भर्खरै :

नेकाका प्रवक्ता महत सरकारी कारखाना सञ्चालनको विरोधमा

शेरबहादुर देउवाको नेतृत्वमा बनेको वर्तमान सरकार पाँच दल मिलेर बनेको गठबन्धन सरकार हो । यो न नेकाको सरकार हो न कम्युनिस्टकै सरकार हो । यो सरकारले गरेको निर्णय पाँचवटै दलले मान्नुपर्छ । सरकारको निर्णय गठबन्धन कुनै दलका नेताले विरोध गर्न मिल्दैन, पाउँदैन । तर, नेकाका प्रवक्ता प्रकाशशरण महतले वीरगञ्जको चिनी कारखाना र कृषि औजार कारखाना नचलाउने बताए । उद्योग चलाउने काम निजी क्षेत्रको भन्दै उनले भने, “जुत्ता कारखाना, इँटा कारखानाजस्ता कारखाना सरकारले चलाउँदैन ।” राजधानी, ६ असार २०७९ । जनता झुक्याउन बेला–बेलामा कम्युनिस्टले यस्ता कुरा गर्छन् भनी उनले आफ्नै सरकारको निर्णयको विरोध गरे । स्मरणीय छ, गत जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा वीरगञ्जको चिनी कारखाना र कृषि औजार कारखाना चलाउने घोषणा गरेका थिए ।
सरकारले कारखाना सञ्चालन गर्ने भनी बजेटमा उल्लेख भइसकेको कारखाना चल्न नदिने उनको निजी विचार हो कि दलकै विचार ? प्रश्न उठेको छ । पार्टीका प्रवक्ता महतले आफ्नै सरकारको निर्णयविरुद्ध किन लागे ? नेका निजीकरणको पक्षमा छ भनेर विपक्षी दलको नेताले बोलेजस्तै बोल्न मिल्दैन । सरकारले यही आउँदो आर्थिक वर्षमा यी दुइटै कारखाना सञ्चालन गर्नुपर्छ, सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनुपर्छ । सरकारको नीति तथा कार्यक्रम र बजेट कुनै एक दलको होइन । अझ गठबन्धन सरकारको नेतृत्व नेकाले गरिरहेको हुँदा नेका प्रवक्ता महतले त झनै सरकारी निर्णयको विरोध गर्नु ठीक होइन । चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन भएपछि पहिलेका अरू सरकारी कारखानाहरू पनि एकपछि अर्काे चलाउनुपर्छ । तर, त्यो व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्छ ।
देशका सबै उद्योग, कारखाना तथा सरकारी संस्थानहरू निजीकरण गरेपछि राज्यको जिम्मेवारी के ? नेका भोलि नेपाल आयल निगम, जनक शिक्षा सामग्री, बैङ्क तथा अन्य महत्वपूर्ण निकायहरू पनि निजीकरण गर्न पछि पर्दैन । त्यसबेला जसले जति मूल्य बढाए पनि सरकारको केही लाग्दैन । त्यसमा सरकारी सेवा केही हुनेछैन । नेका निजीकरणको पक्षमा छ । केही व्यक्तिको हितमा सेवा गर्नु नेकाको धर्म हो । विगतमा नेकाको सरकारले देशका दर्जनभन्दा बढी सरकारी उद्योग तथा संस्थानहरू कौडीको मूल्यमा व्यक्तिलाई सुम्पिने काम ग¥यो । कुनै उद्योग निजी व्यापारी या उद्योगीले सञ्चालन गर्नसक्छ, सञ्चालन गर्छ भने सरकारले गर्न किन सक्दैन ? बरु उद्योग नियमितरूपमा सञ्चालन गर्न उद्योगको लागि आवश्यक कर्मचारीहरूमात्र राख्नुपर्छ । उद्योगमा हुने चुहावट र कमिसन आदि रोक्नुपर्छ । उद्योग तथा कारखानाका सञ्चालक या प्रबन्धकहरू इमानदार हुनुपर्छ ।
चिनी कारखाना र कृषि औजार कारखाना नेकाकै सरकारले बन्द गरेको थियो । नेकाको सरकारले सरकारी उद्योग तथा कारखानाहरू स्वदेशी पुँजीपतिलाई मात्र होइन विदेशी व्यापारी र कम्पनी मालिकहरूलाई समेत दियो । ती उद्योगहरू आवश्यक पर्दा स्वदेशी पुँजीपतिहरूको पनि सहयोग लिएर सञ्चालन गरे पनि फरक पर्दैन । उद्योग चलाउने काम सरकारको होइन भनेर हरेक कुरामा सरकार पन्छिनु हुँदैन, पन्छिने काम ठीक होइन । राज्य जनताको निम्ति हो । उद्योगहरू निजी क्षेत्रलाई दिएर सरकार कसरी देश र जनताप्रति समर्पित हुन्छ ? गठबन्धन सरकार बनाएर एक सिन्को नभाँच्ने अनि बन्द भएको कारखाना खोल्ने कुरा गर्दा किन विरोध ¤ विरोध गर्ने भए महतले नेकाको प्रवक्ताबाट राजीनामा दिनुपर्छ । होइन भने कारखाना चलाउन सक्दैन भन्ने आफ्नो भनाइ माफी मागेर फिर्ता लिनुपर्छ । यसबारे नेकाका सभापति शेरबहादुर देउवाले स्पष्ट पार्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *