कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ११ असार । वागीश्वरी माध्यमिक विद्यालय तथा वागीश्वरी कलेजको संयुक्त आयोजनामा शनिबार वागीश्वरी माविका पूर्वशिक्षिका, वागीश्वरी मावि कलेज व्यवस्थापन समितिका सदस्य शोभा प्रधानको स्मरणमा श्रद्धाञ्जली सभा भयो ।
सभामा भक्तपुर नपाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, वडा नं. ९ का वडाध्यक्ष तथा वागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वलगायत उपस्थित सबैले दिवङ्गत प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
सभामा प्रमुख प्रजापतिले नेपाल क्रान्तिकारी महिला सङ्घका कोषाध्यक्ष शोभा प्रधान सबै कार्यकर्ताहरूबीच प्रेरणाको स्रोतको रूपमा रहनुभएको बताउनुभयो । उहाँको सङ्घर्षमय जीवन स्मरणीय भएको उल्लेख गर्दै उहाँले क्यान्सरजस्तो खतरनाक रोगबाट बर्सेनि लाखौँ जनताले अकालमै ज्यान गुमाइरहेको यथार्थबारे प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले नगरका १० वटै वडाहरूमा क्यान्सर रोग परीक्षणबारे शिविरहरू सञ्चालन गर्दै सर्वसाधारण जनतालाई रोगबारे सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू गर्दै आइरहेको बताउनुभयो ।
सभामा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले क्यान्सर पूर्णरूपमा निको हुने रोग नभएको हुँदा रोग लाग्नुभन्दा अगाडि नै सबैले आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँदै वागीश्वरी माविको विकास र शिक्षा प्रवद्र्धनमा उहाँको नेतृत्वदायी भूमिका अनुकरणीय भएको उल्लेख गर्नुभयो । उहाँको सङ्घर्षमय जीवन सबैको निम्ति प्रेरणाको स्रोत रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षिका सुशिला कर्माचार्यले शोभा प्रधानसँगको आफ्नो अनुभव सुनाउँदै उहाँ व्यवहारिक र सहनशील महिला भएको र राजनीतिकरूपबाट पनि सक्रिय रहनुभएको बताउनुभयो ।
सभामा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र कलेजका प्राचार्य धनकुमार श्रेष्ठले पनि उहाँको व्यक्तित्वबारे बोल्नुभएको थियो ।
Leave a Reply