यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
महोत्तरीमा धानको बीउ भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् ।
“आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला ?”अहिले यहाँका आम किसान यस्तै भन्छन् । स्थानीय तहको चुनावबाट जितेका प्रतिनिधिले काम सम्हाले पनि ‘बीउको प्रबन्ध यहाँ गरिएको छ’ कसैले नभनेका भङ्गाहा–४ का किसान मोहन खाँ थारु भन्नुभयो ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन अभियानको प्रचारप्रसार सम्झदै उहाँले भन्नुभयो, “चुनावअघि प्रचारमा घरघर पुग्दा अब बस्तीबस्तीमै बीउ, मल सुलभ मूल्यमा व्यवस्था गरिन्छ भन्थे । अहिले पद सम्हालेपछि भेट्नै सकिन्न ।” समयसमयमा परेको पानीले माटोमा धुले बीउ राख्ने चिस्यान पर्याप्त भए पनि बीउको टुङ्गो नहुँदा किसान रनभूल्ल परेका हुन् ।
यसपालि वैशाखी तरकारी हुरीबतास र पानीले पिटेर गलेको फलपूmल हावाहुरीले सोत्तर पारेर झारेको पिरोलो खेपेका यहाँका किसानलाई मध्य जेठ बित्दै गर्दा धानको बीउको समस्या परेको छ । यही जेठ मध्यसम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाइँ गर्न नभ्याइने भन्ने किसानको आशङ्का छ । असार पहिलो सातालगत्तै धानको सघन बीउ (बेर्ना) रोपाइँ सुुरु हुने भए पनि अहिलेसम्म धानको बीउको जोहो नै नहुँदा यसपाली ठीक समयमा खेती लाग्न नसक्ने किसानको चिन्ता छ । जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान मन्सुर राइन भन्नुभयो, “जेठ आधा त भई नै हाल्यो, धानको बीउ पाइएको छैन । यसपालि खेतीको सबै तालिका भताभुङ्ग हुनेभयो, समयमै धान रोपाइँ गर्न नपाइने भन्ने परिसक्यो ।” मध्य जेठमा धानको बीउ ब्याडमा राखी सक्नुपर्नेमा आपूmहरू अझै बीउ नपाएर झोक्राउनु परेको उहाँको भनाइ छ ।
जिल्लाको मुख्य फसल (बाली) धान लगाउने टुङ्गो नभएपछि किसान घरगुजाराको चिन्ताले पिरोलिएका छन् । पहिले पहिले स्थानीय जातका धान लगाइँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिकन बीउकै लागि बजारको मुख ताक्नु परेको किसानको भनाइ छ ।
भङ्गाहा नगरपालिका–९ हरिणमरीका ८० वर्षीय किसान जितन यादवले भन्नुभयो, “हामीसँग आफ्नै कलमखोर, गोला, हरिणकेर, वानपाकी, जसवा र सञ्जिरासहितका दर्जनौ धानका जात हुन्थे । विकासे जात धेरै फलाउने भनेर पुरानो धान मासियो, अहिले बीउ नपाएर सास्ती छ ।” पछिल्ला दुई दशकयता स्थानीय जातका धान लगाउन छाडेपछि प्रत्येक वर्ष ब्याडमा बीउ राख्ने बेलामा धान नपाएर गलफती पर्ने गरेको यहाँका आम किसान बताउँछन् ।
विकासे धान लगाउन थालीकन वर्षेनिजस्तो जात फेरिने गरेको किसानको अनुभव छ । जिल्लामा जिल्ला कृषि विकास कार्यालय होउञ्जेल तिनका मातहतका कृषि केन्द्र र उपकेन्द्रमा कृषि प्राविधिक बस्ने र बेलाबेला खेतीबारे परामर्श लिन पाउने दिन पनि गएको किसानको गुनासो छ । लगन र मेहनतले राम्रो उत्पादन लिन जिल्लामै कहलिएका भङ्गाहा–४ कै किसान सत्यनारायण यादब भन्नुभयो, “गाउँमा सिंहदरबार पुगेको कुरामात्र भयो, हाम्रा कुनै स्थानीयतहले कृषि शाखा राम्रो चलाउन सकेनन् । जिल्ला कृषि विकास कार्यालय हुँदा विषय पिच्छेका विज्ञ (बाली, फलपूmल, तेलहन, मत्स्य) थिए, अहिले कहाँ हराका होलान् भन्ने लाग्छ, पछिल्लोपटक गाउँमा सिंहदरबार पु¥याउने कुराले कृषि क्षेत्रका संरचना हटाइँदा सबै भताभुङ्ग बढ्यो ।” खेतीपातीबारे बोलाएर राय सल्लाह दिने, हेरिदिने २०७४ कै स्थानीयतहको निर्वाचन भएयता कोही नभेटिएका उहाँले विरक्तिँदै भन्नुभयो ।
जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहितका १५ स्थानीयतहमध्ये कुनैले कृषि शाखा सञ्चालन गरेर विज्ञहरूबाट किसानलाई सल्लाह दिने, बालीनाली हेरिदिने, कृषि सामग्रीको बजार व्यवस्थापन गर्ने र किसानकै गुनासो सुन्ने ठाउँ कतै नबनेको जिल्लाका आम किसानको गुनासो छ । यद्यपि, गत वर्ष जिल्ला सदरमुकाम जलेश्वरमा कृषि ज्ञान केन्द्र सञ्चालनमा भने आएको छ । तर, कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषिसम्बद्ध निकाय एवं शाखाहरूसँग समन्वय भने नभएको किसान बताउँछन् ।
विगतमा पर्सापतैली गाविस छँदा उपाध्यक्ष रहिसक्नु भएका हालको जलेश्वर नगरपालिका–५ चौरियाका किसान रहिमन मण्डल भन्नुभयो, “हाम्रो सुन्ने कोही छैन । अहिले धानको बीउ छैन, अब कसलाई भन्ने हो ? हामी किसानको कसले सुन्छ ?” विगतमा जिल्ला कृषि विकास कार्यालय हुँदा सो कार्यालयले नमुना बीउ दिएर प्रोत्साहित गर्ने गरेको र सुलभ मूल्यमा बीउ पाउने गरेको कुरा अब कथाजस्तो भएको मण्डल बताउनुहुन्छ । कहिलेकाहीँ कुनै स्थानीयतहले उन्नत जातका धानको बीउ सुलभ मूल्यमा किसानलाई वितरण गरेपनि यो कार्यले निरन्तरता नपाएको किसानको गुनासो छ ।
“पोहोर त जेठ निगल्दोतिर नगरपालिकाले ५० प्रतिशत छुटमा बीउ दिएको थियो, खै यसपालि त भर्खर प्रतिनिधिहरू छानिएका छन् , बीउ पाउने त के यसबारे चर्चा पनि छैन” बर्दिबास–२ का उमेश आचार्य भन्नुभयो । स्थानीयतहले आ–आफ्नो कार्यालयमा व्यवस्थित कृषि शाखा सञ्चालनमा ल्याएर काम नथालेसम्म व्यथा सुनाउने ठाउँ पनि नपाइएको उहाँको गुनासो छ ।
जिल्लाका १५ स्थानीयतहमध्ये धेरैजसोमा कृषि शाखा नै सञ्चालनमा छैनन् । केही स्थानीयतहले प्रयत्न थाले पनि आम किसानबीच पुग्न नसकेको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतोले जानकारी दिनुभयो । “हामीलाई बालीनाली लगाउने बेला, रोगव्याध लागेका बेला उचित परामर्श चाहिन्छ” उहाँले भन्नुभयो, “खै यी पक्ष कहिले सुनवाइ हुन्छन् ?”
