भर्खरै :

असारे गीत र्साजनिक

काठमाडौँ, ८ असार । “जनताको साहित्यले देश, जनता र क्रान्तिलाई सहयोग गर्दछ । गीत, कविता, कथामार्फत देश र जनताको समस्या समाधानबारे आवाज उठाउने र जनचेतना फैलाउने गतिविधि हुनु जरुरी छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले बुधबार राजधानीमा आयोजित ‘सिनाज्याः’ (असारे गीत) को भिडिओ सार्वजनिक कार्यक्रममा राख्नुभएको हो ।
राष्ट्रिय सांस्कृतिक संस्थान नाचघरमा भएको सो कार्यक्रममा सांसद सुवालले समाजमा झैँ साहित्यमा पनि वर्ग हुने धारणा राख्दै सामन्तवादी साहित्यले कामदार जनताको पक्ष नलिने हुँदा माक्र्सवादी साहित्यको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
“एसपीपीबारे कुन सरकारको पालामा पत्राचार भएको हो, सो सार्वजनिक हुनुपर्छ”, सांसद सुवालले भन्नुभयो ।
ज्यापु महागुठीका अध्यक्ष एवं लोककवि राजभाइ जकमीले लेखक एवं निर्देशक सुरेन्द्र महर्जनको प्रस्तुति राम्रो भएको बताउनुभयो ।
भिडिओ सम्पादक एवं फोटोग्राफर राजेन्द्र डंगोलले गीतमा कृषि भूमिको समस्या रहेको बताउनुभयो ।
गीतका रचनाकार एवं निर्देशक सुरेन्द्र महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिला प्रजापतिले उद्घोषण गर्नुभएको थियो ।
कार्यक्रममा कलाकार र सहयोगीहरूलाई सांसद सुवालले धन्यवादपत्र वितरण गर्नुभएको थियो ।
भिडियोको गीत शिव साही र रत्नशोभा महर्जनले गाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *