नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
बोलिभियाका राष्ट्रपति इभो मोरालेसले तीखो बन्दै गएको अन्तर्राष्ट्रिय द्वन्द्वको आलोचना गर्दै पूँजीवादी संकट समाधान गर्न साम्राज्यवादी शक्तिले युद्धको सहारा लिने गरेको बताएका छन् ।
शुक्रबार ट्वीट गर्दै मोरालेसले संरा अमेरिका जस्ता देशहरूले पूँजीवादी बन्दोबस्तमा जरा गाडेका सामाजिक, राजनीतिक, आर्थिक र वातावरणीय समस्याबाट विषयान्तर गर्न युद्धलाई हतियारको रूपमा प्रयोग गरिरहेको लेखेका छन् ।
‘‘‘युद्धः मृत्युको कुसंस्कृति र साम्राज्यवादी दमनको औजार हो जसलाई उनीहरू पूँजीवादी संकट समाधानको लागि प्रयोग गर्ने गर्दछन् ।’, राष्ट्रपति मोरालेसले ट्वीट गरे ।
पूँजीवाद युद्ध र द्वन्द्वको कारण हो । बीसौं शताब्दीको पूर्वाद्धमा विश्व शक्तिहरूले संसारका आर्थिक शक्ति र प्राकृतिक स्रोतमाथि नियन्त्रण गर्ने प्रतिस्पर्धा गर्दा विश्व युद्ध भएको थियो ।
बिहीबार बोलिभियाली राष्ट्रप्रमुखले संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि ‘आगो र आक्रोश’ को धम्कीको भत्र्सना गर्दै त्यसले मानव जातिको अपमान हुने धारणा राखे ।
‘यो मानव जातिको अर्को अपमान हो’, ट्वीटरमा उनले लेखे ।
संरा अमेरिकाको आगो र आक्रोशको धम्कीको जवाफमा हामीले संवाद, शान्ति र सामाजिक न्यायको प्रस्ताव गर्दछौं ।’, मोरालेसले जोड दिए ।
मोरालेसले संरा अमेरिकाको अतिवादी अडानको विरोधमा संसारभरका जनतालाई विरुद्ध उत्र्न आह्वान गर्दै भने,‘साम्राज्यवाद जित्ने र जनता हार्ने लडाईको विरोध गरौं ।’
‘‘
Leave a Reply