चिनियाँ कम्युनिस्ट पार्टीले व्यापक र कडा पार्टी अनुशासन कार्यान्वयनको अनुसन्धान गर्ने
- श्रावण १५, २०८३
कोरियाली मजदुर पार्टी एक मनको एकताको पार्टी हो र कोरिया एक मनको एकताको देश हो । एक मनको एकता प्रिय नेता किम जङ इलको मौलिक क्रान्तिकारी दर्शन हो । एक मनको एकता एउटै केन्द्रमा आधारित, एउटै निर्देशात्मक सिद्धान्तमा आधारित एकता तथा क्रान्तिकारी मित्रतामा आधारित एकता हो भने बुझाइ नेता किम इल जङको हो । उनको बुझाइमा एक मनको एकता सिद्धान्त, नैतिकता र कर्तव्यमा आधारित नेता, पार्टी र जनसमुदायको एकता हो । प्रजग कोरियामा पार्टी र नेताले जनतालाई विश्वास गर्छन् र जनता पार्टी र नेताप्रति बफादार हुन्छन् । कोरियाको एक मनको एकताकै कारण संसारकै शक्तिशाली, बलियो ठान्ने साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले कोरियालाई धाक, धम्की दिए पनि प्रजग कोरिया बिचलित भएन । प्रजग कोरिया साम्राज्यवादी शक्तिसामु कहिल्यै झुकेन । यो प्रजग कोरियाको महान्ता हो ।
हो, आज संसारमा साम्राज्यवादविरोधी शक्तिहरूको एकताको खाँचो छ । साम्राज्यवादी देशहरूको फुटपारुवा नीति र विखण्डनविरुद्ध संसारका देशभक्त मुलुक र जनताको एकताको आवश्यकता छ । साम्राज्यवादीहरूको विखण्डनवादी नीतिलाई ध्वस्त नपारेसम्म संसारका स्वाधीन र सार्वभौम मुलुकले शान्तिपूर्वक बस्न पाउँदैनन् । प्रजग कोरियाका महान् नेता किम इल सङले देशका शोषित पीडित जनतालाई आफ्नो भाग्यको मालिक सम्झेर नयाँ युगको मागको प्रतिबिम्बित गर्दै जुछे विचारधाराको सूत्रपात गरे । महान् नेता किम इल सङले सिद्धान्त र विचारलाई जोड दिए । व्यापक जनसमुदायको इच्छा र मागलाई प्रतिबिम्बित गर्ने विचारलाई नै सिद्धान्त ठाने । सिद्धान्त र विचारबाटै क्रान्ति र निर्माणको सफलताको निर्णय हुन्छ, व्यापक जनताको सङ्घर्षबाटै क्रान्ति र निर्माण अघि बढ्छ भन्ने धारणा प्रिय नेता किम इल जङको हो ।
प्रजग कोरियामा दलको सिद्धान्त र विचार जनतामाझ पु¥याएर सचेत र सङ्गठित गर्ने काम प्रजग कोरियामा भइरहेको छ । प्रिय नेता किम इल जङले ‘समाजवाद नै विज्ञान’ हो भने । समाजवादी उद्देश्य पूरा गर्नु छ भने सिद्धान्तलाई जोड दिनैपर्छ । समाजवादी सिद्धान्तलाई बेवास्ता गर्नु या त्यसबारे प्रचारप्रसार नगर्नु समाजवादको मुख्य पक्षलाई कमजोर पार्नु हो । यसकारण, समाजवादी देशहरू साम्राज्यवादी विचार र संस्कृतिको कुनै देशले विरोध गर्दैन या मौन रहन्छ भने समाजवादी देश पनि विस्तारै पुँजीवादमा फेरिने छ । साम्राज्यवादीहरूको वैचारिक र सांस्कृतिक पक्षलाई आत्मसात गर्नु समाजवादी विचार त्याग्नु सरह हुन्छ । हरेक कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकारले समाजवादी विचारबाट जनतालाई सुसूचित पार्नुपर्छ, सिद्धान्तनिष्ठ बनाउनुपर्छ, एकत्रिट गर्नुपर्छ । प्रजग कोरियाको समाजवादप्रतिको दृढ आस्था, विश्वास र एकताले नै साम्राज्यवादी देश अमेरिकालाई हाँक दिन सकिरहेको हो । तर, नेपालका सरकारहरू साम्राज्यवाद र विस्तारवादको विरोध गर्दैनन्, बरु गुणगान गर्छन् । उनीहरूको पेलाइमा नेपाल सरकार रहेको हुन्छ । नेपाल सरकार विस्तारवादी र साम्राज्यवादी देशको पछि लागेर देशको असंलग्न नीति त्याग्ने काम उचित होइन ।
Leave a Reply