कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ, २० जेठ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सरकारको बजेटको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र विनियोजित विधेयकमा कृषिलाई प्राथमिकता दिनुपर्नेतर्फ संसद्मा आवाज उठाएको बताउनुभयो ।
रोपाईको समयमा किसानहरूलाई रासायनिक मलको व्यवस्था गर्न नसकेबाट नेका नेतृत्वको देउवा सरकार किसानविरोधी भएको पुष्टि गरेको छ, सांसद सुवालले भन्नुभयो ।
सरकारको बजेटमा रासायनिक मल कारखाना स्थापनाको लागि बजेट विनियोजन गर्नुपर्ने विषय पनि उठाएको तर बजेट विनियोजन नगरेको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले युक्रेनमा हतियार तैनाथ गरेको हुँदा रूस–युक्रेन तनाव भएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि पनि अमेरिकी साम्राज्यले रूसविरूद्ध युक्रेनलाई उक्साएकै कारण भएको हो ।”
सांसद सुवालले भन्नुभयो, “नेपाली काङ्ग्रेसको देउवा सरकारले किसानहरूलाई रासायनिक मलको व्यवस्था गर्नेछैन । यसकारण, यो सरकालाई जतिसक्दो चाँडो विस्थापन गर्नु आवश्यक छ । देउवा सरकार रहिरहेसम्म नेपालको जनसङ्ख्याको ७० प्रतिशत भएका किसानहरूको हित हुनेछैन ।”
पैसाको भरमा निर्वाचन जित्ने ठूला पार्टीका नेताहरू जनताको सेवा भन्दा निर्वाचनमा भएको खर्च उठाउनमै व्यस्त रहेको चर्चा गर्दै त्यस्ता जनप्रतिनिधिहरूले जनताको सेवा नगर्ने स्पष्ट छ, सचिव सुवालले भन्नुभयो ।
नेमकिपाले निर्वाचन जित्नेभन्दा पार्टीले अङ्गाल्दै आएको सिद्धान्त जनतामाझ पु¥याउने नीति लिएको स्पष्ट पार्दै उहाँले जस्तोसुकै हालतमा निर्वाचन जित्ने नीति नेमकिपाले कहिल्यै नलिने बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “हामी पैसा, सामान बाँडेर मत माग्दैनौँ । जनतालाई सैद्धान्तिक र राजनीतिकरूपमा सचेत पारी मत माग्छौँ । जनता सचेत भएपछि नेमकिपाका उम्मेदवारहरू विजयी हुनेछन् ।”
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले गएको निर्वाचनमा भएको अनैतिक गठबन्धन राजनीतिक रूपमा टाँट पल्टाइ भएको बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा अशोक महर्जन, कृष्ण महर्जन, किरण सिंह, श्रीकुमार महर्जन, सुरेन्द्र महर्जन, रवीन्द्र डंगोलले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा कविता वाचनको पनि गरिएको थियो ।
Leave a Reply