तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, जेठ १३ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका घरदैलो नर्सिङ सेवा सञ्चालन गरी जनताको सेवा गर्ने पहिलो नगरपालिका रहेको बताउनुभयो ।
वीर अस्पताल नर्सिङ क्याम्पसका बी.एम.एस. दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा भएको मातृत्व र प्रजनन स्वास्थ्य विषयमा भएको घरदैलो नर्सिङ कार्यक्रमअन्तर्गतको प्रस्तुतीकरण कार्यक्रममा उहाँले भक्तपुर नपाले अहिले घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारीरूपमा सञ्चालन गर्ने योजनाका साथ अगाडि बढिरहेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै भक्तपुर नपाले ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउँदै उहाँले नपाले वडा–वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने उद्देश्य रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले सरसफाइलाई व्यवस्थित गर्न कुहिने र नकुहिने फोहर अलग अलग सङ्कलन गरी व्यवस्थापन गर्दै आएको बताउँदै भक्तपुरका हरेक काममा जनताको अपनत्व र साथ भएकै कारण भक्तपुर आज देशकै नमुना र उदाहरणीय नगरको रूपमा रहन सफल भएको बताउनुभयो ।
कार्यक्रममा वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख वन्दना थापाले वीर अस्पतालले ख्वप अस्पतालसँग समन्वय गरी काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि भक्तपुर नपाको काम पारदर्शी र जनमुखी हुने अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा वीर अस्पताल नर्सिङ क्याम्पसका शिक्षिका पूर्णदेवी महर्जन, विद्यार्थीहरू पूजा एैडी, करुणा थापामगरलगायतले आगामी दिनमा पनि यस्तो साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो । कार्यक्रममा वीर अस्पताल नर्सिङ क्याम्पसका विद्यार्थीहरूले मातृत्व र प्रजनन स्वास्थ्यबारे बृहत् प्रदर्शनी गरेका थिए ।
Leave a Reply