यसअघि जिल्ला कृषि विकास कार्यालय छँदा उसको मातहत रहेका कृषि केन्द्र र उपकेन्द्रहरू अहिले सम्बन्धित स्थानीयतह मातहत भएका छन् । पहिलेका कृषि केन्द्र, उपकेन्द्रलाई समेटेर स्थानीयतहले कृषि शाखा सञ्चालनमा ल्याउन नसक्दा आवश्यक सेवा र परामर्श किसानले पाउन नसकेका भङ्गाहा–५ सीतापुरका बासिन्दा कृषि क्षेत्रको सरकारी सेवाबाट निवृत्त रामबहादुर भुजेल भन्नुभयो । सहसचिवको सेवाबाट निवृत्त हुनुभएका उहाँले भन्नुभयो, “जिल्लास्थित कृषि ज्ञान केन्द्र प्रदेश सरकार मातहत छन् । पहिलेका केन्द्र र उपकेन्द्र स्थानीयतह मातहत, जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीयतहका निकायबीच समन्वयको राम्रो तारतम्य मिल्न सकेन ।”
सैद्धान्तिकरूपमा यस्तो व्यवस्था भए पनि स्थानीयतहले कृषि शाखा सञ्चालन नगर्दा पहिलेका कृषि केन्द्र र उपकेन्द्रका कृषि प्राविधिक अहिले काममा नदेखिएका जिल्लाको आम कुरा नै बनेको छ । यहाँका स्थानीयतहले कृषि शाखाको सफल सञ्चालन गर्न नसकेको स्वीकार गरेका छन् । भर्खरै भङ्गाहा नगरपालिकामा दोस्रो कार्यकाल सुरु गर्नुभएका नगर प्रमुख सञ्जिवकुमार साहले भन्नुभयो, “यो विषय दक्षतामा आधारित क्षेत्र रहेछ । किसानले बढीभन्दा बढी सेवा लिनसक्ने गरी कृषि शाखाको सञ्चालन र सेवा प्रवाहको उचित समन्वय गर्न सकिएको छैन, हामी यो व्यवस्थापन अब गर्छौँ ।”
स्थानीयतहमा रहेका कृषि केन्द्र र उपकेन्द्रमा कार्यरत कृषि प्राविधिक र कर्मचारीले आपूmहरू स्थानीयतहको नेतृत्वबाट उपेक्षित भएको गुनासो गरेका छन् । आपूmहरूसँग कृषिसम्बन्धी कुनै परामर्श लिने वा योजना बनाउने काममा सहभागिता नखोजिएको कृषि प्राविधिक र कर्मचारीको आम गुनासो छ । योजना बनाउँदा कहिल्यै नखोजिएको कृषि प्राविधिक बताउँछन् ।
विगतमा कृषि क्षेत्रमा लामो सरकारी सेवा दिएर अवकाश लिनुभएका भङ्गाहा–६ सङ्ग्रामपुरका राजकिशोर यादवले भन्नुभयो, “कृषि क्षेत्र पूरै बेवारिसेजस्तै देखियो । अहिलेको अवस्थाले कृषिक्षेत्रमा समस्या आउने देखिन्छ ।”
जिल्लामा कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टरमध्ये ५० हजार हेक्टरको हाराहारीमा धान खेती हुँदै आएको छ । अहिले बजारमा धानको बीउ नै पर्याप्त नपाउँदा किसानले पर्याप्त धान रोपाँइ गर्न नसकिने स्थिति देखिन लागेको छ । वैशाखी तरकारी र फलपूmल हावाहुरीले झारेर सोत्तर बनाएपछि अब गुजाराको एउटै सहारा देखिने धानबाली लगाउन सक्ने अवस्था नआए भोकमरी हुने चिन्ताले किसान पिरोलिएका छन् । यो अवस्था अन्त्य गर्न अहिले तत्काल प्रदेश सरकार, स्थानीयतह र कृषिसम्बद्ध कार्यालयको समन्वय आवश्यक देखिएको विज्ञले सुझाएका छन् । रासस
Leave a Reply