भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूले बुझाए नगर प्रमुख प्रजापतिलाई ज्ञापनपत्र
- असार ९, २०८३
भक्तपुर, ९ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवन सङ्गिनी दिवङ्गत शोभा प्रधानको अन्त्येष्टि आज (असार १०) हुने भएको छ । नेपाल क्रान्तिकारी महिला सङ्घ र नेपाल क्रान्तिकारी शिक्षक सङ्घको संयुक्त आयोजनामा शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्न दिउँसो १ बजे स्थानीय दूधपाटीमा भेला हुन सूचना जारी गरिएको छ । शोभा प्रधान महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष र शिक्षक सङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ ।
निर्धारित कार्यक्रमअनुसार दूधपाटीमा शिक्षक सङ्घको तर्फबाट श्रद्धाञ्जली अर्पण गरिनेछ भने पार्टीको तर्फबाट सचिव प्रेम सुवालले प्रधानको मृत शरीरमा पार्टीको झन्डा ओढाउनुहुनेछ । त्यसपछि अन्त्येष्टिका लागि भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाट पुगेर पुनः महिला सङ्घको तर्फबाट श्रद्धाञ्जली अर्पण गरिनेछ ।
रूट व्यवस्थापनको लागि युवा–विद्यार्थीको स्वयम्सेवकहरूको व्यवस्था गरिएको छ ।
२३ वर्ष अघि स्तन क्यान्सर भई पूर्णरूपमा निको हुनुभएका शोभा प्रधान पुनः २०७४ सालदेखि पाठेघर क्यान्सरबाट पीडित हुनुभएको थियो । नेपाल क्यान्सर अस्पतालमा नियमितरूपमा उपचाररत उहाँ असार ८ गते दिनको ३ः४५ बजे निधन हुनुभएको थियो ।
मृदुभाषी, मिलनसार शोभा प्रधान महिला र शिक्षकहरूको हकहितको निम्ति सक्रिय हुनुहुन्थ्यो । २०४५ सालमा पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डविरुद्ध अग्रमोर्चामा रहेर उहाँले निर्वाह गर्नुभएको भूमिका सदा स्मरणीय रहनेछ भने अस्थायी, राहतलगायत विभिन्न शिक्षक समस्यालाई लिएर भएको आन्दोलनमा उहाँ प्रहरी पक्राउमा पनि पर्नुभएको थियो । आन्दोलनका हरेक मोर्चामा उहाँ महिला, शिक्षक र पार्टी कार्यकर्ताको निम्ति प्रेरणाको स्रोत बनुहुन्थ्यो ।
‘शिक्षक’, ‘शिक्षिका’ र ‘केटीहरू’ जस्ता प्रगतिशील बुलेटिनहरूको प्रकाशन, व्यवस्थापन र विभिन्न जिल्लामा ती प्रकाशनबारे अन्तरक्रिया, गोष्ठीजस्ता कार्यक्रमहरूमा सहभागी हुनुभएका शोभा प्रधान प्रकाशन र पठन संस्कृतिमा जोड दिनुहुन्थ्यो ।
Leave a Reply