भर्खरै :

भक्तपुर नगरपालिकालाई सङ्गीतकर्मीहरूको अनुरोध

  • असार १४, २०७९
  • शम्भो राजभण्डारी, आराधना सङ्गीत समूह
  • पाठक विचार

भक्तपुरको नाम लिनासाथ सबैले कला संस्कृतिले धनी जिल्ला भनेर बुझ्छन् । भक्तपुर नगरपालिकाले यस क्षेत्रमा देखाएको संरक्षण र संवद्र्धनको नीतिले साँच्चै ‘पुर्खाले सिर्जेको सम्पत्ति – हाम्रो कला र संस्कति’ भन्ने नारालाई सार्थक पारेको छ । कला संस्कृतिमात्र होइन पछिल्लो समयमा भक्तपुर नगरपालिकाले स्वास्थ्य र शिक्षामा देखाएको अग्रसरता पनि तारिफयोग्य छ । तर, यसो भन्दै गर्दा एक सङ्गीतकर्मी भएको नाताले मलगायत भक्तपुरका सङ्गीतकर्मीहरू भने त्यति सन्तुष्ट हुन सकिराखेका छैनौँ । सङ्गीतको क्षेत्रमा भक्तपुर छिमेकी जिल्लाहरूको तुलनामा भक्तपुर पछाडि परेको छ । भक्तपुरका सङ्गीतकर्मीलाई हेरिने दृष्टिकोण र गरिने व्यवहार सम्मानजनक छैन ।
यसको कारण भक्तपुरले राष्ट्रिय स्तरको सङ्गीतकार तयार पार्न नसक्नु नै हो । हाम्रो गल्ली गल्लीहरूमा कति नारायणगोपाल, कति नातिकाजी जन्मनुभन्दा पहिल्यै मर्दै छन् । हामीले उचित स्याहारसुसार गर्न नसकेका कारण नै भक्तपुरका सुगन्ध छर्ने पूmलहरू कोपिलामै झर्दै छन् । शिक्षा, स्वास्थ्यमा अब्बल हुन सफल हामी सङ्गीतमा किन पछि पर्ने ? ‘एसएलसी पास नभए भक्तपुर जानू’ भन्ने स्थितिबाट उठाएर शैक्षिक गन्तव्य भक्तपुरसम्म पु¥याउन सफल भक्तपुर नगरपालिकाले सङ्गीत क्षेत्रमा पनि चमत्कार गर्न नसक्ला र ? पक्कै सक्छ भन्नेमा हाम्रो पूर्ण विश्वास छ । तसर्थ, सङ्गीत क्षेत्रलाई उकास्न पनि नगरपालिकाको तर्पmबाट उचित भूमिका निभाइयोस् भन्ने हाम्रो विनम्र आग्रह छ ।
भक्तपुरमा सङ्गीत सिक्ने कुनै राम्रो स्थान छैन । कसैले केही सिक्न चाहेमा छिमेकी जिल्ला नै धाउनुपर्ने बाध्यता छ । छिमेकी जिल्ला पुगेर सिक्न खोज्दा समय र पैसाको फजुल खर्च बढ्छ । सङ्गीतको क्षेत्र त्यसै त खर्चालु क्षेत्र हो । वाद्यसामग्रीको मूल्यदेखि लिएर तिनका कोर्सको लागि लाग्ने खर्च महँगो छ । यातायातको खर्च अलग्गै जोड्न परिहाल्यो । यसरी हेर्दा एक सङ्गीत साधकलाई कुनै सङ्गीतको विषय सिक्न धेरै गाह्रो भइरहेको छ । भक्तपुरमै एउटा सङ्गीत केन्द्र खोल्न सकेको खण्डमा त्यसबाट सङ्गीत सिक्नेहरूलाई धेरै राहत मिल्छ ।
