विपद्पूर्व सुरक्षित बसोबासको बन्दोबस्त जरुरी
- भाद्र १०, २०८३
लाखौँ लाख जनतासँग प्रत्यक्ष सम्पर्क हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ र ठूला दलका नेताहरूले हल्लाको राजनीति गरे । हरेक गाउँपालिका र नगरपालिकाहरूमा स्थानीय जनतामाझ चुनाव प्रचार प्रसार हुन्थ्यो । भेटघाट, सभा, गोष्ठी, अन्तरक्रिया, घरदैलो कार्यक्रम आदि हुन्थ्यो । यसरी जनतासँग प्रत्यक्ष सम्पर्क हुने स्थानीय तहको निर्वाचनमा आ–आफ्नो दलको सिद्धान्त र विचार जनतामाझ नबताई एकले अर्कोलाई हिलो छ्याप्ने, व्यक्तिगत लाञ्छना लगाउने र हेलाहोचो तथा अपमानित शब्द खर्चिने काम नेता तथा कार्यकर्ताहरूले गरे । दलको सिद्धान्त र विचार नबुझाई कहिले ठूलो र सानो दलको कुरा गरेर, कहिले किलो र तनको कुरा फलाकेर त कहिले कुनै नेताको नाउँ लियो कि कुल्ला गर्नुपर्ने प्रसङ्ग उठाएर हल्लाको राजनीति गर्न नेताहरू खटिए ।
सिद्धान्त र विचारको राजनीति गरेको भए उनीहरूले पाउने मतमा आकास पातालको फरक हुँदैनथ्यो । हल्लाको राजनीति गरेर जितेकै कारण कहिले नेका देशको पहिलो शक्ति बन्यो, कहिले एमाले त कहिले माओवादी केन्द्र । पहिलो दल बनेको माओवादी केन्द्र अर्को पाँच वर्षमा कसरी तेस्रो दल बन्यो ? अहिले पनि गठबन्धन नगरी एक्लाएक्लै निर्वाचनमा भाग लिएको भए माओवादी र एकीकृत समाजवादी पत्तासाफ हुनेमा शङ्का छैन । आफ्नो दलको अस्तित्व जोगाउन नै, सरकारमा रहेर रजाइँ गरिरहन नै उनीहरू (नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा) ले गठबन्धन गरेका हुन् । उनीहरूबीच गठबन्धन नभए, पैसाको खोलो नबगाएको भए, भोजभतेर र सामान वितरण नगरेको भए नेमकिपाका उम्मेदवारहरू धेरै स्थानमा वडाध्यक्षदेखि नगर प्रमुखसम्म जित्नेमा शङ्का छैन ।
दैलेख, जुम्ला, कालीकोटमा नेमकिपाको राम्रो सङ्गठन छ । चितवन नेमकिपाको राम्रो प्रभाव भएको जिल्ला हो । यसरी नै सुर्खेत, बाँके, काभ्रे, रौतहट आदि जिल्लामा सबै दलले इमानदारीपूर्वक शुद्ध राजनीति गरेका भए नेमकिपाका उम्मेदवारहरू जित्नेछन् । तर, सत्तासीन र अन्य ठूला दलका नेताहरू झूटको खेती गर्छन्, भ्रम फैलाउँछन्, अनेक षड्यन्त्र गर्छन्, पैसा बाँड्छन् र अनेक लोभलालच देखाएर जनताको मत लिन्छन् र जित्छन् । यसरी लोचलालच देखाएर लिइएको मत दलको सैद्धान्तिक मत होइन, सिद्धान्त बुझेर या अध्ययन गरेर प्राप्त गरेको मत होइन । यही कारण ती दलका उम्मेदवारहरूको मतमा धेरै हेरफेर हुन्छ । यसका दोषी सत्तासीन र ठूला राजनीतिक दलहरू नै हुन् ।
Leave a Reply