भर्खरै :

अमेरिकाको शत्रु अरू कोही होइन, ऊ आफै हो

एउटा त्यस्तो देश जसले आफ्ना नागरिकलाई स्वास्थ्य सेवा होइन, बन्दुक दिने गरेको छ । एउटा त्यस्तो देश जहाँ घातक हिंसालाई नियति मानिन्छ र करुणालाई अभिसाप । एउटा त्यस्तो देश जो हिंसामा जन्मियो र सिङ्गो इतिहासमा हिंसामै हुर्कियो । एउटा त्यस्तो देश जो प्रजातन्त्र र मानवअधिकारबाट भन्दा पनि गोरा सर्वोच्चतावादबाट परिभाषित हुने गरेको छ जब कि त्यो देशले आफूलाई संसारसमक्ष प्रजातन्त्र र मानवअधिकारको मानकको रूपमा प्रस्तुत गर्दै आएको छ ।
हो, त्यो देश हो संरा अमेरिका जहाँ नियमितजसो गोली काण्डहरू हुने गरेका छन् ।
विवेकहीन हिंसाको सबभन्दा पछिल्लो घटना टेक्सास सहरको एउटा आधारभूत विद्यालयमा भयो । गोली हान्ने व्यक्ति भर्खर १८ वर्षका थिए । गत मे १४ मा न्यूयोर्कको बफेलो भर्टिमा दस जना काला मानिसलाई गोली हानेर हत्या गर्ने युवक पेटन ग्रेनडनको उमेर पनि १८ नै थियो ।
टेक्सासमा हत्यारा साल्भाडोर रामोसलाई घटनास्थलमै प्रहरीले मार्यो । तर, उसलाई मार्दासम्म उसले १९ जना विद्यार्थी र दुई जना शिक्षकको प्राण लिइसकेको थियो । मर्नेहरूको ज्यान मात्र गएन, बरु उनीहरूको निधनले आफन्तजनको जीवनमा पनि ठुलो हानि पुगेको छ ।

म संरा अमेरिकामा धेरै वर्ष बसेको छु । त्यसकारण अमेरिकालाई मैले राम्ररी बुझेको छु । अमेरिकाको अधिकांश समय हलिउडभित्रै र वरपर बित्छ । पछिल्लो पटक म सन् २०१६ मा त्यहाँ गएको थिएँ । मलाई त्यो ठाउँको अवस्था बिग्रेको देखेर आश्चर्य लागेको थियो ।
विखण्डित मानव सागरले मिथकीय सुनौलो सहरमाथि कब्जा जमाउँछ । तर, सामाजिक मूल्यको शिकार भएका घरबारबिहीन र मानसिकरूपमा अस्वस्थ मानिसलाई उपेक्षा गरिएको हुन्छ । अमेरिकाभरि नै गरिब, उत्पीडित र बिरामीलाई भगवान भरोसामा छोडिने गरेको छ । यस्तो निर्मम र क्रुर अवस्थाले फानोनको पुस्तक ‘द रेच्ड अफ द अर्थ’ लाई नयाँ अर्थ दिएको छ ।

झन्डै नियमितजसो हुने गरेका यस्ता गोली काण्ड त्यहाँको संस्कृतिको सबभन्दा निर्ममताको लक्षण हो । अमेरिकी आम संस्कृति (पपुलर कल्चर) मा घातक हिंसा र युद्धले लामो समयदेखि प्रभुत्व जमाउँदै आएको छ । अमेरिकामा त्यहाँ व्याप्त बन्दुक संस्कृतिमा टिक्ने क्षमता हुनु नै शक्ति, साहस र स्वतन्त्रतामा अनुकूल हुनु मानिन्छ । अमेरिकी चलचित्र उद्योग (हलिउड) मा मार्ने क्षमता राख्नु र त्यस्तो काम बिनापश्चाताप गर्नुलाई साहसिक र सम्मानित मानिने दृश्य सीमाहिनरूपमा प्रदर्शन गरेर त्यसखाले हिंसाको संस्कृतिलाई बढावा दिइरहेको छ ।
हलिउड चलचित्रले अमेरिकीहरू नै संसारको सबभन्दा राम्रा र संसारका कुनै पनि देश उनीहरूको उचाइमा आउन नसक्ने सन्देश दिने गर्छन् । जब यस्तो सन्देश आफू समाजको शिकार भएको सोच्ने समाजप्रति असन्तोष पालेको मानसिक समस्या भएको कोही युवकसम्म पुग्छ र ऊ सजिलै हतियार पाइने समाजमा बस्छ भने उसले कुनै पनि बेला कुनै पनि काण्ड वा विपत्ति निम्त्याउनु स्वाभाविक हो ।
यसको अर्थ अहिलेको अवस्थाको निम्ति अमेरिकी चलचित्र उद्योगमात्र दोषी भएको भन्न खोजिएको होइन । हलिउड त ऐनामात्र हो जसमा अमेरिकाको प्रतिविम्ब देखिन्छ । अमेरिका के हो र कस्तो देखिन्छ भन्ने कुरा संसारलाई हलिउड चलचित्रले देखाउने गरेको छ । अमेरिका कुन जगमा उभिएको छ र उसका मूल्यमान्यता केमा आधारित छ भन्ने कुरा संसारले हलिउड चलचित्रबाट भेउ पाउने गरेको गर्दछ ।
म संरा अमेरिकामा धेरै वर्ष बसेको छु । त्यसकारण अमेरिकालाई मैले राम्ररी बुझेको छु । अमेरिकाको अधिकांश समय हलिउडभित्रै र वरपर बित्छ । पछिल्लो पटक म सन् २०१६ मा त्यहाँ गएको थिएँ । मलाई त्यो ठाउँको अवस्था बिग्रेको देखेर आश्चर्य लागेको थियो ।
विखण्डित मानव सागरले मिथकीय सुनौलो सहरमाथि कब्जा जमाउँछ । तर, सामाजिक मूल्यको शिकार भएका घरबारबिहीन र मानसिकरूपमा अस्वस्थ मानिसलाई उपेक्षा गरिएको हुन्छ । अमेरिकाभरि नै गरिब, उत्पीडित र बिरामीलाई भगवान भरोसामा छोडिने गरेको छ । यस्तो निर्मम र क्रुर अवस्थाले फानोनको पुस्तक ‘द रेच्ड अफ द अर्थ’ लाई नयाँ अर्थ दिएको छ । अमेरिकामा गरिब जनतामाथि खासमा उपनिवेश जमाइएको हुन्छ । त्यसैकारण म्याल्कम एक्सले भनेका थिए, “यदि तिमीले कङ्गोमा के भइरहेको छ भन्ने कुरा थाहा नपाए तिमीले मिसिसिपीमा के भइरहेको छ भन्ने कुरा पनि थाहा पाउँदैनौँ ।’ उनको यो कुरा निकै घतलाग्दो छ ।
टेक्सासको गोली काण्डपछि संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक वक्तव्य दिने क्रममा एउटा दरिलो भाषण गरे । भाषणमा उनले संरा अमेरिकाको बन्दुक कानुनलाई कडा बनाउने र अमेरिकी संसदलाई बन्दुक व्यापारीको दबाबबाट प्रभावित नबन्न आग्रह गरे । गोली काण्ड र बन्दुक हिंसाको समस्या समाधान गर्न अमेरिकी सरकारको अक्षमता र अकर्मण्यताले अमेरिकी राजनीतिक प्रणालीको क्षयीकरण प्रतिविम्बित गरेको छ ।
जब जनताका छोराछोरी विद्यालयमा पढिरहँदा राज्यले ती केटाकेटीलाई जोगाउन सक्दैन भने त्यस्तो अवस्थालाई के भन्ने ? यसो हुनुको एउटै कारण भनेको हतियार व्यापारीहरूका दबाब र पैसाको कारण संसदमा सांसदहरूले हतियार नियन्त्रण गर्ने बलियो कानुन बनाउन नसक्नु हो । ती सांसदहरू यति महत्वपूर्ण कानुन बनाउन सक्दैनन् । तर, युक्रेन र अन्य देशहरूमा लाजै नमानी बेरोकतोक अरबौँ अरबका सैनिक सामग्री सहायतास्वरूप पठाउने निर्णय गर्न सक्छन् ।
यस्तो अवस्थाले संरा अमेरिका क्षय हुँदै गएको देखाएको छ । उसको शत्रु रुस वा चीन होइन, बरु उसको खास शत्रु ऊ आफै हो ।
क्रेजी हर्स अमेरिकी आदिबासी जनताका नेता र लडाकु थिए । जेलमा लड्दालड्दै मार्नुभन्दा केही दिनअघि उनले भनेका थिए, “क्रान्तिकारी देश फेरि पनि उदाउनुपर्छ । यो बिरामी संसारको निम्ति क्रान्तिकारी देशको उदय आशिर्वाद हुनेछ । यो संसार अधुरा वाचा, स्वार्थ र विभाजनले छोपिएको छ । संसार आज प्रकाश कुरिरहेको छ ।”
आज जुन अवस्थामा छौँ, के यहाँबाट उनको कुरामा विमति राख्नुपर्ने कुनै कारण छ र ?
(लेखक राजनीतिक टिप्पणीकार हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *