चे, फिडेलको संस्मरणमा– १
- आश्विन २१, २०८३
सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटदेखि नै चीन र संरा अमेरिकाबीच असमझदारीहरू बढेको हो । ओवामा प्रशासनको समयमा चुलिएका असमझदारीहरू ट्रम्प प्रशासनको बेला बाहिरै देखियो र अहिले वाइडेन प्रशासनको कार्यकालमा भित्रभित्र कुटनीतिकरूपले नै बेमेल र दूरी फराकिलो हुँदैछ । कोरोना महामारीको समयमा चीनप्रति संरा अमेरिकाको व्यवहारबाट पनि विश्वले चीन संरा अमेरिकाबीचको द्वन्द्व बढेको अनुभव ग¥यो ।
वास्तवमा कोभिड १९ महामारीविरुद्धको लडाइँमा चीनलाई संरा अमेरिकाले भेट्टाउन सकेन । महामारीपछिको आर्थिक उन्नति र सुधार, शिक्षा, विज्ञान तथा प्रविधि, घरेलु, सुशासन र विश्वव्यापी सुशासनमा संरा अमेरिका चीनको प्रतिस्पर्धामा आउन सकेन । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा चीनले बेजोडको भूमिका खेल्यो । आफ्नो देशभित्रका जनतालाई अनुशासित ढङ्गले स्वास्थ्य मापदण्डमा राख्न चीन सफल भयो । त्यतिमात्र होइन चीनले अन्तर्राष्ट्रिय जगतको सेवामा चीन खट्यो । स्वास्थ्य सामग्रीसँगै मेडिकल ब्रिगेडहरू पठाई अन्तर्राष्ट्रिय धर्म निर्वाह ग¥यो । त्यो समयमा संरा अमेरिका आफ्नै देशका जनताको सुरक्षा गर्न असफल देखियो । विश्वलाई सघाउने त कता हो कता खोप अभियानमा पनि सफल भएन संरा अमेरिका । विश्वको सेवामा लागि रहेका क्युवा र चीनलाई गाली गर्दै मेडिकल राष्ट्रवादको व्यवहार देखायो
कोभिडविरुद्धको अभियानमा विश्व स्वास्थ्य सङ्गठनलाई चीनले सघायो । त्यसले भ्याक्सिन, पीपीइलगायत स्वास्थ्य सामग्री उपलब्ध गरायो । कोभिड महामारीले संसारले नै आर्थिक सङ्कट बेहोरिरहँदा चीनको व्यापार नाफा तथा वैदेशिक सञ्चिति २६.४ प्रतिशतले वृद्धि भयो । चीनको कुल गार्हस्थ उत्पादन २.३ प्रतिशतले वृद्धि भइरहँदा संरा अमेरिकाको कुल गार्हस्थ उत्पादन ४ प्रतिशतले खुम्चियो । युरोपेली सङ्घको अर्थतन्त्र १० प्रतिशतले सङ्कुचन भयो ।
सन् १९९० को दशकको सुरुआततिर शीतयुद्धको अन्त्यपछि विश्व अर्थतन्त्रमा चीन र संरा अमेरिकाको कुल गार्हस्थ उत्पादनको हिस्सा क्रमशः ३.८६ प्रतिशत र २०.६ प्रतिशत थियो । सन् २०१८ सम्म आइपुग्दा विश्व अर्थतन्त्रमा संरा अमेरिकाको हिस्सा १५ प्रतिशतमा झ¥यो भने चीनको हिस्सा १८.६ प्रतिशत पुग्यो, त्यो पनि क्रयशक्ति समानताको आधारमा । चीनको आर्थिक आकार सन् २०३० मा अझ ठूलो हुने निश्चित छ । चीन आज विश्वकै पहिलो निर्यातकर्ता र वैदेशिक विनिमय सञ्चय गर्ने देश हो । चीन विश्वको त्यस्तो महत्वपूर्ण अर्थतन्त्र हो जसको ठूलो वैदेशिक ऋण छैन ।
कोभिड १९ महामारीकाबीच पनि आफ्नो उद्देश्यअनुरूप नै चीनले गरिबी निवारण गरेर विश्वलाई नै चकित पा¥यो ।
शिक्षाको मामिलामा चीन र संरा अमेरिकाबीचको दूरी साँघुरिँदैछ । संरा अमेरिका आधारभूत विज्ञानमा अगाडि मानिन्छ यदि अनुसन्धान संस्था राष्ट्रिय प्रयोगशाला र निजी विश्वविद्यालयहरूको आँकडा हेर्ने हो भने । तर, अब संरा अमेरिकाले यो क्षेत्रमा लगानी घटाउँदैछ । यता चीनमा भने विश्वविद्यालयका विद्यार्थीको एकतिहाइले इन्जिनियरिङ अध्ययन गरिरहेको तथ्याङ्क छ । चीनले ठूलो सङ्ख्यामा नयाँ पुस्ताको तयारी गरिरहेको छ । सन् २०३५ भित्रमा समाजवादी आधुनिकीकरणका निम्ति शिक्षामा जोड दिइएको छ । चिनियाँ सभ्यता, विज्ञान र खोज अनुसन्धानको क्षेत्रमा बढी जोड चीनले दिएको छ । केही समयदेखि वैज्ञानिक अन्वेषण, इन्जिनियरिङ कम्प्युटर विज्ञान र गणितशास्त्रको क्षेत्रमा संरा अमेरिकालाई चीनले उछिन्दैछ । चीनमा वैज्ञानिक र इन्जिनियरको सङ्ख्या संरा अमेरिकामा भन्दा छ गुणाले बढी छ । अझ संरा अमेरिका युरोपेली सङ्घ, जापान, दक्षिण कोरियाको सङ्ख्या जम्मा गर्दा पनि चीन कै बढी हुन्छ ।
विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा विद्यावारिधी गर्नेहरूको सङ्ख्या अमेरिकाको भन्दा दोब्बर चीनमा छ । उच्च प्रविधिमा चीन र संरा अमेरिकाको प्रतिस्पर्धा चर्काे छ । चीनले कृत्रिम वुद्धि आर्टिफिसियल इन्टेलिजेन्स्मा चमत्कार गरेको छ । फात्जी (5G), डिजिटल मुद्रा र इन्क्रिप्सन (encrytion) मा चीनले फड्को मारेको छ ।
चीन र संरा अमेरिका अहिले क्वान्टम कम्प्युटरमा मुख्यतः प्रतिद्वन्द्वी छ । एक्काइसाँै शताब्दीमा त्यसलाई ‘होली ग्रेल’ को नाम दिइएको छ । चीनमा हाल १ अर्ब अमेरिकी डलर बजार मूल्यको १५० वटा यूनिकर्ण कम्पनी उदाएको छ । यसले विश्व तथ्याङ्कमा ४६ प्रतिशत ओगट्छ । संरा अमेरिकामा त्यति १०७ वटा कम्पनी छन् र विश्व तथ्याङ्कमा यो ३३ प्रतिशतमात्र हिस्सा हो ।
त्यो उपलब्धि चीनको निरन्तरको मेहनत र वैदेशिक पुँजीमा चिनियाँ शैलीको खुलापनको नतिजा हो ।
घरेलु सुशासनको क्षेत्रमा चीनले आफ्नो परिधि बढाएको छ । प्रविधिमा क्रान्तिसँगै पुँजीवादी देशहरूसँगको श्रम सम्बन्धमा पनि चीन निकै अगाडि छ । पुँजीवादी विश्वमा उत्पादकत्व, रोजगारी, प्रतिव्यक्ति आए घट्ने र तटस्थ रहने अवस्था छ । व्यक्तिमात्र होइन एक प्रतिशत धनाढ्यको हातमा पुँजी तथा धन सञ्चय हुँदा अर्थतन्त्र चलायमान नहुने सम्भावना बन्दै छ । सामाजिक सम्पत्ति विस्तारै खुम्चिँदैछ । प्रविधि र विज्ञानमा अगाडि बढ्नुका साथै जनताको सामाजिक जीवनलाई सुन्दर बनाउनुपर्ने पक्षमा चीन छ । चीन त्यही कारण ग्रामीण क्षेत्रमा पनि असाध्यै न्यून लागतमा प्रविधि, पूर्वाधार निर्माण गर्न सफल भयो । जनसम्पर्क, जनसहभागिताको विकास नै अगाडि बढ्ने उपाय हो भन्ने व्यवहार चीनले देखायो । ग्रामीण क्षेत्रमा जनताको जीवनस्तर उठाउने सामाजिक कार्यहरूमा ध्यान दिँदा चीनको कुल गार्हस्थ उत्पादन घट्न सक्ला तर आर्थिक या सम्पत्तिमा असमानता, जनजीवनमा असमानता घट्छ भन्ने मान्यता चीनको हो ।
दोस्रो विश्वयुद्धपछि विश्वव्यापी शासन संरा अमेरिकाले हातमा लियो । अमेरिकी दबदबा त्यहीबाट सुरु भयो ।
विकासशील देशहरूलाई आइएमएफ र विश्व बैङ्कको माध्यमबाट आफ्नो मुठ्ठीमा लियो । आज चीन अमेरिका केन्द्रित त्यो प्रणालीमा परिवर्तनको आह्वान गर्दैछ । बहुपक्षीयता नै एकपक्षीय शासनको विकल्प हो भन्ने अडान लिँदैछ । अन्तर्राष्ट्रिय शासन प्रणालीमा परिवर्तन युगकै आवश्यकता हो भन्नेमा अब दुविधा छैन । बहुध्रुबीय र सहकार्यमा आधारित सन्तुलित आर्थिक सम्बन्ध समयको माग पनि हो ।
आजसम्म संरा अमेरिकाले चीनविरुद्ध होइन गलत दाबीहरूका आधारमा पूर्वाग्रह राख्यो । पहिलो, चीन संरा अमेरिकाभन्दा कहिल्यै अगाडि बढ्दैन, संरा अमेरिकालाई उछिन्नु भनेको चीनको मृगतृष्णामात्र हो । संरा अमेरिकाले चीनलाई एउटा पिछडिएको कृषिप्रधान देशमात्र देख्यो । हुनपनि सन् १९८० को दशकमा चीनको कुल गार्हस्थ उत्पादन संरा अमेरिकाको ५ प्रतिशत पनि थिएन । अमेरिकी शासन चीनलाई १९८० को आँखाले हेर्छ । चीनमा भइरहेको प्रगति, विज्ञान, प्रविधिमा कायापलट र विश्व बैङ्क र आइएमएफसँगको सम्बन्ध थाहा हुँदाहुँदै पनि संरा अमेरिका चीनको कमजोर पक्षहरूलाई अगाडि सारेर मूल्याङ्कन गर्छ ।
दोस्रो, चीनको विकास दिगो हुँदैन भन्ने दाबी संरा अमेरिकाको हो । संरा अमेरिकालाई के विश्वास थियो भने चीनको विकासमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व र राजनीतिक केन्द्रीकरण नै सबैभन्दा ठूलो बाधाअड्चन हुनेछ । पश्चिमा राजनीतिक प्रणाली नअपनाइकन चीनले वैज्ञानिक अन्वेषण र विकास गर्न सक्दैन भन्ने दाबी संरा अमेरिकाको थियो ।
चीनले पश्चिमा प्रजातान्त्रिक मोडलको अनुशरणविना बजार अर्थतन्त्र सम्हाल्न सक्दैन भन्ने दाबी संरा अमेरिकाले ग¥यो । यो दुवै दाबी गलत प्रमाणित भयो । आजको चिनियाँ कम्युनिस्ट पार्टी दोस्रो विश्वयुद्धपछिको सोभियत युनियन होइन भन्ने हेक्का संरा अमेरिकालाई भएन ।
संरा अमेरिकी धनीधनाढ्य वर्गले चीनमा अपेक्षा गरेको सन् २००८ को आर्थिक मन्दी चीनले सामना गर्नै परेन । त्यसको उल्टो संरा अमेरिकाले आर्थिक सङ्कट व्यहोर्नुप¥यो । आज संरा अमेरिका आफ्नो विकास भन्दा पनि चीनको प्रगति रोक्ने होडमा छ ।