दुःख गरेर सिकेको सङ्गीत कला पनि यहाँ प्रदर्शन गर्ने मौका मिल्दैन । भक्तपुरमा साङ्गीतिक कार्यक्रम नै हुँदैन भन्दा फरक पर्दैन । एक त सङ्गीत सिकिरहेकाले आफ्नो अग्रजहरूको प्रस्तुति हेरी सिक्न सक्ने कुरा सिक्न पाउँदैन भने अर्को आपूmसँग भएको क्षमता पनि प्रदर्शन गर्न पाउँदैन । फलस्वरूप उसको प्रगति हुन पाउँदैन र निरुत्साहित भएर सङ्गीत नै छोड्ने मनस्थितिमा पुग्छ । तसर्थ, साङ्गीतिक कार्यक्रमहरू बेलाबखतमा गर्नुपर्ने देखिन्छ ।
सङ्गीत कर्ममा निरन्तरता दिन नसक्नु अर्को कारण हो भने आर्थिक पाटो पनि हो । सङ्गीतकर्मीहरूले आफ्नो सीपलाई आर्थिक पाटोसँग जोड्न नसक्दा ठूलो समस्या भएको छ । सङ्गीतमा लागेर आम्दानी जुटाउन नसक्ने बरु उल्टै खर्चमात्र हुने हुनाले धेरैलाई यस पेशाप्रति वितृष्णा जागेको देखिन्छ । कतिले आफ्नो सौख पूरा गर्नमात्र भए पनि बालुवामा पानी खनाएसरि पैसा खनाएर लागेका छन् । तर, यसरी सङ्गीतको विकास हुनसक्दैन । सङ्गीतको विकास गर्ने नै हो भने सङ्गीतकर्मीले सङ्गीतलाई आर्थिक पाटोसँग जोड्नै पर्छ । विद्यालयहरूमा सङ्गीत प्रशिक्षण दिलाउनु यसको एउटा समाधान हुनसक्छ । नत्र, सङ्गीतकर्मीहरूलाई सङ्गीत निल्नु न ओकल्नु हुन्छ ।
भक्तपुर नगरपालिकाले धेरै पहिलेदेखि विश्वविद्यालयको माग गर्दै आइरहेको छ । के कारणले हो स्वीकृति पाइरहेको छैन । तर, भोलिका दिनहरूमा अवश्य नै स्वीकृति पाइन्छ भन्नेमा हामी आशावादी छौँ । विश्वविद्यालय स्वीकृत भइसकेपछि विभिन्न डिपार्टमेन्टहरूमध्ये एक डिपार्टमेन्ट सङ्गीतको पनि अवश्य नै होला । सङ्गीत शिक्षणको लागि पाठ्यक्रम (syllabus) पनि बनाइन्छ नै । यसरी पाठ्यक्रम बनाउँदा यहाँको मौलिक सङ्गीतहरूलाई समेटेर पाठ्यक्रम बनाइनु पर्छ । हालका विश्वविद्यालयहरूमा शिक्षण हुँदै आएका सङ्गीतहरूले हाम्रो मौलिक गायन वादनलाई समेट्न सकिरहेको छैन । यसमा हाम्रो आफ्नो सङ्गीतका कुराहरू न्यून परिमाणमा छन् । ख्वप विश्वविद्यालयले पाठ्यक्रम बनाउँदा समाविष्ट गर्नुपर्ने ती मौलिक सङ्गीतहरूलाई आजबाटै अध्ययन अनुसन्धान गर्न जरुरी छ । हाम्रो माटोको सङ्गीत भन्नाले हाम्रा परम्परागत बाजाहरू र रागहरू हुन् । कति डाफा भजनहरूले गाउँदै बजाउँदै आइरहेका ती राग, ताल र बाजाहरू लोपउन्मुख छन् । तिनलाई पुस्तान्तरण गर्दा परम्परागत शैलीमा श्रुति प्रणालीबाट मात्र गरिन्छ जुन त्यति वैज्ञानिक छैन । अर्काे कुरा हामीले ती ताल र रागहरूको अध्ययन अनुसन्धान गरेर तिनको कुनै पनि अभिलेख तयार पारेका छैनौँ । अरू सङ्गीत प्रणालीहरूको आफ्नै छुट्टै सैद्धान्तिक र प्रयोगात्मक पाटाहरू हुन्छन् । सङ्गीत गायन र वादनका छुट्टै विशेषताहरू हुन्छन् । तर, हाम्रो परम्परागत सङ्गीतमा त्यस्तो केही पनि छैन । तसर्थ, यसको अध्ययन अनुसन्धान गर्न अत्यावश्यक भइसकेको छ । हाम्रा आफ्नै राग, ताल तथा गाउने बजाउने शैलीहरूको अध्ययन गरी हामीले पनि पश्चिमी राष्ट्रिय सङ्गीत, कर्नाटकीय सङ्गीत, भातखण्डे सङ्गीत पद्धतिजस्तै आफ्नै छुट्टै सङ्गीत पद्धतिको विकास पनि गर्नसक्छौँ ।
हाल बजाइरहेका ताल, स्वर, लय आदिलाई अन्तर्राष्ट्रिय स्तरमा लिपिबद्ध गर्न पनि जरुरी छ । यसो गर्न सकेको खण्डमा तिनलाई हाम्रो विश्वविद्यालयले मात्र होइन संसारको जुनसुकै विश्वविद्यालयले पनि आफ्नो पाठ्यक्रममा समावेश गर्नसक्छ । सिकाइमा एकरूपता पनि आउँछ । कहिले पनि ती मासिएर जाँदैनन् । यसको अनुसन्धान गर्न, लिपिबद्ध गर्न र अभिलेख राख्न एउटा सङ्गीत अध्ययन केन्द्र खोल्न सकिन्छ । यसै अध्ययन केन्द्रमार्पmत भक्तपुरलगायत ललितपुर, काठमाडौँमा सिक्दै सिकाउँदै, गाउँदै बजाउँदै आएका राग, ताल शब्द आदिको अध्ययन अनुसन्धान गर्न सकिन्छ । साथै सङ्गीतसँग सम्बन्धित विभिन्न बाजाहरूको तालिम पनि यसै अध्ययन केन्द्रमार्पmत दिलाउन सकिन्छ । यसले भोलिका दिनहरूमा ख्वप विश्वविद्यालय सञ्चालन गर्दा आवश्यक पाठ्यवस्तु तथा दक्ष जनशक्ति पनि तयार गर्छ ।
ख्वप विश्वविद्यालय स्वीकृत नभएसम्म सङ्गीतमा शैक्षिक स्तर सुधार्न तत्कालै हाल नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा सङ्गीत अध्यापन सुरु गर्नुपर्छ । यसरी सङ्गीत विभाग थपी सङ्गीत अध्यापन सुरु गर्दा काठमाडौँको ललितकला क्याम्पसमा जस्तै विशुद्ध सङ्गीतका विषयहरू राखिनुपर्छ । भक्तपुरमा सङ्गीतमा लागेका सङ्गीतकर्मीहरू र नव सङ्गीत साधकहरूको हातमा आधिकारिक डिग्री पु¥याउन भक्तपुर नगरपालिकाले यो कदम यथाशीघ्र चाल्नुपर्छ जस्तो हामीलाई लागिरहेको छ ।
बेलाबखतमा नगरपालिकाले आपैm साङ्गीतिक क्रियाकलापहरू गर्नुपर्छ, प्रतियोगीताहरू गर्नुपर्छ । यसका साथसाथै भक्तपुरमा सङ्गीतसँग आबद्ध सङ्घसंस्थाहरूले आयोजना गरेका कायक्रमहरूलाई सहयोग, समर्थन र सहजीकरण गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *