कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका वडा नं. ८ एकाइ समितिको आयोजनामा भक्तपुर नगरपालिकामा निर्वाचित नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरूलाई बधाई ज्ञापन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भनपाका प्रमुख एवं नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले साङ्गठनिक जीवनमा अनुशासन महत्वपूर्ण हुने भएकोले कार्यकर्ताहरूले पार्टी अनुशासन र निर्देशनलाई अक्षरसः पालना गर्नुपर्ने बताउनुभयो ।
“नेमकिपाले स्थापनाकालदेखि देश र जनताको निःस्वार्थ सेवा गरिरहेको छ । नेपालको राजनीतिलाई नेमकिपाले दिशानिर्देश गरिरहेको छ”, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाले गर्दै आएको काम अरू स्थानीय निकायको लागि उदाहरण बनिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरको विकासको मोडललाई निरन्तरता दिँदै जाने बताउनुभयो ।
समाजवादी व्यवस्थाले मात्र कामदार जनताको भविष्य राम्रो हुने भएकोले नेमकिपा समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत छ, उहाँले भन्नुभयो ।
भनपाबाट सञ्चालित ७ वटा शैक्षिक संस्थानहरूमा देशभरका विद्यार्थीले कम शुल्कमा गुणस्तरीय शिक्षा पाइरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेहनत र परिश्रमले इज्जत र प्रतिष्ठा बढ्ने भएकोले निरन्तर मेहनत गर्ने बानी बसाल्नु आवश्यक छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भनपाका जनप्रतिनिधिहरूले विगत कार्यकालमा जस्तै आउँदो कार्यकालमा पनि इमानदारीपूर्वक जनताको सेवा गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
स्थानीय निकायको निर्वाचनमा भनपामा नेमकिपाका उम्मेदवारहरूले उत्साहपूर्वक मत प्राप्त गर्नुभएको चर्चा गर्दै उहाँले आउँदो निर्वाचनमा पनि नेमकिपाका उम्मेदवाहरूलाई यसरी नै निर्वाचित गर्नु आवश्यक रहेको बताउनुभयो ।
नगरवासीको हितमा इमानदारीपूर्वक सेवा गर्नुको परिणाम नै नेमकिपाका उम्मेदवारहरूले अत्यधिक मत पाएका हुन् । गठबन्धनको अगाडि पनि नेमकिपाले अत्यधिक मत प्राप्त गरी विजयी हासिल गर्नु गौरवको कुरा हो”, उहाँले भन्नुभयो ।
प्रदेश सभासद् गोसाईले जनताको मतलाई अपमान गर्ने अधिकार कसैलाई नहुने बताउनुभयो ।
नेमकिपाले नेपालको राजनीतिमा अँध्यारोमा प्रकाश छर्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
वडा नं. ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजूले भनपाका जनप्रतिनिधिहरूले निर्वाचन घोषणापत्रअनुसार जनताको सेवा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा महेन्द्र खायमली, रामप्रसाद बोहजू र सङ्गीता दुवालले पनि बोल्नुभएको थियो
Leave a Reply