भर्खरै :

के स्वाँ स्वाँ हुनु दीर्घ दमखोकी (COPD) मात्रै हो त ?

सामान्यतया कुनै व्यक्तिलाई हिँड्दा वा उकालो चढ्दा सास फेर्न गा¥हो हुने वा स्वाँ स्वाँ बढ्यो भने दम बढ्यो भन्ने चलन छ । के साँच्चै हामीले स्वाँ स्वाँ आउनुलाई दम नै भन्न मिल्छ त ? के हो त यो स्वाँ स्वाँ आउने अथवा दम बढ्ने ? स्वाँ स्वाँ आउनु अथवा दम बढ्नु र दीर्घ दमखोकी (COPD) एउटै हो कि फरक छ भन्ने कुरा सामान्य चर्चा गर्नु उपयुक्त देखिन्छ ।
विभिन्न रोगका कारणले हामीलाई सास फेर्न गा¥हो हुने गर्दछ । सास फेर्न गा¥हो भएपछि हामीलाई स्वाँ स्वाँ आउँछ । सामान्यतः निरोगी मान्छेलाई धेरै व्यायाम गरेपछि मात्र स्वाँ स्वाँ आउँछ । कसैलाई सामान्य हिँड्डुल वा उकालो चढ्दा सास फेर्न गा¥हो हुन्छ । यो विभिन्न रोगको प्रकृति र त्यसको चरणअनुसार फरक–फरक हुनसक्छ ।
स्वाँ स्वाँ आउनु वा सास फेर्न गा¥हो हुनु रोग होइन । यो एउटा लक्षणमात्र हो । जस्तैः हामीलाई ज्वरो आउने, खोकी लाग्ने, पेट दुख्ने आदि लक्षणहरू देखिएजस्तै सास फेर्न गा¥हो हुनु पनि विभिन्न रोगका कारणले हुने एउटा लक्षण मात्र हो । यसका धेरै कारणहरू छन् । जसलाई हामी निम्न लिखित बुँदाहरूमा प्रस्तुत गर्नसक्छौँ ।
१. फोक्सोको कारणले हुने
– COPD (दीर्घ दम खोकी) hronic Obstructive Pulmonary Disease
– Bronchial Asthma
– Pheumonia (निमोनिया)
–Bronclitis
– Tuberculosis (क्षयरोग)
–Covid-19
– Pulmonary Embolism
– Interstitial Lung Disease -ILD_
– Pleural Effusion
२. मुटुको कारणले हुने
–Heart Failure
– Cardiovascular Disease
– Heart Attack
– Heart Arrhythmia
– Pericarditis
३. अन्य कारणहरू
– Infection
– Renal Failure
– Croop
– Panic Attack
– Anxiety
– Anaphyl axis v -Allergic Reaction_
– Carbon mono-oxide poisioning
– Anemia
– Obesity
– Ribs # Traumatic Lung Injury
– Choking
– Foreign Body Inhalation
– Hyperthyroidism
– Goillain Barre Syndrome (GBC)
यसरी प्रायःजसो सास फेर्न गा¥हो हुने समस्या फोक्सोको कारणले हुने भए तापनि मुटु, एलर्जी तथा अन्य छातीमा हुने चोटपटकले गर्दा पनि भएको पाइन्छ । त्यसैले सास फेर्न गा¥हो हुनेबित्तिकै दम नै हुन्छ भन्न मिल्दैन । यसको लागि चिकित्सकको सल्लाहबमोजिम विभिन्न थरीका रगतको जाँच, X-ray, ECG, Echo, -Pulmonary Fobition Test_ spirometry आदि जाँच गरेरमात्र के कारणले गर्दा भएको भन्न सकिन्छ ।
स्वास्थ्यकर्मीले दिएको सल्लाहबमोजिम हामीले उपचार गरे तापनि हामी बारम्बार जँचाउन गए तापनि हामीलाई आफ्नो रोग के हो भन्ने कुरा थाहा हुँदैन । सास फेर्न गा¥हो हुने बित्तिकै दम दीर्घ खोकी (COPD) भन्ने बानी छ । अशिक्षितलाई मात्र होइन शिक्षित मान्छेलाई पनि यसको सही रोग के हो भन्ने जानकारी नभएको पाइन्छ । त्यसैले आफूलाई अथवा आफ्नो परिवारको सदस्यलाई केही समस्या प¥यो भने त्यो समस्या के रोगले भएको छ भन्ने कुरा सबैले बुझ्नु एकदमै जरुरी हुन्छ । यसले, अहिलेलाई मात्र होइन भविष्यमा आइपर्ने विभिन्न रोगको जोखिमलाई घटाउन र उपचार गर्न ठूलो सहयोग मिल्दछ ।
दीर्घ दम खोकी (COPD) के हो त ?
