भर्खरै :

युक्रेनलाई लामो दूरीको हतियार आपूर्ति नगर्न पश्चिमी मुलुकलाई रूसको चेतावनी

मस्को, २३ जेठ (एएफपी) । मस्कोले युक्रेनलाई लामो दूरीका हतियारहरू प्रदान गरिरहेका पश्चिमी देशहरूलाई जवाफ दिँदै कीभको सेनालाई आफ्नो सीमाबाट थप पर धकेल्ने प्रयासहरू बढाउने बताएको छ ।
“तपाईँले जति धेरै लामो दूरीको हतियार आपूर्ति गर्नुहुन्छ, हामी हाम्रो क्षेत्रबाट युक्रेनी सेनाहरूलाई त्यति नै टाढा धकेल्ने छौँ” विदेशमन्त्री सर्गेई लाभरोभले पत्रकारहरूमाझ बताएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी राष्ट्रले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराएमा मस्कोले नयाँ रणनीति अख्तियार गर्दै नयाँ लक्ष्यमा प्रहार गर्ने चेतावनी दिएका छन् ।
वासिङटन र लण्डनले कीभलाई उन्नत हतियारहरू आपूर्ति नगर्न पुटिनले दिएको चेतावनीलाई अस्वीकार गरेका छन् र उनीहरूले युक्रेनमा लामो दूरीको मिसाइल प्रणाली पठाउने बताएका छन् ।
अमेरिकाले गत हप्तामात्रै कीभलाई उच्च गतिशील रकेट प्रणाली प्रदान गर्ने बताएको थियो । जुन प्रणालीले एकैसाथ धेरै सटीक–निर्देशित मिसाइलहरू प्रक्षेपण गर्नसक्ने बताइएको छ । हाल युक्रेनमा अवस्थित प्रणालीहरूभन्दा दायरा र सटीकतामा त्यो रकेट प्रणाली उच्च हुनेछ ।
यस्तै बेलायतले पनि अमेरिकाले जस्तै युक्रेनलाई लामो दूरीको मिसाइल प्रणाली पठाउने बताएको छ ।
यसैबीच रुसी विदेशमन्त्री सर्गेई लाभरोभले सोमबार आफ्नो सर्बिया भ्रमणका क्रममा हवाई क्षेत्र बन्द गर्ने अवस्थालाई ‘अकल्पनीय’ भनी टिप्पणी गरेका छन् ।
सर्बियाका छिमेकी देशहरूले शीर्ष रुसी कूटनीतिज्ञको विमानका लागि आफ्नो राष्ट्रिय हवाई क्षेत्र बन्द गरेका थिए । जसले बेलग्रेडको भ्रमण गर्ने अपेक्षा गरिएको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ । “अवश्य पनि, अकल्पनीय घटना भएको छ, यसबारे म बुझ्छु,” उनले भने ।
“सार्वभौमसत्ता सम्पन्न राष्ट्रलाई परराष्ट्र नीति अवलम्बन गर्ने अधिकारबाट वञ्चित गरिएको छ । रूसी दिशामा सर्बियाको अन्तर्राष्ट्रिय गतिविधिहरू अवरुद्ध गरिएको छ,” लाभरोभले पत्रकारहरूलाई भने ।
रुसी समाचार एजेन्सीका अनुसार मस्कोले भ्रमणको ‘कार्यान्वयनमा बाधा पु¥याउने’ केही नेटो सदस्यहरूले लिएका अभूतपूर्व निर्णयहरूको प्रतिक्रियाको बारेमा धेरै प्रश्नहरू प्राप्त गरेको पनि उल्लेख गरिएको छ ।
रुसी प्रतिनिधिमण्डलको विमानलाई आफ्नो आकाशमा उड्न अनुमति दिन अस्वीकार गर्ने देशहरूबाट मस्कोले आधिकारिक स्पष्टीकरण सुनेको छैन भनी लाभरोभले उल्लेख गरेका छन् ।
यसै पृष्ठभूमिमा उनले सर्बियाका विदेशमन्त्री निकोला सेलाकोभिकलाई निकट भविष्यमा मस्को भ्रमणको निम्तो दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *