भर्खरै :

चेस ओलम्पियाडका लागि छनोट खेल सुरु

भक्तपुर, ८ असार । भारतमा आयोजना हुने ४४ औँ चेस ओलम्पियाडका लागि छनोट खेल बुधबार सुरु भयो । काठमाडौँको होटेल केसु होममा जारी छनोटमा पुरुषतर्फ १० तथा महिलातर्फ १२ खेलाडी सहभागी छन् ।
पुरुषतर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई र शीर्ष वरियताका विवेक थीङ स्वतः छनोट हुनुभएको छ । थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन् । यसैगरी महिलातर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष बरीयताकी सुजना लोहनी छनोट हुनुभएको छ । थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुनेछन् ।
छनोट खेलको बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाइमन्त्री वसन्त मानन्धरले उद्घाटन गर्नुभयो ।
दोस्रो चरणको खेलको समाप्तिमा पुरुषतर्फ मिलन लामा, क्षितिज भण्डारी, सुरवीर लामा, रूपेश जयसवाल र मनीष हमाल १.५ अङ्कसहित संयुक्त रूपमा शीर्ष स्थानमा हुनुहुन्छ ।
पहिलो चरणमा शीर्ष बरियताका खेलाडी रूपेश जयसवालबीचको खेल बराबरीमा सकियो ।
दोस्रो चरणमा मिलन र क्षितिज तथा सुरवीर र मनिसको बीचमा बराबरी भयो ।
महिलातर्फ बिनिता कपाली र अनीसा न्यौपाने दुई अङ्कसहित संयुक्त शीर्षस्थानमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *