ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
हेटौँडा, ३० जेठ । बाग्मती प्रदेश स्वास्थ्यमन्त्री निमा लामासँग भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार स्वास्थ्यमन्त्रीको कार्यकक्षमा भेट गर्नुभयो ।
भेटको क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले हालै १०० शय्याको अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त गरेको बताउँदै ख्वप अस्पताललाई १०० शय्यामा स्तरवृद्धि गर्न सहयोग पुर्याउनुभएकोमा धन्यवादज्ञापन गर्नुभयो ।
ख्वप अस्पतालमा एमआरआई, सीटीस्क्यानलगायतका स्वास्थ्य उपकरण तथा सामग्रीहरूको लागि आवश्यक सहयोग गरिदिन उहाँले मन्त्री लामासमक्ष लिखित आग्रह गर्नुभयो ।
ख्वप अस्पतालले नगरवासीहरूलाई घरघरमै पुगी प्रत्येक वडामा एकजना स्टाफ नर्स र स्वास्थ्य स्वयम्सेविका व्यवस्था गरी घरदैलो नर्सिङ सेवा सञ्चालन गर्दै आइरहेको जानकारी दिँदै सर्वसाधारण जनतालाई सुलभरूपमा स्वास्थ्य सेवा प्रदान गर्ने ख्वप अस्पतालको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
सोही क्रममा बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले ख्वप अस्पतालको लागि आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै भक्तपुर अहिले स्वास्थ्यको केन्द्रकै रुपमा अगाडि बढिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप अस्पतालबाट स्तरीय सेवा सुविधा उपलब्ध हुनुपर्नेमा जोड दिँदै उहाँले स्थानीय तहले सञ्चालन गरेको शैक्षिक संस्थाले देशभरिका विद्यार्थीहरू लाभान्वित भइरहेको सुखद पक्ष रहेको बताउनुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको उपस्थिति रहेको थियो भने नगर प्रमुख प्रजापतिले मन्त्री लामालाई मयुरको झ्याल र नपाका केही प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।
Leave a Reply