भर्खरै :

सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्टसङ्घ, २५ जेठ (सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।
सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको र यहाँका नागरिकमा कुपोषणजस्ता समस्या देखिएकोले सहयोगका लागि तत्कालै पहल गर्न विश्व समुदायलाई आग्रह गरिएको हो ।
सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयतासम्बन्धी निकायका प्रमुख आदम अब्देलमौलाले सो आग्रह गर्नुभएको हो ।
उहाँले सोमालियमा लामो समयदेखिको खडेरीका कारण पनि खाद्यान्न उत्पादन हुन छोडेको धेरै समय भएको भन्दै अहिले नै यहाँका सयौँ हजार नागरिकमा खाद्यान्न अभाव देखिएकाले तत्कालै सहयोगको खाँचो रहेको बताउनुभएको हो ।
निकै लामो समयदेखि हिंसामा फसेको यस देशमा यो वर्षको सुरुदेखि नै भोकमरी सुरु भएको उहाँले बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, अहिले नै सोमालियाका लागि केही नगर्ने हो भने यहाँका नागरिक ठूलो भोकमरीमा परेका छन्, त्यसैले विश्व समुदायले यसतर्फ सोच्नुपर्ने अवस्था देखिएको छ ।
सोमालिया लामो समयदेखि जातीय द्वन्द्वमा फसेको छ । यहाँ अहिले केही वर्षयतादेखि खडेरी आदि समस्याले गर्दा भोकमरी पनि सुरु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *