क्षेत्रफल १ लाख २५ हजार ८८२ वर्ग माइलमध्ये उत्तरतर्फ ५९ हजार ९२४ वर्ग माइल र दक्षिणतर्फ ६५ हजार ९५८ वर्ग माइल प¥यो । भियतनामको कूल लम्बाइ उत्तर–दक्षिण १ हजार माइल छ भने चौडाइ ३५ माइलदेखि ३०० माइलसम्म छ । अहिले पुग नपुग ६ करोड जनसङ्ख्या छ । भियतनाम टुक्र्याएपछि पनि फ्रान्स ‘प्रत्यक्ष’ रूपमा हैकम चलाउन असमर्थ भयो । भियतनामी जनताको मारबाट बच्न फ्रान्स पछि हट्न बाध्य भयो । तर, अर्को साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले दक्षिण भियतनाम सेनालाई तालिम दिने निहुँमा सैनिकहरू द. भियतनाम (सैगन) पठाउन सुरु ग¥यो । त्यसभन्दा अगावै पनि अमेरिकाले भियतनाममाथि हमला गर्ने असफल प्रयास गरिसकेको थियो ।
विश्वका सबैजसो साम्राज्यवादी देशको आक्रमणमा परेको विशाल चीनका जनताले आफ्नो देशलाई मुक्त गर्ने लडाइँ लडिसकेका थिए । साम्राज्यवादी प्यादा च्याङकाई शेक कम्युनिस्टहरूमाथि निर्मम दमन गर्दै साम्राज्यवादीहरूप्रति बफादारिता दर्शाउँदै थिए । अमेरिकी साम्राज्यवादले च्याङलाई भियतनाममाथि हमला गर्ने आवश्यक निर्देशन दिइसकेको थियो । यो घटना सन् १९४७ तिरको हो । तर, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले साम्राज्यवादी पिठ्ठु च्याङका सेनालाई एकपछि अर्को मोर्चामा पराजित गर्दै गए । १९४९ अक्टोबरमा पुग्दा च्याङ आफै ताइवान भाग्नुप¥यो । च्याङबाट आफ्नो अपराध सफल नभएपछि १९ मार्च १९५० मा अमेरिकाले युद्धपोत र विमान सैगन पठायो । सोही वर्ष अमेरिकाले कोरियामाथि हमला गरेको थियो ।
द. भियतनाम फ्रान्सको सट्टा अमेरिकाको उपनिवेश बन्यो र त्यसैको इसारामा द. भियतनामको सरकार ‘नाच्न’ थाल्यो ।
विभाजनपछि सन् १९५५ मा दक्षिण भियतनाममा एउटा जनमतसङ्ग्रह भयो । अमेरिकालाई आफ्नो अनुकूलको सरकार स्थापना गर्नु थियो । त्यस जनमतको नाटकबाट बाहो डाईलाई अपदस्थ गराइयो र न्यु डिन्ह डियमलाई राष्ट्रपति बनाइयो । तर, डिन्ह डियमप्रति वासिङटनले बनाएको धारणामा गडबडी देखियो । तब ‘भाग्य’ लेख्ने वासिङटनका ज्योतिषहरूले डिन्ह डियन र उनका भाइको जन्मकुण्डलीमा ‘हत्या’ लेखियो । यो काम कुख्यात अमेरिकी गुप्तचर संस्था सीआईएले सन् १९६३ मा सम्पन्न ग¥यो । त्यहाँदेखि द. भियतनामको सत्तामा सैनिक जुम्टा रहन थाले । सन् १९६५ मा अमेरिकी सरकारका विश्वासपात्र न्गुयन काओ की प्रधानमन्त्री बनाइए । बाहिरबाट हेर्दा अमेरिका हिटलरका विरोधी थिए । तर, हिटलरका प्रशंसकहरूले अमेरिका मन पराउँछन् । यसको पुष्टि काओ कीको नियुक्तिले गर्छ । काओ कीको दृष्टिमा संसारमा कुनै वीर छ भने ती एकमात्र– हिटलर हुन् !
१७ औँ अक्षांशको उत्तरतर्फको भियतनामले माक्र्सवाद–लेनिनवादको समाजवादी बाटोमा विकास गर्दै गयो । ठूला शत्रु देशसँग लड्दा साना देशलाई तुलनात्मकरूपमा बढी क्षति हुनु स्वाभाविक हो । यद्यपि, समाजवादी मार्ग र समाजवादी देशहरूको सहयोगबाट उत्तर भियतनामले विकास निर्माणका बाधा अड्चनहरू पार गर्दै गयो । यसका साथै शान्तिपूर्ण एकीकरणको लागि शान्तिवार्ताको सफलताको निम्ति प्रयास गर्दै गए । शान्ति वार्ताका विभिन्न सम्झौताहरू हुँदै गए । सम्झौतामा सही गरेको मसी नसुक्दै अमेरिकी साम्राज्यवादले त्यसको उल्लङ्घन गर्दै गयो । यसरी धेरै वर्ष बिते ।
अमेरिकाले लिएको ‘साम्यवाद रोक्ने’ मन्त्र यस्तो छ जसको आधारमा साम्राज्यवादी सेना जुनसुकै देशमा पु¥याउन सकिन्छ† आक्रमण गर्न सकिन्छ† निहत्था जनतामाथि अन्धाधुन्ध गोली हान्न सकिन्छ । अमेरिकी साम्राज्यवादले त्यस नारालाई आज निकारागुआ, एल साल्भाडोर जस्ता देशमा लगाउँदै छ भने ग्रेनाडाको उदाहरण ताजा नै छ । यसबाहेक थुप्रै देशमा सैनिकहरू तैनाथ गरिराखेको सर्वविदितै छ । भियतनाम त्यसैको एक नमुना थियो । संरा अमेरिकी सेनाका मुख्यसचिव एच.के. जोन्सनका अनुसार, ‘भियतनाम युद्ध कम्युनिस्ट क्यापसँग लड्ने अमेरिकी क्षमताको परीक्षा’ हो ।
भियतनाम युद्धको क्रममा एउटा भियतनामी गाउँको तस्बिर
सहयोग गर्ने सम्बन्धमा पनि साम्यवाद रोक्ने नीति क्रियान्वित भएको पाइन्छ । दोस्रो विश्वयुद्धको बन्दुकको आवाज थामिएपछि विश्वका थुप्रै देशका भोकानाङ्गा जनताले साम्यवादको झन्डा उचाले । पुँजीवादीहरूले एउटा योजना ल्याए जसलाई मार्सल सहयोग भनिन्छ । यस योजनाका उद्देश्यहरूमा साम्यवादी प्रभावलाई रोक्नु प्रमुख थियो । विश्वको पहिलो सहयोग योजनालाई संरा अमेरिकाले १९ अर्ब डलर दियो । यस योजनाअन्तर्गत शत्रु र मित्र दुवैलाई आर्थिक पुनः निर्माणको लागि सहयोग गर्ने भनिएको थियो । तर, त्यो सही कुरो थिएन । पुँजीवादीहरूको प्रभुत्व रहेको मार्सल सहयोग निष्पक्ष रहन पनि सक्दैन । सोही कुरा भियतनामको सहयोग गर्ने कुरामा लागु भयो ।
सन् १९७३ मा अमेरिकाका तत्कालीन राष्ट्रपति निक्सनले भियतनामका प्रधानमन्त्रीलाई एक पत्र लेखी पुनःनिर्माणको लागि ३२ लाख ५० हजार डलर बिनासर्त सहयोग दिने प्रतिज्ञा ग¥यो तर त्यो रकम दिने त परै जाओस् अन्य विदेशी सहयोगमा समेत बाधा पु¥याएर प्रशासनले अमेरिकी नीति पुनः प्रस्ट पा¥यो ।
