भर्खरै :

एकमहिने हस्तलेखन तालिम समापन सम्पन्न

भक्तपुर, १२ असार । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को महिला तथा बालबालिका उपसमितिको आयोजनामा एकमहिने हस्तलेखन तालिमको समापन कार्यक्रम सम्पन्न भयो ।
समापन कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले विद्यार्थीहरू ज्ञान तथा सीप सिकाइमा सदैव उत्सुक एवं जाँगरिलो हुनुपर्नेमा जोड दिँदै हस्तलेखन तालिमले सहभागी विद्यार्थीहरूको व्यक्तित्व विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका का.मु.व्यवस्थापक शिला गोसाईले प्रतिकुल मौसम र समयको ख्याल नगरी प्रशिक्षार्थी एवं अभिभावकहरूले देखाएको सक्रियता र मेहनतले आगामी दिनहरूमा थप कार्यक्रमहरू सञ्चालन गर्न हौसला मिल्ने जानकारी दिनुभयो ।
तालिमका प्रशिक्षक सुरज दिदीयाले नेवार समुदाय परिश्रमी तथा सीपयुक्त समुदायको रूपमा विश्वमा परिचित रहेको र तालिम अवधिमा सहभागी प्रशिक्षार्थीहरूको मेहनतले त्यसलाई पुष्टि गरेको बताउँदै तालिम अवधिमा सिकेको अक्षर राम्रो लेख्ने कला हस्तलेखनको एउटा सानो भागमात्र रहेको जानकारी दिनुभयो । उहाँले प्रशिक्षार्थीहरूले सिकाइबाट प्राप्त कलाको निरन्तर अभ्यास एवं नयाँ नयाँ विषयको ज्ञान आर्जनको क्रमलाई निरन्तरता दिनेमा जोड दिनुभयो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं सञ्चालक रामलक्ष्मी शिल्पकार लवजुले संस्थामा आबद्ध अभिभावक सदस्यहरूमा हस्तलेखन तालिमको अत्यधिक माग रहेको विचार व्यक्त गर्दै सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
तालिमको समापन कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा आयोजक उपसमितिका सचिव रञ्जना प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *