अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १९ असार । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधान (बिजुक्छेँ) को श्रद्धाञ्जली सभा सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजेन्द्र चवालले क्यान्सर निको नहुने रोग होइन, शोभा बिजुक्छेँ स्तन क्यान्सर रोगबाट मुक्त भई स्वस्थ हुनुभएको थियो, हरेक रोग समयमै पहिचान गरी उपचार गरेमा निको हुन्छ भन्नुभयो ।
उहाँले शोभा प्रधानले आफूलाई लागेको स्तन क्यान्सरको उपचारबारे आफ्ना अनुभवहरू सर्वसाधारण जनतालाई बुझाउन र जनतालाई सचेत पार्ने उद्देश्यले समय–समयमा स्वास्थ्य शिविरहरू सञ्चालन गरेर क्यान्सर रोगबाट बच्न सतर्क गराउँदै आएको विचार व्यक्त गर्नुभयो । उहाँले २०४५ सालको भक्तपुर काण्डको समयमा पञ्चायती दमनबाट पाठ सिकेर शोभा प्रधानले हरेक समस्या र पीडासँग सङ्घर्ष गर्दै आउनुभएको स्मरण गराउनुभयो । उहाँले प्रजातन्त्र पुनस्र्थापनापछि नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठनहरूमा उहाँ क्रियाशील भई राजनीतिमा लाग्नुभएको चर्चा गर्दै महिला मुक्तिको सङ्घर्ष र पेशागत हकहितका सङ्घर्षहरूमा भाग लिएको स्मरण गराउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभासद् सृजना सैँजुले शोभा भााउजूले महिला मुक्ति सङ्घर्ष र शिक्षक आन्दोलनमा निभाएको भूमिका हामीले कहिल्यै बिर्सन सकिँदैन भन्नुभयो । पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डमा भएको दमनको विरोधमा गरेको सङ्घर्षमा भाग लिनुभएको स्मरण पनि उहाँले गराउनुभयो । स्तन क्यान्सरबाट बच्न जनचेतना दिँदै आउनुभएका शोभा भाउजूको जीवन सङ्घर्षै सङ्घर्षमा बितेको चर्चा गर्दै उहाँले सरकारको हेलचक्राइँ र बेवास्ताले औषधि व्यवस्था विभागमा सम्बन्धित निकायमा पटक–पटक धाउँदा पनि उपलब्ध नगराएकै कारण शोभा भाउजू बित्नुभएको हो भन्नुभयो । उहाँले भन्नुभयो, शोभा भाउजू कहिल्यै आफ्नो व्यक्तिगत स्वाार्थमा लाग्नुभएन बरु एक राजनैतिक कार्यकर्ताको असल गुण छोड्नुभएन ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्लाका उपाध्यक्ष न्हुछेभक्त फोजुले शोभा भाउजू एक असल गृहिणी, कर्तव्यनिष्ठ शिक्षक, महिला मुक्ति आन्दोलनका एक सङ्घर्षशील व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । “उहाँ प्रकाशन र पठन संस्कृतिलाई जोड दिँदै आउनुहुन्थ्यो । उहाँ अविचलित, धैर्यवान, सहनशील, सङ्घर्षशील असल गृहिणी हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा १ मिनेट मौनधारण गरिएको थियो । उक्त सभामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवाल, पार्टी कार्यकर्ता केशव तिमिल्सिना, शिक्षक सन्तराम दुलाल, सूर्यबहादुर फोजुलगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply