भर्खरै :

एमाले अध्यक्ष ओली समवेदना व्यक्त गर्न बिजुक्छेँ निवासमा

भक्तपुर, १६ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई समवेदना व्यक्त गर्न र शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र विशिष्ट व्यक्तिहरू अध्यक्ष रोहितको कमलविनायकस्थित निवासमा पुग्नुभएको छ ।
प्राप्त जानकारीअनुसार बिहीबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्य श्रद्धाञ्जली व्यक्त गर्न अध्यक्ष निवास पुग्नुभएको थियो ।
त्यस्तै डा. अरूण मास्के, डा. रमिला श्रेष्ठ, डा. सितुलाल श्रेष्ठ, नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनका महाप्रबन्धक उर्मिला श्रेष्ठ, पूर्वमहान्यायाधीवक्ता मुक्ति प्रधान, पाल्पाका निर्मल श्रेष्ठ, नेपाली काङ्ग्रेस चाँगुनारायण समितिका पदाधिकारीहरू, सेन्ट्रल फाइनान्सको टोली, घरेलु तथा साना उद्योग सङ्घ भक्तपुरको टोली, भक्तपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसहितको टोली, इवामुरा अस्तपतालको टोली, भनपा–७ को सांस्कृतिक टोली, भक्तपुर सङ्गीत र कला लगायतको टोली समवेदना एवं श्रद्धाञ्जली व्यक्त गर्न बिहीबार अध्यक्ष बिजुक्छेँ निवास पुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *