जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
हेटौँडा, १३ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवन सङ्गीनी, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष एवं नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानको निधनमा शनिबार हेटौँडामा श्रद्धाञ्जली सभा भयो ।
नेमकिपा मकवानपुर जिल्ला समितिको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला अध्यक्ष शन्तलाल भैलले देश र जनताको हितमा योगदान गर्ने व्यक्तिको समाजले सदा स्मरण गर्ने बताउनुभयो ।
पार्टीले लिएको कदमलाई निःस्वार्थपूर्वक पूरा गर्नेतर्फ लाग्नु नै शोभाप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा दिपेन्द्र श्रेष्ठ, रमेशमान सिंह, सन्तमाया तितुङ्ग, कृष्णबहादुर थापामगर, विष्णुबहादुर श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
Leave a Reply