भर्खरै :

पञ्चकन्या माविमा व्यवस्थापन समिति गठनको लागि नाम छनोट

भक्तपुर, १९ जेठ । पञ्चकन्या माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको लागि बिहीबार स्थानीय, अभिभावक, समाजसेवी, शिक्षाप्रेमी र बुद्धिजीवीहरूको भेला भयो ।
विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष खिलनाथ दुलालले विद्यालय पवित्र मन्दिर रहेकोले यसको प्रतिष्ठामा आँच आउने काम कसैले गरेमा कदापि सह्य नहुने कुरा बताउनुभयो ।
विद्यालयका संस्थापक प्रधानाध्यापक सन्तराम दुलालले स्थापनाकालदेखि विद्यालयलाई यो अवस्थासम्म ल्याई पु¥याउन विगतमा आफू र समुदायले गरेका कामहरूको स्मरण गर्दै बाध्यात्मक अवस्थाका कारण आफू पदबाट हटेको र यद्यपि संस्थाका लागि लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा सदस्य प्रल्हाद दुलालले विद्यालयको शैक्षिक उन्नयनका लागि आफू र सहकर्मी साथीहरूमार्फत आवश्यक पहल गर्दै सहयोग गर्ने वाचा गर्नुभयो ।
चाँगुनारायण नगरपालिका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका शाखा अधिकृत दिनेश अर्यालले विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया र यसमा रहने सदस्यहरूको प्रावधानबारे जानकारी गराउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष केशवप्रसाद तिमिल्सिनाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद दुलाल र सहायक प्रधानाध्यापक प्रकाश तजलेले पनि बोल्नुभएको थियो ।
चानपाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका शाखा अधिकृत दिनेश अर्यालको संयोजकत्वमा बसेको भेलाले विद्यालय व्यवस्थापन समितिमा सन्तराम दुलाल, मथुरा दाहाल, गणेश दुलाल र नारायणप्रसाद घिमिरेलाई चयन गरेको छ ।
त्यस्तै भेलाले चञ्चला दुलालको अध्यक्षतामा शिक्षक – अभिभावक सङ्घ गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *