नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, २१ जेठ । “देश र जनताको सेवामा लाग्नुपर्ने सरकार भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको स्वार्थमा लाग्नु देशको लागि दुर्भाग्य हो ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले ९ नं वडा निर्वाचन परिचालन समितद्वारा शनिबार आयोजित स्थानीय तह निर्वाचन २०७९ का मतदाता एवम् शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
“रोपाइँको समयमा पनि रासायनिक मल उपलब्ध गराउन नसक्ने देउवा सरकार किसान विरोधी र नालायक सरकार हो,” उहाँले भन्नुभयो ।
जनप्रतिनिधिहरू देश र जनताको सेवामा दमकल र एम्बुलेन्सले झैँ काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भारतीय एकाधिकार पुँजीको कारण पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि भइरहेको बताउनुभयो ।
मूल्यवृद्धिमा कर छुट गर्नुभन्दा पुँजीपति वर्गको नाफाको प्रतिशत घटाउनुपर्नेमा जोड दिँदै उहाँले राज्यको ढुकुटीमा कर घटाउँदा आर्थिक सङ्कट निम्तिन्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको जित कामदार जनताको जित हो भन्नुभयो ।
ठूला दलहरू सबै मिले पनि नेमकिपाका उम्मेदवारलाई हराउन नसक्नु देशकै लागि यो उदाहरणीय काम भएको छ, उहाँले भन्नुभयो ।
पार्टीले स्थापनाकालदेखि नै देश र जनताको पक्षमा काम गरिरहेको उल्लेख गर्दै उहाँले पार्टी, जनप्रतिनिधि र कार्यकर्ताहरूले शिक्षा, स्वास्थ्य, सम्पदा, सफाइ र विकासमा गरिरहेको कामको देशभरि प्रशंसा भइरहेको बताउनुभयो ।
नेपाल गणतान्त्रिक देश भए पनि शोषण, भ्रष्टाचार र कमिसन अन्त्य नभएको हुँदा नेमकिपा देशमा समाजवादी गणतन्त्र स्थापना गर्न जनतालाई राजनीतिक, सैद्धान्तिक, वैचारिक र सांस्कृतिकरूपमा सङ्गठित गर्ने अभियानमा लागिरहेको उहाँले बताउनुभयो ।
सबैलाई समान अवसर, शिक्षा र स्वास्थ्य निःशुल्क हुने समाजवादी व्यवस्था स्थापना गर्न नेमकिपा लागिरहेको चर्चा गर्दै उहाँले भक्तपुरलाई गर्व गर्नलायक सहर बनाउने प्रयास भइरहेको बताउनुभयो ।
जनताले विश्वासपूर्वक दिएको जनादेशबाट अझ बढी सेवा गर्ने जिम्मेवारी थपेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनताको सेवा गर्नुबाहेक हाम्रो अर्काे कुनै स्वार्थ छैन ।”
भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुर उत्कृष्ट र नमुना नगर बन्नुमा जनप्रतिनिधि, कर्मचारीको मात्र होइन जनताको साथ, सहयोग र सुझाव पनि भन्नुभयो ।
जनताकै लागि जनताको सहयोग आवश्यक भएको उल्लेख गर्दै उहाँले ख्वप विश्वविद्यालय स्वीकृति नभएसम्म सङ्घर्ष जारी रहने बताउनुभयो ।
सुरक्षित, स्वस्थ समाज र पर्यटकीय तथा सांस्कृतिक नगर बनाउने योजनाअनुरूप नपाले काम गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “लामो समयसम्म कृषि भूमिलाई उब्जाउशील बनाउन अनुसन्धानको खाँचो छ ।”
नेमकिपा नगर समिति भक्तपुरका सदस्य कृष्णगोविन्द लाखाले बधाई, शुभकामना तथा धन्यवाद कार्यक्रम पनि जनतामा सचेतना फैलाउने काम हो भन्नुभयो ।
भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जनताका उम्मेदवार जनताबीच पुगेर जनताकै सेवा गर्ने हो भन्नुभयो । जनतामा राजनीतिक चेतना भए अरूले जस्तोसुकै षड्यन्त्र गरे पनि जनताका उम्मेदवारलाई हराउन नसक्ने दृष्टान्त प्रस्तुत गर्दै उहाँले नपाले गर्न लागेको कामबारे जानकारी दिनुभयो ।
नेमकिपा वडा नं ९ समन्वय समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा भएको सो कार्यक्रममा सूर्यमढी पार्टी एकाइ समितिका अध्यक्ष दिलभक्त कोजु, स्थानीय निर्वाचन परिचालन समितिका अध्यक्ष काशिलाल प्रजापति र सञ्जय मानन्धरले पनि बोल्नुभएको थियो ।
Leave a Reply