भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
एक्सन चलचित्र, हरर चलचित्र, रोमान्टिक चलचित्र, साइन्स फिक्सन, वृत्तचित्र सबैले हाम्रो जीवनमा ठूलो भूमिका खेल्छन् । चलचित्रले अर्थ राख्छ । २० औँ शताब्दीको सबैभन्दा लोकप्रिय सांस्कृतिक कलाकर्म हुनाले मात्र चलचित्रले अर्थ राख्ने होइन । बरु हाम्रो जीवनका विभिन्न पक्षहरूलाई चलचित्रले धेरै तरिकाले जोड्छ, त्यसैले चलचित्रले अर्थ राख्छ । हामीले हाम्रो जीवनलाई जसरी हेर्छौँ, त्यसरी मात्र चलचित्रले हामीलाई जोड्दैन । बरु हामीले जसरी चलचित्र बुझ्छौँ र प्रतिक्रिया जनाउँछौँ, त्यस हिसाबले पनि चलचित्रले हामीलाई जोड्छ ।
चलचित्रको बारेमा गज्जबको कुरा के हो भने यो सबैले बुझ्ने भाषा हो । चलचित्र हामी सबैले बुझ्छौँ । हामी के हौँ र के बन्न सक्छौँ भन्ने हाम्रो अनुभूतिको उपयोग चलचित्रले गर्छ । चलचित्रसितको हाम्रो सम्बन्ध यस्तो छ । चलचित्रले हाम्रा सपना र इच्छाहरूबारे हामीसँग कुरा गर्छ । हामी को हौँ, के बन्न चाहन्नौँ र हामी साँच्चै के बन्न सक्छौँ भनेर हामीलाई सोच्ने बनाउँछ । ‘वास्तविक संसार’ जनाउने विम्ब र विचारहरूको सहाराले चलचित्रले हामीसँग कुराकानी गर्छ । चलचित्रबाट हामीले आफू कहिल्यै नगएको ठाउँहरू र आफूले कहिल्यै नभेटेका मानिसहरूबारे थाहा पाउँछौँ । त्यसैले हामीले हेर्ने चलचित्रहरूले कस्तो संसार देखाउन खोज्दै छन् भनी बुझ्नु र घोत्लिनु अत्यन्त महत्वपूर्ण छ ।
माक्र्स र एङ्गेल्सले कहिल्यै चलचित्र हेर्नुभएन । तैपनि, उहाँहरूले आज पनि सान्दर्भिक हुने केही कुरा औँल्याउनुभएको छ । उहाँहरूले लेख्दाको समयमा यी कुराहरू जत्तिको सान्दर्भिक थिए, त्यत्तिकै सान्दर्भिक छन् । समाजमा प्रसार भइरहेका नेतृत्वकारी र प्रभुत्वशाली विचारहरूले शासक वर्गको सत्ता लागू गर्ने प्रयास गर्छन् । हामीले हेर्ने धेरैजसो चलचित्रहरूमा यी विचारहरू टाँसिएका हुन्छन् र यी विचारले धनीमानी र शक्तिशालीहरूको स्वार्थको सेवा गर्छन् । चलचित्रहरूले यो काम बाहिर देखाएर गर्दैनन्, बरु भित्रभित्रै गर्छन् । जबसम्म हामीले जे देखाएको हो, त्यो मात्र हेर्छौँ र हेर्ने तरिका थाहा पाउन्नौँ, हामीले चलचित्रको भित्री कामबारे थाहा पाउन सक्दैनौँ । जस्तो ः
– महिलाहरूलाई लोग्ने मान्छेमाथि निर्भर पात्रको रूपमा देखाइन्छ ।
– ५० वा ६० को दशक पुगेका लोग्ने मान्छेहरूको जोडी बन्न ३५ वर्षकी महिलालाई समेत अनुपयुक्त मानिन्छ ।
– धेरैजसो नायक गोरो छाला भएको लोग्ने मान्छेहरू हुन्छन् ।
– मध्यम वर्गका मानिसहरू स्मार्ट, बुद्धिमान, हँसिलो र रुचिकर हुन्छन् ।
– कामदार वर्गका मानिसहरू अल्छी हुन्छन्, उज्ज्वल हुँदैनन् ।
– प्रमुख कानुनी सङ्घसंस्था र प्रहरीले अन्त्यमा खराब पात्रहरूलाई दण्ड दिन्छन् ।