भियतनामको मुक्ति र राष्ट्रिय एकताको दृढइच्छालाई साम्राज्यवादीहरूले रोक्न सकेनन् । अमेरिकी साम्राज्यवादले भियतनामी जनताको उपरोक्त दृढइच्छामाथि दमन गर्न दोस्रो विश्वयुद्ध र कोरियामा खसालेको कूल बमको पुगनपुग तीन दोब्बर अर्थात् ७ अर्ब केजी बम खसालेको थियो । भियतनामको कूल क्षेत्रफललाई त्यो बाँड्ने हो भने प्रतिवर्ग माइलमा ५५ हजार ६ सय ७ केजीभन्दा बढी बम पर्छ । यसबाट इतिहासको अति घृणित पात्र हिटलरभन्दा पनि अमेरिकी साम्राज्यवाद नरसंहारमा अझ अगाडि परेको देखिन्छ ।
महाशक्ति देश अमेरिका फ्रान्ससँग लामो युद्धमा संलग्न रहे पनि भियतनामजस्तो सानो एवम् गरिब देशको अर्थव्यवस्थामा गम्भीर सङ्कट नआउनुको कारण समाजवादी राष्ट्रहरूको दरिलो सहयोग हो भन्ने सम्बन्धित विज्ञहरूको भनाइ छ ।
भियतनामी जनताको अदम्य साहस, मुक्ति र राष्ट्रिय एकताको अपूर्व इच्छा, समाजवादी एवम् साम्राज्यवादविरोधी अन्य राष्ट्रहरूको अनुपम सहयोग, विश्वका तमाम न्यायप्रेमी जनताको अमेरिकी साम्राज्यवादप्रतिको असीमित घृणा र विरोधको परिणामस्वरूप ३० अप्रिल १९७५ का दिन भियतनाम पूर्णरूपमा मुक्त भयो ।
अमेरिकाका दुई इमानदार ‘कुकुर’ मध्ये द. भियतनामका राष्ट्रपति बनेका न्गुयन भान थ्यू ३५ सय केजी सुन लिएर ताइवान भागे । त्यस्तै प्रधानमन्त्री बनेका न्गुयन काओ की पनि प्रशस्त धन बोकेर अमेरिका भागे । ऊ आज अपराध कार्यमा संलग्न छन् ।
भियतनामी जनताको अदम्य साहस, मुक्ति र राष्ट्रिय एकताको अपूर्व इच्छा, समाजवादी एवम् साम्राज्यवादविरोधी अन्य देशको अनुपम सहयोग, विश्वका तमाम न्यायप्रेमी जनताको अमेरिकी साम्राज्यवादप्रतिको असीमित घृणा र विरोधको परिणामस्वरूप ३० अप्रिल १९७५ का दिन भियतनाम पूर्णरूपमा मुक्त भयो ।
भियतनाम युद्ध किन ?
एउटा शक्ति सम्पन्न देश अमेरिकाले सानो, गरिब देशमाथि लादेको युद्ध स्वस्थ दिमागको सोचाइमा अनावश्यक छ । तर, ८०० माइल टाढाको भियतनाममा अमेरिकाले आफ्नो शक्ति, सम्पत्ति खर्च गर्न पुग्यो । अमेरिकाले आजसम्म लडेकामध्ये सबैभन्दा लामो दुःखदायी, खराब युद्ध भियतनाम युद्ध बन्न पुग्यो । यद्यपि, अमेरिकी नीति निर्माताहरू भियतनाम युद्धको औचित्य देख्छन् । हालै अमेरिकाको पूर्वपरराष्ट्रमन्त्री रहिसकेका हेनरी किसिन्जरले एउटा लेख प्रकाशित गराए । त्यो लेख भियतनाममाथि अमेरिकी हमलाबारे नै थियो । त्यस लेखमा किसिन्जरले आफ्नो बौद्धिकताको प्रदर्शन गरे एक आक्रमणकारी देशको पूर्व विदेशमन्त्रीको हैसियतले । तर, त्यस लेखमा भियतनामी जनताको राष्ट्रप्रेम तथा उपनिवेशवाद विदेशी हस्तक्षेपविरुद्धको लामो सङ्घर्षमय इतिहासबारे कुनै उल्लेख गरिएको छैन भन्ने भनाइ समालोचकहरूको छ ।
भियतनाम युद्धमा ५८ हजार २२ अमेरिकीको मृत्यु भयो भने ३ लाख घाइते भए । मृत्यु र घाइतेको यो तथ्याङ्क वासिङटनको एक पर्खालमा लेखिएको छ । त्यसबाहेक भियतनाम युद्धबाट प्रभावित दशौँ लाख मानिसबारे कतै केही उल्लेख गरिएको छैन । भियतनाम युद्धमा अमेरिकाले १ अर्ब ५० करोड डलर खर्च ग¥यो । दक्षिणपूर्वी एसियामा साम्यवाद रोक्न अमेरिकालाई फलामको चिउरा चपाउनुभन्दा गा¥हो भयो र भियतनामी जनताले संरा अमेरिकालाई कागजी बाघ साबित गरेर फर्काए ।
भियतनाम युद्ध अमेरिकी नीति निर्माताहरूले बनाएको विदेश नीतिको परिणति थियो । ती नीति निर्माताहरू फासीवादका छोरानाति नभएर पनि हिटलर मुसोलिनीको बिँडो थाम्ने ‘प्रजातन्त्रका सर्दारहरू’ हुन् । केनेडी प्रशासनको राज्यविभागका र जोन्स प्रशासनका राष्ट्रिय सुरक्षा सल्लाहकार रहिसकेका वाल्ट डब्ल्यु रोस्टोका अनुसार, फ्रान्कलिन रूजवेल्टदेखि रोनाल्ड रेगनसम्मका नौजना राष्ट्रपतिले विश्वका, विशेषगरी एसियाको राजनैतिक इच्छाविरुद्ध गम्भीर सुरक्षात्मक कदम चाले । अमेरिकी विदेश नीतिले युद्धको सृजना गर्छ भन्ने कुराको यथेष्ट प्रमाण छन् । लेवनान, ग्रेनाडा, निकारागुआ, एल साल्भाडोरका घटनाक्रम रेगन प्रशासनको विदेश नीतिको ‘युद्ध’ सन्देशकै हाँगाबिँगा हुन् ।
अमेरिकी नीति निर्माताहरूले अमेरिकी जनतालाई ‘धन्दा नमान, हतियार र सेनाको हामीलाई दुःख छैन, हामी ठीक गर्छौँ’ भनेर शान्त पार्न खोज्दै ३३ लाखभन्दा बढी अमेरिकी फौज भियतनाममा प्रयोग गरेका थिए । हामी भियतनाममा बस्नेछौँ, त्यहाँबाट फर्कने छैनौँ भन्ने जोन्सनको भनाइले भियतनाम युद्ध किन भन्ने प्रश्नको जवाफ छर्लङ्गिछ ।
संयुक्त राज्य अमेरिकाको समाचार र विश्व रिपोर्ट (ग्क् ल्भधक बलम ध्यचमि च्भउयचत) मा स्पष्ट लेखिएको छ– दोस्रो विश्वयुद्धपछि संरा अमेरिकाले आफ्नो विदेशनीतिको उद्देश्य पूर्तिको लागि कमसेकम २६२ पटक सशस्त्र सेना प्रयोग गरेको छ । साँच्चै भन्ने हो भने हिटलरले खुलारूपमा युद्धको चाहना गरेका थिए र उनलाई चिन्न सजिलो थियो । तर, अमेरिका ‘युद्ध चाहँदैन’ किन्तु प्रत्येक कदम युद्धतिर उन्मुख देखिन्छ । हिटलरले ग्यासच्याम्बरलाई ‘किफायती’ देखेका थिए । जोन्सन, म्याकनमारा र डोन रस्कले भियतनाममा प्रयोग गरेको विषालु ग्यासलाई पनि उचित भने । विषालु ग्यासबाट छटपटाइ मरेको हेर्दैमा मूर्छा होला जस्तोलाई ‘हतियारबाट भन्दा विषालु ग्यासको प्रयोग (भियतनामी मार्न) धेरै मानवीय छ !अतः हिटलरको प्रतिरूप नै अमेरिकी साम्राज्यवाद हो भन्न सङ्कोच मान्नु पर्दैन !
–क्रमशः
स्रोत ः पञ्चायत, वर्ष ३, अङ्क ६÷७, पूर्णाङ्क २३÷२४,
(२०४२)
Leave a Reply