राष्ट्रिय सुरक्षा मामिलाको कुरा गर्ने हो भने संरा अमेरिकाले सबैभन्दा बढी खर्च सैन्य क्षेत्रमा गरेको देखिन्छ । उसको त्यो लगानीले चीनलाई घेर्न खोजेको आज होइन लामो समय अगाडि हो । तर, चीनलाई संरा अमेरिकाको सैन्य गठबन्धनहरूले रोक्न सकेन र रुसको नजिक पु¥यायो । चीन संरा अमेरिकाबीच युद्ध भयो भने त्यसको परिणाम दुःखद हुन्छ भन्ने विश्वको अनुमान छ । चीन त्यो चाहँदैन तर संरा अमेरिका सैन्य मामिलामा ठूलो खर्च गर्दैछ । पहिलो विश्वको एकतिहाइ हातहतियार संरा अमेरिकासँग हुन्थ्यो अहिले दुईतिहाइ छ । त्यसकारण, संरा अमेरिकाको रक्षा बजेट राष्ट्रिय सुरक्षाका लागिमात्र होइन विश्वमा प्रभुत्व कायम राख्नको निम्ति हो भन्ने कुरा अब लुकेको छैन ।
चीन सैन्य युद्धधम्कीविरुद्ध तयार गर्छ र राष्ट्रिय सुरक्षा नै उसको प्राथमिकता हो । चीन पनि फरकफरक शक्तिशाली हातहतियार बनाउन सफल छ । राष्ट्रिय सुरक्षाका लागि प्रतिकारका हातहतियार बनाउँछ । संरा अमेरिकाले हवाई विमान युद्ध समूह निर्माणमा मात्र १३ अर्ब अमेरिकी डलर खर्च ग¥यो । मिसनको समयमा प्रत्येकको टाउकोमा ६५ करोड अमेरिकी डलर पर्छ । उता चीनको डोङफिङ (Dongfeng) बालिस्टिक मिसाइल जम्मा १ अर्ब अमेरिकी डलरमा तयार भयो ।
आज चीन र रुसको रणनीतिक सहकार्य र मित्रताले राजनीतिक महत्वलाई नै गौण बनाइदिएको छ । चीनसँगको मित्रताकै कारण पनि रुसमाथि संरा अमेरिकालाई हुनसम्मको दबाब दिइरहेको देखिन्छ ।
वित्तीय क्षेत्रमा डलरको प्रभुत्वले पनि नयाँ चुनौतीहरू निम्त्याएको छ । विश्वव्यापी मुद्रा भएको कारण अन्तर्राष्ट्रिय व्यापार मामिलामा डलरको स्थान विशिष्ट छ । यही कारण पनि संरा अमेरिकी डलर अन्य देशहरूलाई दबाउनका निम्ति प्रयोग भइरहेको छ । संरा अमेरिकाको डलर प्रभुत्ववादविरुद्ध चीन उभियो । चीनसहित अन्य देशहरू मिलेर विश्वव्यापी अन्तर बैङ्क वित्तीय दूरसञ्चार संयन्त्रमा आधारित समाज निर्माण गरियो । त्यतिमात्र होइन सिमाना वारपार अन्तर बैङ्क भुक्तानी प्रणाली पनि बनाइयो । डलरबाट मात्र कारोबारको प्रणाली हटाउने प्रयास जारी छ । चीनले त्यसकारण डिजिटल मुद्राका लागि ५ वर्षदेखि मेहनत गरिरहेको छ । चीनको घरेलु बजारमा पनि प्रयोग हुने उक्त डिजिटल मुद्रा प्रचलित बन्दैछ । छिटै नै अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीसँग जोडिने छ ।
संरा अमेरिकाको सैन्य गठबन्धन क्वाड (QUAD) (संरा अमेरिका, अस्टे«लिया, जापान, भारत) एसियाका लागि ‘नाटो’ हो भन्दा फरक पर्दैन । चीनलाई हमला गर्न क्वाड अर्थात् एसियाली नाटो बनाएको तथ्य खुल्दैछ । हिजो डोनाल्ड ट्रम्प आज वाइडेन चीनको आर्थिक आकर्षणबाट शक्तिशाली देश जापान, भारत, अस्ट्रेलिया टाढा रहोस् भन्ने चाहन्छ । केही अमेरिकी विज्ञहरूले भनेका छन् क्वाड ‘मिनी नाटो’ अर्थात् ‘सानो नाटो’ हो । क्वाड ध्वंसात्मक ‘चुनिएका देशबीचको बहुपक्षीयता’ हो । चीन सम्पूर्ण ध्वंसात्मक गतिविधि र गठबन्धनबाट टाढा रही आप्mनो क्षेत्रको शान्ति, स्थायित्व र समृद्धिका निम्ति काम गर्दैछ ।
आज विश्वका विकसित देशहरू संरा अमेरिकासँग भन्दा चीनसँग काम गर्न रुचाउँछन् । संरा अमेरिकाले त्यसलाई रोक्न विश्वव्यापी मूल्य चक्र नै आप्mनो हातमा लियो । कच्चापदार्थ निर्यातमा नाकाबन्दी नै लगायो । यूरोपेली देश र संरा अेमेरिकासँग जोडिएका देशहरूलाई चीनसँग सहकार्य नगर्न आदेश दियो ।
त्योविरुद्ध नोभेम्बरमा चीनले क्षेत्रीय व्यापक आर्थिक सहकार्य मञ्च अगाडि बढायो । विश्वको करिव २९ प्रतिशत जनता यो क्षेत्रीय व्यापक आर्थिक सहकार्यअन्तर्गत जोडिए । यो नै स्वतन्त्र व्यापार र बहुपक्षीयताको विजय हो भन्नेमा चीन दृढ छ ।
चीनविरुद्ध प्रविधि, सेमिकन्डक्टरहरूमाथि नाकाबन्दीको गतिलो जवाफ पनि चीनले दिएको छ । दुई प्रणालीबीचको प्रतिद्वन्द्वी पक्षहरू उजिल्याउने डिल्मा रोसेफको लेख पुस्तकमा निकै पठनीय छ । नवउदारवादी अर्थतन्त्र हुर्काइरहेको संरा अमेरिका र चिनियाँ विशेषता सहितको समाजवादमा बजार अर्थतन्त्र हुर्काइरहेको चीनबीचको द्वन्द्व स्वाभाविक पनि हो । पश्चिमा प्रणालीको अवलम्बन विनापनि कुन पनि देश अझ भनौं समाजवादी देश हरेक क्षेत्रमा अगाडि बढ्न सक्छ भन्ने प्रमाण बनेको छ चीन । जनता केन्द्रित व्यवस्था, कम्युनिस्ट व्यवस्था, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व नै चिनियाँ अर्थतन्त्रको प्रमुख आधार हो । समाजवादी व्यवस्था, कम्युनिस्ट नेतृत्व पश्चिमा प्रजातन्त्रभन्दा निकै राम्रो छ, उत्कृष्ट छ भन्ने समयले प्रमाणित गरिसकेको छ । चीनलाई एक्ल्याएर हराउन खोजिरहेको संरा अमेरिकाले आप्mनो हार समयमै स्वीकारे विश्वयुद्ध र विध्वंसबाट जोगिनेछ । चीनको सफलता कम्युनिस्ट सिद्धान्त र नेतृत्वको सफलता हो । यो शताब्दी सुहाँउदो समाजवादी व्यवस्थाको सफलता हो । चीनलाई न्यूनाङ्कन गरी अगाडि बढ्नु संरा अमेरिका स्वयम्का लागि घातक हुने, निश्चित छ ।
समकालीन विश्व ‘Contemporary World’ मा विश्व व्यवस्था र सुरक्षाका अरू थुपैै्र महत्वपूर्ण विषयहरू छन् । अन्तर्राष्ट्रिय राजनीति, अर्थतन्त्र र सामाजिक पक्षहरूको सहि जानकारी दिने पुस्तक ‘Contemporary World’ पठनीय छ ।
Leave a Reply