यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
स्थानीय तहको निर्वाचनको सबै नतिजा आइसकेपछि निर्वाचनमा भाग लिएका रााजनीतिक दल तथा निर्वाचन आयोगले निर्वाचनबारे समीक्षा गर्ने नै छन् । निर्वाचन आयोग र दलको केन्द्रीय समितिले निर्वाचनबारे हाल समीक्षा नगरे पनि अहिले जिल्ला–जिल्लामा दलहरूले सिँहावलोकन गर्न थालेका छन् । त्यस्तै निर्वाचनको नतिजासँगै राजनीतिक विश्लेषक, बुद्धिजीवी, उद्योग–व्यवसायी तथा राजनीतिक नेता एवं कार्यकर्ताहरूले पनि निर्वाचनबारे समीक्षा गर्दै छन् । समीक्षकहरूले यो निर्वाचनमा सिद्धान्तहीन गठबन्धन गरेर जनतामा गलत सन्देश दिएको टिप्पणी गरेका छन् । निर्वाचनमा आ–आफ्नो दलको स्पष्ट धारणा राखेर जनताको मत लिनुपर्नेमा बढीभन्दा बढी सीट जित्ने उद्देश्यले सिद्धान्त र विचारलाई बन्धक राखेकोमा देशभक्त जनताले असन्तोष पोखे । सिद्धान्त र विचार जनतासमक्ष पु¥याएर सचेत र सङ्गठित गर्नुको सट्टा हल्लाको राजनीति गरेर मत तान्ने प्रवृत्तिको पनि यो निर्वाचनमा व्यापक विरोध भयो । यसको कारण राजनीतिक दलको वैचारिक तथा दलको लोकप्रियतामा नराम्रो असर परेको राजनीतिक विश्लेषकहरूको ठम्याइ रह्यो ।
जनता अब ढाँटेर ढाँटिने, लोभमा परेर लोभिने, सताएर सताइने र पैसामा नभुल्ने अवस्थामा जनता पुग्न थालेको राजनीतिक विश्लेषकहरूको भनाइलाई सर्वसाधारण जनताले पनि महसुस गर्न थालेको सहर बजार तथा जनताको घर–आँगनमा चर्चाको विषय बनिरहेको छ । यो निर्वाचन देशभक्त र देशघाती दलको बीचको वैचारिक लडाइँ भएको विश्लेषण पनि एक पक्षको छ । ठूला ठूला दलबीचको गठबन्धनले आ–आफ्नो दलको सिद्धान्त र घोषणापत्रको के अर्थ रह्यो भन्ने प्रश्न पनि समीक्षकहरूले उठाउन थालेका छन् । ठूला र शासक राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको आश्वासन, लोभ देखाएर मत तान्ने प्रवृत्तिविरूद्ध स्वतन्त्र उम्मेदवारहरू उठेको, सिद्धान्तहीन गठबन्धनविरूद्ध बागी उम्मेदवारहरू उठ्न बाध्य वा प्रेरित भएको घटना पनि यत्रतत्र देखिए । यसले ठूला राजनीतिक दलका नेताहरूको इज्जत र आस्थामा धक्का पुगेको महसुस पनि गरिन थालेको छ । कम्युनिस्ट र काङ्ग्र्रेस, कम्युनिस्ट र राप्रपाबीचको गठबन्धनले दलीय राजनीतिमा हास्यास्पद अवस्था सिर्जना गरेको देखिएको छ । यसरी ठूला दलले गरेको गठबन्धनले प्रजातन्त्रका मर्मविपरीत स्थानीय तहमा पनि दुईदलीय तानाशाही अगाडि बढाउन खोजेको स्थिति देखिएको छ । दलीय व्यवस्थामा दलको प्रतिस्पर्धा हुनुको सट्टा नेका र एमालेको नेतृत्वमा भएको गठबन्धनले विचारको लडाइँ नभई जसरी भए पनि जित्नेतर्फ केन्द्रित भएको देखिन्छ । जित्नको लागि अवसर छोप्ने ठूला दलहरूको यो चालाले ती दलका नेताहरूमा अडान नभएको स्पष्ट हुन्छ । यसले ठूला दलका नेताहरू व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्न लागिपरेको स्पष्ट हुन्छ । यसबारे निर्वाचन आयोग र दलको केन्द्रीय समितिले समीक्षा गरेर पछिल्लो निर्वाचनको लागि सन्देश दिने प्रजातन्त्रप्रेमी र देशभक्त जनताको विश्वास छ ।
Leave a Reply