कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
सुर्खेत, २१ जेठ । पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको विरोधमा वीरेन्द्रनगर सुर्खेतमा शनिबार विरोध प्रदर्शन तथा सभाको आयोजना गरिएको छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले आयोजना गरेको कार्यक्रममा नेपाल मजदुर किसान पार्टी, सुर्खेत जिल्ला समितिका सचिव धनेन्द्र विकले राज्यको ढुकुटी कब्जा गर्नकै निम्ति मूल्यवृद्धि गरेको धारणा राख्नुभयो । उहाँले निर्वाचनमा गरिएको खर्च असुल्नको निम्ति मिलेमतोमा मूल्यवृद्धि गरिएको भन्दै गठबन्धन सरकार जनताको जीविकासँग बेमतलब भएको भनाइ राख्नुभयो ।
कार्यक्रममा नेमकिपा, वीरेन्द्रनगर समितिका सदस्य गणेश खड्काले कृषिप्रधान देशमा रासायनिक मलको स्थापना नगर्ने शासक दलहरूले देशप्रति घात गरेको तर्क गर्नुभयो । शासक वर्ग किसान तथा मजदुरको समस्यामा भन्दा सत्तास्वार्थमा अलमलिएको उहाँको विचार थियो ।
जुलुसले वीरेन्द्रनगर बजार परिक्रमा गरेको थियो । वीरेन्द्रनगर चोकमा आयोजित कोणसभामा नेक्राविसङ्घका केन्द्रीय सदस्य रवीन्द्र भण्डारी र नेक्राविसङ्घ, सुर्खेत जिल्ला समितिका अध्यष राजन विकले पनि बोल्नुभएको थियो ।
Leave a Reply