रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
नयाँदिल्ली, २७ मे (रोयटर्स) । दिल्ली उच्च अदालतका ६६ वर्षीय वकिल टिएल वाली अवकाशको प्रतीक्षामा थिए । देशमा जीवनयापन लागत बढ्दै गएपछि उनी अब आफ्नो बचतमा निर्भर हुन बाध्य छन् । औषधि, घुमफिर र घरायसी खर्चको जोहो गर्न लामो समयसम्म उनले काम गरिरहनुपर्नेछ । “म सेवानिवृत्त जीवनको बारेमा सोच्न पनि सक्दिन,” आफ्नो रकम झिक्न हुलाक बचत बैङ्क आएका उनले रोयटर्सलाई भने । उनले फलफूल, बाहिर खान र आफन्तलाई भेट्न छोडेका छन् । उनको अहिलेको आम्दानी कोभिड–१९ ले प्रहार गरेअघिकोभन्दा आधा कम छ । महामारी अघि जेनतेन गुजारा गरेका उनलाई अहिले कठिन भएको छ । बचतबाट प्राप्त हुने थोरै ब्याजले आकाशिदो महँगीमा उनले जीवनचक्र चलाउनु छ ।
आफ्नो उमेरका धेरैलाई जीवन जिउन सहज भए पनि मुद्रास्फीतिले उनी र लाखौँ अन्य वृद्ध भारतीयहरूलाई कठिन विकल्प रोज्न बाध्य पारेको छ । महामारीका कारण विश्वव्यापी आपूर्तिमा उत्पन्न समस्यासँगै खाद्य र इन्धनमा तीव्ररूपमा बढेको मूल्यले विश्वभरका वृद्धहरूलाई मार परेको छ । अनि युक्रेन युद्धले उनीहरूका घाउमा नूनचुक थपेको छ । राज्यबाट प्राप्त हुने थोरै निवृत्तिभरणले अल्पसङ्ख्यक सेवानिवृत्तलाई उचित स्वास्थ्य सेवा वहन गर्न सघाएको छ । साठी वर्ष र त्यसभन्दा माथिको उमेरका करिब एक करोड ५० लाखमध्ये झन्डै १० प्रतिशत घरबारविहीन छन् । गत महिना विगत आठ वर्ष यताकै उच्च ७.७९ प्रतिशतले महँगी बढेको मुख्य समाचारले सञ्चारमाध्यममा प्राथमिकता पायो ।
उपभोक्ता मूल्य सूचकाङ्कको झन्डै आधा हिस्सा ओगटेको खाद्य वस्तुमा गहुँ, खाने तेल, तरकारी, फलफूल, मासु र चियाको मूल्य एक वर्षमा १० देखि २५ प्रतिशतले बढेको छ । खाना पकाउने ग्यास र पेट्रोलको मूल्य ४० प्रतिशतभन्दा बढीले बढ्दा कम आय भएकाहरूलाई नराम्ररी पिरोलेको छ । मुद्रास्फीतिले वृद्धवृद्धालाई सबैभन्दा ठूलो धक्का दिएको, ६० वर्ष वा सोभन्दा बढी उमेरका १३ करोड ८० लाखले बाँच्नका लागि पर्याप्त कमाउन काम गरिरहेका हेल्पएज इन्डिया च्यारिटीकी निर्देशक अनुपमा दत्त बताउँछिन् । धेरै सेवानिवृत्तहरू दशकौंअघि गरिएको बचतमा निर्भर भएका छन् । दैनिक उपभोग्य सामान खरिदका लागि आफ्ना बचत खाताबाट उनीहरूले धेरैभन्दा धेरै रकम निकालिरहेका छन् ।
यसैबीच, भारतको केन्द्रीय बैंकले उच्च मुद्रास्फीति कम्तिमा आगामी सेप्टेम्बरसम्म कायम रहने चेतावनी दिएको छ ।
भारतको समग्र बचत दर गत मार्चमा समाप्त भएको आर्थिक वर्षमा ३० प्रतिशतभन्दा तल झरेको अनुमान गरिएको छ, जुन महामारी अघि ३२ प्रतिशतभन्दा बढी थियो । अर्थशास्त्रीहरूले अर्को वर्ष पनि प्रवृत्तिमा परिवर्तन हुने आशा गरेका छैनन् । दीर्घकालीन निक्षेपको औसत ब्याजदर पनि विगत तीन वर्षमा ८.५ प्रतिशतबाट झरेर ६ प्रतिशत कायम भएको छ । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले वृद्धवृद्धाहरू विशेषगरी मुद्रास्फीतिको मारमा परेको स्वीकार गरेको छ । भाजपाका आर्थिक मामिला प्रवक्ता गोपाल कृष्ण अग्रवालले खाद्यान्न र स्वास्थ्य सेवा सहयोगसहित उनीहरूको सुरक्षाको लागि सक्दो प्रयत्न सरकारले गरिरहेको बताएका छन् । महामारी राहत कार्यक्रमको एक भागको रूपमा सरकारले करिब ८० करोड जनसङ्ख्यालाई निःशुल्क खाद्यान्न उपलब्ध गराएको छ ।
सप्ताहान्तमा सरकारले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घटाउने कर परिवर्तन र अनुदानहरू घोषणा गरेको भए पनि त्यसले कति राहत दिन्छ भन्ने स्पष्ट छैन । राज्यले निवृत्तिभरणस्वरूप प्रतिमहिना रु. २०० उपलव्ध गराउँछन् भने केही राज्यले मासिक रु. एक हजारदेखि रु. दुई हजारसम्म प्रदान गर्छन् ।
पूर्वी सहर कोलकाता निवासी एक मजदुरकी ७० वर्षीया विधवा गीता सेनले आफूले पाउने मासिक निवृत्तिभरण रु. एक हजारले दुई छाक पनि खान नपुग्ने बताइन् । “प्रायः मैले खानाको लागि छिमेकीहरूसँग उधारो वा भिक्षा माग्नुपर्छ,” बस्तीको एउटा घरमा एउटा कोठा भाडामा लिएको सुनाउँदै उनले भनिन् । उन्नत अर्थतन्त्रको रूपमा भारतले आफ्नो पहिचान बनाएको भए पनि भारतमा थोरै वृद्ध हेरचाह घरहरू छन् । धेरैजसो सेवानिवृत्तहरू सहयोगको लागि परिवारमा निर्भर छन् । महामारी र अहिलेको मुद्रास्फीतिले जीविकोपार्जनमा असर पारेकाले उनका सन्तानहरूलाई पनि अतिरिक्त तनाव दिएको छ ।
टाटा समूहको परोपकारी शाखा, टाटा ट्रस्टले गरेको अध्ययनअनुसार कोभिड–१९ को प्रकोप आउनुअघि देशभर एक हजार एक सय वृद्धाश्रम थिए । ती वृद्धाश्रम चन्दाबाट सञ्चालन हुन्छन् र लागत बढ्दै जाँदा तिनीहरूमा पनि सञ्चालनको चुनौती थपिएको छ । खाना, औषधि र इन्धनमा भएको वृद्धिले तरकारी, फलफूल, औषधि र हेरचाह प्रदायकहरूको खर्च पनि घटेको छ । दिल्लीमा रहेको परोपकारी संस्था शिओसका निर्देशक सौरभ भगतले चार सत्न्दा बढीलाई खानपानको व्यवस्था गर्न तीनवटा आश्रम चलाउँदै आएको र अहिले मासिक खर्च २० प्रतिशतले बढेको बताए ।
“हामी अब फलफूल किन्ने बारे सोच्न नसक्ने भएका छौँ,” महँगीको मारमा खर्च कटौती गर्न बाध्य भएको बताउँदै भगतले भनेका छन् । वृद्धाश्रममा आश्रय लिइरहेकी ६१ वर्षीया वसन्ती चन्दले आफ्नो बचतबाट सबै खर्च व्यवस्थापन गरे पनि परिवारले आफूलाई छाडेको बताइन् । चार छोरीलाई दिन उनले आफ्नो सानो घर बेच्नुपरेको थियो । “वृद्धाश्रमले आश्रय नदिएको भए म बाँच्ने थिइनँ,” उनले आँसु पुछ्दै भनिन् । चन्दले आफ्ना छोराछोरीलाई दोष भने दिइनन् । उनले भनिन्, “म तिनीहरूको बारेमा केही नराम्रो सोच्न सक्दिन । आखिर तिनीहरू मेरै सन्तान हुन् … उनीहरूका पनि आफ्नै समस्या छन् ।”
Leave a Reply