चिनियाँ कम्युनिस्ट पार्टीले व्यापक र कडा पार्टी अनुशासन कार्यान्वयनको अनुसन्धान गर्ने
- श्रावण १५, २०८३
पेइचिङ, २१ मे । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे २० का दिन टिमोर–लेस्टे (पूर्वी टिमोर) राष्ट्रपति जोस रामोस होर्टासँग टिमोर–लेस्टेको स्वतन्त्रता पुनःप्राप्त भएको २० औँ वार्षिकोत्सव तथा चीन र टिमोर–लेस्टे बीच दौत्य सम्बन्ध स्थापना भएको २० औँ वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गर्नुभयो ।
राष्ट्राध्यक्ष सीले राष्ट्रपति होर्टासँग मिलेर दुई मुलुकको मैत्रीपूर्ण, पारस्परिक विश्वास र पारस्परिक हितको चौतर्फी सहयोगात्मक साझेदार सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन चाहेको विचार व्यक्त गर्नुभयो ।
यसैगरी, राष्ट्रपति होर्टाले चीनले टिमोर–लेस्टेको राष्ट्रिय निर्माण प्रक्रियामा दिएको समर्थनप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
सोही दिन चीनका प्रधानमन्त्री ली खछ्याङ र टिमोर–लेस्टेका प्रधानमन्त्री टाउर मतन रुकले पनि एक अर्काबीच बधाई साटासाट गर्नुभएको थियो ।
त्यस्तै ब्रिक्स राजनीतिक पार्टी, थिङ्क ट्याङ्क र नागरिक समाज सङ्गठन मञ्च अनलाइनमार्फत पेइचिङमा सुरु भएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त मञ्चलाई बधाई सन्देश दिनुभएको छ ।
राष्ट्राध्यक्ष सीले चीनले ब्रिक्स मुलुकहरूलगायत विश्वको विभिन्न देशहरूसँग मिलेर संयुक्त राष्ट्र सङ्घको सन् २०३० दिगो विकास विषय एजेन्डालाई व्यवहारमा उतार्न गति प्रदान गर्ने, विश्वको विकास प्रस्तावलाई व्यवहारमा उतार्नअगाडि बढाउने तथा विश्व विकास समुदायको संयुक्तरूपमा सिर्जना गर्ने कुरामा जोड दिनुभयो ।
राष्ट्राध्यक्ष सीले ब्रिक्स मुलुकहरू र विकासोन्मुख मुलुकहरूका राजनीतिक पार्टी, थिङ्क ट्याङ्क र नागरिक समाज सङ्गठनहरूले जिम्मेवारी वहन गर्दै आदानप्रदानलाई सबल पार्ने, विश्वको साझा विकास, मानव भाग्य समुदायका लागि भूमिका निर्वाह गर्ने आशा व्यक्त गर्नुभयो ।
Leave a Reply