धेरैजसो सास फेर्न गा¥हो हुनुको कारण दीर्घ दम खोकी भएको पाइन्छ । त्यसैले, यसको बारेमा केही कुरा बुझ्नु राम्रो हुन्छ । श्वासनली तथा फोक्सोमा समस्या उत्पन्न गरी श्वासप्रश्वासमा अवरोध पैदा गर्ने प्रमुख रोगहरूमध्ये दीर्घ दम खोकी एक हो । यसले श्वासनली र फोक्सोका कोषहरू नष्ट भएर श्वासप्रणालीको कार्य क्षमता घट्न गई श्वासप्रश्वास प्रक्रियामा अवरोध उत्पन्न भई सास फेर्न कठिन हुने दीर्घ प्रकृतिको रोग नै COPD (Chronic Obstructive Pulmonary Disease) दीर्घ दम खोकी हो ।
COPD कसरी हुन्छ ?
साधारणतया श्वास फेर्ने फोक्सोका वायुथैलीहरू फुकिने र खुम्चिने गर्छ तर यस रोगले ती वायुथैलीहरू (Alveoli) बिग्रिने हुँदा फोक्सोले पूर्ण मात्रामा हावा लिन र फाल्न सक्दैन जसले गर्दा श्वास फेर्न एकदम असहज हुन्छ ।
COPD को कारण के हो त ?
COPD को मुख्य कारण नै धूमपान हो । यसबाहेक वायु प्रदूषण, धुलो, रासायनिक पदार्थ, धुवाँ र वंशानुगत कारणबाट पनि COPD हुनसक्छ ।
COPD का लक्षणहरू के के हुन् ?
यो रोगका मुख्य मुख्य लक्षणहरू नै सास फेर्न गा¥हो हुने, खोकी लाग्ने, खकार अड्किएको जस्तो हुने, छाती घ्यारघ्यार हुने, कमजोर हुनेजस्ता छन् ।
यो रोगबाट कसरी बच्न सकिन्छ ?
रोग लाग्नुभन्दा रोग लाग्न नदिनु उत्तम हो भनेझैँ यसबाट बच्नका लागि यसका कारणहरूबाट बच्नु नै ठूलो बुद्धिमानी हुन्छ । तर, रोग लागि नै सकेपछि सर्वप्रथम धूमपान त्याग्नु नै सर्वाेत्तम उपाय हो । त्यसपछि चिकित्सकको सल्लाहअनुसार उपचार अगाडि बढाउनुपर्छ र निरन्तर एक–एक महिनामा जाँच गर्नुपर्छ । साथै केही गा¥हो भएमा जहिले नै अस्पताल जानलाई तयार हुनुपर्छ । हाल निमोनिया र Infloenia को Vaccine लगाउनाले पनि यसको व्यथा लाग्नबाट बचाउन सहयोग गर्दछ ।
COPD रोगलाई मध्यनजरमा राख्दै भक्तपुर नगरपालिकाले जापानको JIMTEF भन्ने संस्थाको र सोलिङ नेपालको सहयोगमा भक्तपुर जिल्लामा नेपालमै एकमात्र श्वासप्रश्वास पुनःस्थापना केन्द्रको सञ्चालन गरेको छ । यस केन्द्रमा औषधिको सेवनमा मात्र नभई दीर्घ दम खोकीका बिरामीहरूलाई सास फेर्न सजिलो पार्ने श्वासप्रश्वासका साथै शारीरिक व्यायाममा पनि जोड दिइएको छ ।
यस व्यायामले बिरामीलाई श्वास फेर्न गा¥हो भएमा आराम दिलाउने, श्वासप्रश्वास व्यायाम, अकार निकाल्ने विधि, मांसपेशीको व्यायाम र दैनिक जीवनमा गरिने विभिन्न क्रियाकलापहरू (Activities of Daily Life) जस्तैः ओछ्यानबाट उठ्ने, हिँड्ने, भ¥याङ्ग चढ्ने, कपडा लगाउने, सुरुवाल, मोजा वा जुत्ता लगाउने, फुकाउने, मुख धुने तथा दाँत माझ्ने, खाना खाने, सामान उठाउने, दिसा बस्ने, नुहाउने आदि तरिकाहरू सिकाइन्छ । यस रोग लागेका बिरामीको खानामा रुचि घट्दै जाने र दुब्लो पातलो हुने, कमजोर हुने भएकोले यसलाई कम गर्नका लागि आवश्यक स्वस्थकर खानासम्बन्धी महत्वपूर्ण जानकारी पनि गराइन्छ । यसरी निरन्तर औषधि सेवन र उचित श्वासप्रश्वासका व्यायामले बिरामीको औषधि सेवनको मात्रामा कमी ल्याउने, बारम्बार हुने सङ्क्रमणबाट जोगिने बिरामीलाई रोगसँग लड्नलाई आत्मविश्वास बढ्ने, अस्पताल भर्ना हुनुपर्ने अवस्थामा कमी ल्याउनेजस्ता कुराहरू पत्ता लगाएका छन् । जसले गर्दा खर्चको कमी हुन्छ । त्यसैले यो व्यायाम COPD लाई मात्र होइन अरू श्वासप्रश्वासको समस्या भएको बिरामीलाई पनि एकदमै राम्रो गर्दछ ।

Leave a Reply

Your email address will not be published.