– सेनाले विदेशमा कठोर तर आवश्यक जिम्मेवारी पूरा गर्छ ।
– आतङ्कवादीहरू पश्चिमा देशहरूभन्दा बाहिरका हुन्छन् ।
… आदि इत्यादि । चलचित्रबारे हामीले स्वतन्त्र र वर्गसापेक्ष आलोचनात्मक चेतको विकास गर्न जरुरी छ । चलचित्र चिन्ने आवश्यक साधनको विकास गर्न यस्तो गर्नैपर्छ । यसको लागि हामीले छलफल, वादविवादजस्ता प्रक्रियामा सहभागी हुनुपर्छ । चलचित्रजस्ता सांस्कृतिक कलाकर्मले शोषण र दमनका विद्यमान संरचनाहरूलाई कसरी पुनः उत्पादन र वैधानिकीकरण गर्छ भनी बुझ्न हामी आलोचनात्मक क्रियाकलापमा सहभागी बन्नैपर्छ । चलनचल्तीका विम्ब र वैचारिक अवधारणाहरू आलोचनात्मकरूपमा केलाउने काममा हामी सक्षम बन्नु अत्यन्त महत्वपूर्ण छ । यस्ता विम्ब र अवधारणाहरू चलचित्रमा टाँसिएर आउँछन् र तिनलाई प्रायः चुनौती दिइन्न ।
आजभोलिका धेरैजसो चलचित्रहरू मध्यम वर्गले बनाउँछन् । क्यामेरापछाडि निर्देशक, निर्माता, सम्पादक र प्राविधिकको काम गर्ने हुन् वा क्यामेराअगाडि कलाकारको काम गर्न हुन्, धेरैजसो मध्यम वर्गकै मान्छेहरू हुन्छन् । त्यसैले ती जागिरहरू कामदार वर्गका मान्छेहरूले बिरलै पाउँछन् । यसको अर्थ कामदार वर्गको जीवन चलचित्रमा चित्रण गर्दा त्यो (चाल्नीमा छानेझैँ) छानिन्छ । कामदार वर्गको जीवनबारे अनुभवै नभएको मध्यम वर्गका लेन्सहरूबाट छानिन्छ । मध्यम वर्ग कहिल्यै झुपडपट्टीमा सुत्दैन (अमेरिकामा गरिबहरू काउन्सिल स्टेटमा बस्छन्), कहिल्यै भोको रहन्न, बाँच्नलाई त्यसले कहिल्यै तीनतीनवटा जागिर खान्न र कहिल्यै जुठोपुरो खाएर बाँच्नुपर्दैन (अमेरिकामा धनीमानीहरूले जुठो जम्मा गर्न बनाएको फुडबैङ्कबाट गरिबहरूले खाना खान्छन्) । त्यसकारण मध्यम वर्गको दृष्टिकोण र कामदार वर्गबारे सोच्ने तिनको शैली तिनले बनाउने चलचित्रहरूमा टाँसिन्छन् ।
कामदार वर्गका मान्छेले चलचित्र उद्योगमा काम पाउन गाह्रो छ । किन पनि भने हामीले सित्तैमा गर्नुपर्ने इन्टर्नसिप गर्न सक्दैनौँ वा हामी निजी शिक्षा लिएको अक्सब्रिज समूहको हिस्सा हुन्नौँ । (हलिउडमा) यो समूहले एकअर्कालाई काममा लगाउने गर्छ । अर्को पनि कारण छ । सत्तालाई पुनः उत्पादन गर्ने, सुदृढ पार्ने र त्यसमै झुन्डिने सांस्कृतिक र आर्थिक सत्तावालहरूको शैलीमा भर नपरी हामीले हाम्रै कथा सुनाउन नसकौँ भनी निश्चित गर्न पनि हामीलाई चलचित्र उद्योगमा काम दिइन्न ।
अब प्रश्न आउँछ, यसलाई हामीले कसरी फेर्ने ? कसरी भन्न पाउने हामीले आफ्ना कथाहरू ? काम र कामको सेरोफेरोमा बन्ने सम्बन्धहरूबारे हाम्रो अनुभव उन्ने कथाहरू । हाम्रो आफ्नो संस्कृतिबारे कथाहरू, हाम्रा संस्मरणहरू खोतल्ने कथाहरू, हाम्रो राजनीति विश्लेषण र विकास गर्ने कथाहरू । हामीले आफ्ना सारा अनुभवहरू एकठाउँ जम्मा गर्न सक्ने कथाहरू र हामीलाई कामदार वर्गको रूपमा उभ्याउने कथाहरू । मौका पाइयो भने हामीले भन्नसक्ने कथाहरूबारे सोचौँ ।
नवउदारवादी पुँजीवादले र आधारभूत क्षेत्रमा बजेट कटौतीले कामदार वर्गका जनताको कठिनाइ र अभाव झन् चर्काइदिएका छन् । अभावको पर्खाल अग्लो बनाउन र हाम्रो स्वतन्त्रता कुँजो बनाउन महामारीलाई प्रयोग गरिनेछ । हामी सङ्गठित बन्न, लड्न र प्रतिकारमा उत्रिन आवश्यक छ । र चलचित्रले यी सङ्घर्षहरूको दस्तावेज बनाउन र हाम्रा विकल्पहरू देखाउन भूमिका खेल्न सक्छ ।
अर्को प्रश्न उठ्छ, हामीले कसरी त्यसो गर्ने ? कसरी हामीले आफ्नै चलचित्र बनाउने ? उत्तर हो, प्रजातान्त्रिक र समुदायमा आधारित चलचित्र संस्कृतिमा सहभागी बन्ने । यसको आफ्नै छायाङ्कन क्षेत्र हुनुपर्छ, वितरण र प्रदर्शनको स्वतन्त्र ढाँचा हुनुपर्छ । कामदार वर्गका जनतालाई तालिम र कार्यशालाहरू दिलाउन ट्रेड युनियनहरू र मजदुर आन्दोलनले काम गर्नुपर्छ । चलचित्र निर्माण, संवाद लेखन, अभिनय र चलचित्र समालोचनामा संलग्न कामदार वर्गका मानिसहरूले यी युनियन र आन्दोलनहरू चलाउनुपर्छ । यसरी हामीले कामदार वर्गको चलचित्र संस्कृति जन्माउन सक्छौँ । त्यसले मात्र हामीले चिन्ने र सोच्ने शैलीमा हामीलाई पर्दामा उतार्न सक्नेछ । हामीलाई प्रतिविम्बित गर्न सक्नेछ ।
हामी आफै सङ्गठित बन्नुपर्छ । खर्च जुटाउन वा राम्रो समीक्षा पाउन हामीले चल्तीको मोडलसामू घुँडा टेक्नु हुँदैन । सुन्दर संसारको निम्ति गरिने सङ्घर्षजस्तै चलचित्र निर्माण एउटा सामूहिक कार्य हो । हाम्रा सङ्घर्षहरू, हाम्रा विश्वासहरू, हाम्रा धारणाहरू खोज्न र खोतल्न मिलेर काम गर्नुजस्तै हो । सांस्कृतिक अभ्यासको रूपमा चलचित्र कामदार वर्गको जीवनचर्याका अहम् सवालहरू सम्बोधन गर्न सक्षम छ । कामदार वर्गका दैनिक समस्याहरूमा चासो दिएर, कसरी एकदम भिन्न समाज उदाउनेछ भनी दृश्यहरूको निर्माण गरेर चलचित्रले त्यसो गर्न सक्छ ।
कामदार वर्गका मूल्यमान्यता, मनोदशा र अनुभवहरू अन्य वर्गको भन्दा फरक छन् । कामदार वर्गका जनताले भिन्दै तरिकाले सोच्छन्, यस वर्गका जनताका प्राथमिकता र अनुभवहरू बेग्लै छन् । यिनै कुराले तिनलाई मध्यम र उच्च वर्गभन्दा फरक बनाउँछन् । आफ्नो कथ्य आफै रच्ने नौलो क्षमता र अकाट्य अधिकार कामदार वर्गका जनतासँग छ । आफ्ना कथाहरू आफै भन्ने र आफ्नो प्रतिविम्ब आफै उतार्ने हक कामदार वर्गसँग छ ।
त्यसैले चलचित्रले अर्थ राख्छ । किन पनि भने चलचित्रले नै हामीलाई ती काम गर्न सघाउँछ ।

डेड्र्री ओनेल
(ओनेल चलचित्र क्षेत्रमा काम गर्छिन् । उनी सञ्चार मजदुर युनियनमा आबद्ध छिन् । )
स्रोत : एमआर अनलाइन
अनुवाद : सुरेश
Leave a Reply