लोकेश्वर साकोसबाट सरसफाइ कार्यक्रम
- असार ६, २०८३
भक्तपुर, १२ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बा¥हौँ नगरसभाको बैठक आइतबार पनि चालु रह्यो ।
भक्तपुर नगरपालिकाको बा¥हौँ नगरसभाको आजको बैठकले शोभा प्रधान (बिजुक्छेँ) को निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकले भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैँया सुवालले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।
बैठकले महिलाहरूलाई राजनैतिक चेतना सँगसँगै क्यान्सर रोगबारे स्वास्थ्य सचेतना जगाउने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने शोभा प्रधानको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) का जीवनसङ्गिनी तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष र नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानको क्यान्सर रोगको उपचारको क्रममा २०७९ असार ८ गते निधन भएको थियो ।
बैठकमा प्रमुख प्रजापतिले शोभा प्रधानको निधनले पार्टी र कार्यकर्तामाझ अपूरणीय क्षति पुगेको बताउँदै उहाँले देश र समाजको निम्ति गर्नुभएको योगदानको कारण उहाँ अमर हुने बताउनुभयो ।
समाज परिवर्तनमा प्रधानको उल्लेखनीय योगदान रहेको चर्चा गर्दै प्रमुख प्रजापतिले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको राजनीतिक जीवन सहज र सफल बनाउन शोभा प्रधानले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय र अविस्मरणीय रहेको उल्लेख गर्नुभयो ।
Leave a Reply