लोकेश्वर साकोसबाट सरसफाइ कार्यक्रम
- असार ६, २०८३
भक्तपुर, १२ असार । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भक्तपुर जिल्ला समिति गठन गर्न समन्वय समितिका संयोजक रामकृष्ण प्रजापतिको सभापतित्वमा खेलपे्रमी युवा तथा खेलाडीहरूको भेला भयो ।
भेलामा सङ्घका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डेले हाम्रो तरिकाले खेल विकास गराँै भन्ने भावनाका साथ नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घको गठन भएको हो भन्नुभयो । उहाँले यस खेलमा नेपालका ३० वटा जिल्लामा शाखा विस्तार र विश्वका १०० वटा देशमा यस खेलको शाखा स्थापना भइसकेको जानकारी दिनुभयो ।
नेपाल बक्सिङ्ग सङ्घका केन्द्रीय कोषाध्यक्ष गौतम सुजखुले भक्तपुरमा यस सङ्घको गठनले खेलकुदको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला बक्सिङ्ग सङ्घका अध्यक्ष एवं नेपाल केन्पो खुकुरी मार्सल आर्टस सङ्घ भक्तपुर जिल्ला समिति गठन समन्वय समितिका संयोजक रामकृष्ण प्रजापतिले खेलाडीहरूलाई विकृति विसङ्गतिबाट टाढा राख्न र खेलकुदलाई युवाहरूको अभिन्न अङ्गको रूपमा विकास गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर जिल्ला बक्सिङ्ग सङ्घका पूर्वअध्यक्ष केशव त्वानाबासुले नवगठित भक्तपुर जिल्ला केन्पो खुकुरी मार्सल आटर््स सङ्घका पदाधिकारीहरूको टीमले खेल विकासमा थप योगदान गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
खेलप्रेमी युवा तथा खेलाडीहरूको भेलाले केशव कवांको अध्यक्षतामा १३ सदस्यीय नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ भक्तपुर जिल्ला सङ्घ गठन ग¥यो । समितिमा उपाध्यक्ष आशराम सुवाल, सचिव राजकुमार लघु, कोषाध्यक्ष विज्वेल सुवाल, सदस्यहरूमा रामकृष्ण प्रजापति, कृष्ण तमखु, संदिप ब्यान्जू, नरेश खत्री, मेनुका भुजेल, साजन लघु, तुल्सीराम ग्वाछा र जिल्ला खेलकुद समितिका एक जना प्रतिनिधि र स्थानीय तहका एक जना प्रतिनिधि रहनुभएको छ । भेलाले भक्तपुर जिल्ला केन्पो खुकुरी मार्सल आटर््स सङ्घका सल्लाहकारहरूमा गौतम सुजखु, केशव त्वानाबासु, लक्ष्मण अवाल र प्रवीण कुस्मालाई चयन ग¥यो ।
सङ्घका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डेले नवगठित सङ्घका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्दै खेलको विकासमा लाग्न अनुरोध गर्नुभयो ।
Leave a Reply