भर्खरै :

काभ्रेमा शोभा प्रधानको श्रद्धाञ्जली सभा

काभ्रे, १३ असार । नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष तथा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानको असार ८ गते निधन भएको हुँदा नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिद्वारा बनेपामा श्रद्धाञ्जली सभा सम्पन्न भयो ।
सभामा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव सुलोचना छ्वाजूले शोभा प्रधान (बिजुक्छेँ) मायाको प्रतिमूर्ति भएको बताउनुभयो । उहाँले आफन्त, पाहुना र कार्यकर्ताहरूलाई हेरचाह गर्न कहिल्यै हिचकिचाहत नगर्ने, सदा हँसिलो मुहारका शोभा प्रधान आपूm अशक्त अवस्थामा पनि अरूलाई हौसला दिइरहने गर्नुहुन्थ्यो, उहाँबाट धैर्य गर्न सिक्नुपर्छ भन्नुभयो ।
तरबारको धारमा हिँड्नुभएका राजनीतिक नेतालाई जीवनभर साथ दिनु, निरन्तर प्रेरणा दिइरहनु आपैmमा साहसिक कदम भएको उहाँले बताउनुभयो ।
महिलाहरूको स्वास्थ्य सुधारको लागि स्वास्थ्य शिविरमा महिलाहरूलाई सहभागी गराउने, राजनीतिमा सहभागिता बढाउने कार्यमा पनि शोभा प्रधानको योगदान अविस्मरणीय रहेको उहाँले चर्चा गर्नुभयो ।
क्रान्ति एकैपटक आउँदैन, राम्रो भएर पनि मान्छेले आत्मसात गर्न समय लाग्ने भएकोले मान्छेको मनसम्म विचार सम्प्रेषण गर्नुपर्छ अनिमात्र समाजवादी क्रान्ति सफल हुने सहसचिव छ्वाजूले बताउनुभयो ।
नेमकिपा मण्डनदेउपुरका अध्यक्ष कृष्णबहादुर तामाङले समाजको हितमा योगदान गर्नेको जन्म सार्थक हुन्छ भन्नुभयो । शोभा प्रधानको भौतिक शरीर नरहे पनि उहाँको योगदान सदा रहिरहने उहाँले बताउनुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा नेपाल क्रान्तिकारी महिला सङ्घ काभ्रेका अध्यक्ष कान्ति अवा, कर्म वाइबा, लक्ष्मीराम न्हुच्छेप्रधान, पुण्यशोभा श्रेष्ठ, सुशिला तामाङ, अस्मिता खरेल, विनोद बजगाईलगायतले शोभा प्रधानको जीवनको विविध पक्षमा प्रकाश पार्नु भएको थियो । सभामा शोभा प्रधानको स्मरणमा एक मिनेट मौनधारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *