भर्खरै :

सहकारी विभागको निर्देशन विषयक अन्तरक्रिया कार्यक्रम

भक्तपुर, असार १२ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा ‘सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन, COPOMIS र GoAML विषयक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरमा समुदायमा आधारित र सदस्य केन्द्रित भई सञ्चालनमा रहेको सहकारीको सही मोडेलमा परिचय दिन सफल भएको बताउनुभयो । सहकारीको सुशासनका लागि जारी ३५ बुँदे निर्देशन, COPOMIS र GoAML ले सहकारी संस्थालाई अझ सुशासित हुन, सहकारीको तथ्याङ्कलाई सुव्यवस्थापन गर्न मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले सहकारीहरू पनि नमुना बन्ने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन सकारात्मक रहेको बताउनुभयो । निर्देशनमा हाल प्रक्रिया नपु¥याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे मौन देखिएको र सहकारी सबैले वेबसाइट राख्ने र अद्यावधि गर्न नसकिने हुँदा सहकारीको कारोबारको आधारमा वर्गीकरण गरी अनिवार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सङ्घका व्यवस्थापक बालकृष्ण धोजुले कोपमिसको परिचय, कोपमिस प्रयोग गर्दाको फाइदा र हाल कोपमिसमा भएको अद्यावधिको बारेमा प्रस्तुत गर्नुभयो । साथै GoAML मा दर्ता र प्रतिवेदनहरू कसरी अनलाइनबाट बुझाउने भन्नेबारेमा उहाँले प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् सङ्घका सचिव जगनाथ प्रजापतिले कार्यक्रममा प्रस्तुत भएको ३५ बुँदे निर्देशन, कोपमिस र GoAMLमा आबद्ध हुन अनुरोध गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपसमितिका सदस्य अनिलकुमार सुवालले गर्नुभयो । कार्यक्रममा उपसमितिका सदस्य राजन जतिले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *