भर्खरै :

समाजवादी गणतन्त्र जिन्दावाद !

२०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो । आइतबार १५ औँ गणतन्त्र दिवस मनाइँदै छ । नेपालको आधुनिक राजनीतिक इतिहासमा दोस्रो जनआन्दोलनकै क्रममा गणतन्त्रको चर्को नारा उठ्यो । आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलहरूले गणतन्त्रको कुनै आधिकारिक कार्यक्रम भने अगाडि सारेका थिएनन् । नेपाल मजदुर किसान पार्टीले आफू सिद्धान्ततः गणतन्त्रवादी भएको प्रस्ट पार्दै विश्व इतिहासमा राजतन्त्रले साम्राज्यवादविरुद्ध लडेको पनि थियो भन्दै भारतीय विस्तारवाद तथा भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको विरोधमा लड्न राजतन्त्रलाई पनि सँगै लिन सकिने फरक विचार अगाडि सारेको थियो ।
गणतन्त्र स्थापना गर्ने हो भने समाजवादी गणतन्त्र चाहिन्छ भनेर नेमकिपाले निर्भीक तर्क राखेको थियो । त्यसैअनुसार नेमकिपाले हरेक सभा तथा जुलुसमा समाजवादी गणतन्त्रको नारा बुलन्द गरेको थियो । पुँजीवादी गणतन्त्र भएका विश्वका कैयौँ देशमा शोषण, अन्याय, अत्याचार, गरिबी, भोकमरी यथावत् रहेको, पुँजीपति वर्ग मजदुर वर्गको साथी कहिल्यै हुनसक्दैन भन्दै नेमकिपाले समाजवादी गणतन्त्र नै कामदार वर्गको प्रजातन्त्र भएको कुरा विभिन्न प्रवचन, अन्तरक्रिया र अनौपचारिक छलफलमा राखेको थियो । नेमकिपाले निरङ्कुश राजतन्त्रभन्दा संवैधानिक राजतन्त्र र सामन्ती राजतन्त्रभन्दा लोकतान्त्रिक गणतन्त्र तुलनात्मकरूपमा प्रगतिशील भए तापनि रूपमा फरक तर सारमा उही व्यवस्था हुन् भन्ने विचार व्यापक प्रचार ग¥यो । नेमकिपाले उत्पादनका साधनहरू सामाजिकीकरण नै आमूल परिवर्तनको प्रस्थानबिन्दु हो भन्ने तर्क ग¥यो । व्यक्तित्व विकासमा समान अवसर, निःशुल्क शिक्षा, उत्पादन श्रमसँग जोडिएको शिक्षा, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त नभएको गणतन्त्रबाट कामदार वर्गको मुक्ति सम्भव नभएको विचार पनि स्पष्टरूपमा अघि सा¥यो । नेपालको विद्यार्थी राजनीतिक इतिहासमा यो एउटा नयाँ कोसेढुङ्गा प्रमाणित भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *