भर्खरै :

नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

भक्तपुर, ११ जेठ । स्थानीय निर्वाचन २०७९ मा भक्तपुर नगरपालिका वडा नं. १ बाट अत्यधिक बहुमतका साथ नवनिर्वाचित जनप्रतिनिधिहरूलाई मङ्गलबार गणेश माध्यमिक विद्यालयले बधाई तथा शुभकामना कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका भक्तपुर जिल्ला अध्यक्ष तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले लिएको सिद्धान्त र नीतिले भक्तपुरमा शिक्षा, स्वास्थ्य तथा सम्पदा संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो ।
नयाँ पुस्ताले सङ्गठित शक्तिको आवश्यकतालाई मनन गर्दै अगाडि बढ्नुपर्ने बताउँदै उहाँले देशको लागि राम्रो काम गर्न कहिल्यै भोलि भन्न नहुने विचार राख्नुभयो ।
विद्यालयको कक्षाकोठामा मात्रै सबै विषयहरूको पठनपाठन सम्भव नहुने भएकोले विद्यार्थीले समाजलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउन गोष्ठी, छलफल, भेला, अध्ययन तथा देशभक्तिपूर्ण आन्दोलनमा सहभागी भइरहनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सल्लाहकार लक्ष्मीनारायण राजलवटले नवनिर्वाचित जनप्रतिनिधिहरू जनताको बीचमा गएर काम गर्न र जनताको सेवा गर्ने भावनामा कहिल्यै विचलित हुन नहुने बताउनुभयो ।
वडा नं. १ का वडाअध्यक्ष श्यामकृष्ण खत्रीले पार्टीको चुनावी घोषणापत्रलाई अक्षरसः कार्यान्वयन गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रअ गणेशराम थुसाले स्वागत गर्नुभयो भने नवनिर्वाचित सदस्य सूर्यप्रसाद श्रेष्ठ र शिक्षक लक्ष्मीसुन्दर सुवालले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *