नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
सबै तस्वीरः केपी छुस्याकी
भक्तपुर, साउन २४ । काठमाण्डौ उपत्यकामा आज धुमधामसँग गाईजात्रा मनाइयो । भक्तपुरमा दिनैभरि बाजागाजा सहित घिन्ताङघिसी नाच नाचेर गाईजात्रा भव्य रूपमा मनाइयो । वर्षभरिमा मान्छे मरेको घरबाट कसैले घिन्ताङघिसी नाच सहित ताहामचा निकाले भने कसैले ताहामचा मात्र निकाले । कुनै परिवारले स–साना सुन्दर केटाकेटीलाई महादेव, पार्वती, कृष्ण राधाको भेषभूषामा सजाएर पनि निकालियो ।
जात्रा हेर्न विभिन्न स्थान र वरपरका जिल्लाबाट दसौं हजार मानिस भक्तपुर पुगेका थिए । गाइजात्रामा घिन्ताङघिसी नाच लाने निश्चित बाटो हुने गर्दछ जुन बाटोले लगभग नगर परिक्रमा गरेको छ । बाटो छेउछाउ, पाँचतल्ले मन्दिर, दरबार क्षेत्र र दत्तात्रय चोकमा हजारौं मानिसले जात्रा अवलोकन गरेका थिए ।
आज निकालिएको घिन्ताङघिसी नाचलाई विभिन्न स्थानमा बसेर भक्तपुर नगरपालिकाले मूल्याङ्कन गरेको थियो ।
सबैका ताहामचा निकालिए पश्चात सबभन्दा अन्त्यमा भैरवको पराले ताहामचाले नगर घुम्ने परम्परा रहँदै आएको छ ।
विगतमा महिलाहरूलाई बर्जित गरिएको घिन्ताङघिसी नाचमा आजभोलि भने अधिक संख्यामा युवतीहरूको पनि बाक्लो सहभागिता हुने गरेको छ । घिन्ताङघिसी लठ्ठी जुधाएर नाचिने सडक नाच हो । ताहामचा भनेको चार वटा अग्ला हरिया बाँसको शिखरिणी शैलीमा बनाएको रथ हो । त्यसलाई सेतो कपडा र हाकुपटासी वा अरू रङ्गका कपडाले मोडेर चार जना मानिसले चार तिरबाट काँधमा बोकेर घुमाउने परम्परा छ ।
यसैबीच नेक्राविसंघका एक समूहले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा राजनीतिक र सामाजिक व्यङ्ग्य गरी हाँस्यव्यङ्ग्यात्मक घिन्ताङघिसी प्रदर्शन गरियो ।





Leave a Reply