नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
ग्वान्जाउ, २३ मे (सिन्ह्वा) । चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीकाबीचमा वार्ता भएको छ । हाल चीनको भ्रमणमा रहनुभएका पाकिस्तानी विदेशमन्त्री जर्दारी र चिनियाँ विदेशमन्त्रीका बीचमा आइतबार ग्वान्जाउमा भेटवार्ता भएको चिनियाँ सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।
पाकिस्तानी विदेशमन्त्री जर्दारी यही मे २१ मा चीन भ्रमणमा जानुभएको थियो । त्यस क्रममा आइतबार उहाँहरूका बीचमा वार्ता भएको बताइएको छ । त्यस क्रममा पाकिस्तानले चीनलाई महत्व दिएको र नयाँ सरकारका विदेश मन्त्रीले भ्रमणका रूपमा चीनलाई छानेकामा चीन खुसी भएको विदेशमन्त्री यीले बताउनुभएको समाचारमा जनाइएको छ ।
हालै पाकिस्तानको विदेशमन्त्रीमा नियुक्त हुनुभएका जर्दारीले प्रारम्भिकरूपमा नै चीनको भ्रमणको कार्यक्रम तय गर्नुभएको थियो । त्यस क्रममा उहाँले पाकिस्तानको विकासका विभिन्न क्षेत्रमा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।
साथै त्यस क्रममा पाकिस्तानी विदेशमन्त्री जर्दारीले पाकिस्तान सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको जानकारी दिनुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।
Leave a Reply