भर्खरै :

अमेरिकाको सिन्च्याङ्सम्बन्धी झूटको खास लक्ष्य

“सिन्च्याङमा कुनै समस्या छैन, हामी सबैलाई थाहा छ, तर जबरजस्ती श्रम, नरसंहार र मानव अधिकारका मुद्दाहरूमा आक्रमण गर्न सिन्च्याङलाई प्रयोग गर्नु प्रभावकारी माध्यम हो र अन्तिम लक्ष्य भनेको ‘चिनियाँ सरकारलाई पूर्णरूपमा दलदलमा फसाउनु’ हो ।” यो चीनको लागि पूर्वअमेरिकी कूटनीतिज्ञको भाषण हालै मिडियाहरूले खुलासा गरेका हुन् ।
यदि यो समाचार साँचो हो भने, मानिसहरू अचम्ममा पर्ने छैनन्, किनभने अमेरिकाले पटक–पटक यस्तै गर्दै आएको छ । उदाहरणका लागि सन् २०१८ मा पूर्वअमेरिकी सेना कर्नेल विल्करसनले अमेरिकाको एक कलेजद्वारा आयोजित मञ्चमा स्पष्टरूपमा भने, “यदि अमेरिकाले चीनलाई अस्थिर बनाउन चाहन्छ भने सिन्च्याङमा अशान्ति सिर्जना गर्नुपर्छ र युगुर जातिका मानिसहरूलाई चीन भित्रबाट भ्रमित गर्न उक्साउनुपर्छ ।” सन् २०१५ मा, एफबीआईका पूर्व अनुवादक एडमन्ड्सले पनि भने, “अमेरिकाले सिन्च्याङका जनताको वास्ता गर्दैन, उनीहरू केवल सिन्च्याङलाई बाधा पु¥याउन चाहन्छन् ।”
गत महिनाको अन्त्यमा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त ब्याचेलेटले चीनको भ्रमण गरेका थिए । भ्रमणअघि अमेरिकाले मानवअधिकार उच्चायुक्तलाई सिनच्याङ भ्रमण गर्न आग्रह गरेको थियो । तर, भ्रमण हुन लागेको बेला अमेरिकाले विरोध गरेको छ । अब भ्रमण सकिएपछि ब्याचेलेटले सिन्च्याङका सबै क्षेत्रका स्थानीय जनतासँग कुनै प्रतिबन्ध र सुपरिवेक्षण बिनाछलफल गरेको स्पष्ट पारेको छ । तर, अमेरिकी विदेश मन्त्रालयले पनि ब्याचेलेटको भ्रमण प्रतिबन्धित र हेरफेर भएको दाबी गरेको छ ।
सिनच्याङ स्थिर र समृद्ध छ । त्यहाँका जनता शान्ति र सन्तुष्टिका साथ काम गर्छन् भन्ने तथ्यलाई अमेरिकाका कुनै पनि झूटले मेटाउन सक्दैन । सिनच्याङको स्थानीय सरकारले जारी गरेको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि मे महिनासम्म सिनच्याङको सहरी क्षेत्रमा २ लाख ५३ हजार नयाँ रोजगारी सृजना भएको छ । यसले ४ लाख ६० हजार मानिसको वार्षिक लक्ष्यको ५७.१७ प्रतिशत पूरा गरेको छ । अर्थतन्त्रमा हालको गिरावट र महामारी फैलावटको पृष्ठभूमिमा यो उपलब्धि कठिन छ ।
हालैका वर्षहरूमा धेरै देशका प्रतिनिधिहरूले क्षेत्रीय भ्रमणमार्फत सिन्च्याङमा जातीय एकता, सामाजिक स्थिरता र आर्थिक समृद्धि देखेका छन् । संयुक्त राष्ट्र मानव अधिकार परिषद्जस्ता बहुपक्षीय अवसरहरूमा धेरै मुस्लिम देशहरूलगायत बहुसङ्ख्यक देशहरूले चीनको सिन्च्याङ नीतिलाई समर्थन गर्छन् र चीनको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको विरोध गर्छन् ।
हाल अमेरिकी व्यापार प्रतिनिधि क्याथरीन ताईले व्यक्त गरेअनुसार ८५ प्रतिशत सौर्य प्यानल उत्पादन चीनमा निर्भर छ । यससम्बन्धी उद्योग श्रृङ्खला पूर्णरूपमा सिन्च्याङ क्षेत्रमा राखिएको छ । तापनि, यहाँ गम्भीर जबरजस्ती श्रम समस्या रहेको छ ।
आज चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाउ ली च्येनले भने, “सिन्च्याङ सारा विश्वको सबभन्दा महत्वपूर्ण फोटोभोल्टिक उद्योगको आधारभूत सामग्री पोलिसिलिकनको उत्पादनस्थल हो । अमेरिकाद्वारा निर्मित तथाकथित जबरजस्ती श्रम झूटको खास कुचेष्टा राजनीतिक शक्तिले सिन्च्याङ उद्योगको प्रतिस्पर्धा श्रेष्ठतालाई दबाउनु हो ।”
चीनले धेरै पटक चीनको सिन्च्याङमा जबरजस्ती श्रमको धारणा पूर्णरूपमा झूटो भएको बताउँदै कालो बादलले सूर्यलाई रोक्न नसकेजस्तै अमेरिकाले सिन्च्याङको फोटोभोल्टिक उद्योगमा धब्बा लगाउन नसक्ने दाबी गरेको छ । चीनले सधैँ चिनियाँ उद्यमहरूको वैधानिक अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *