कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
दुई वर्षअघि घुँडा टेकाएर मारिएका जर्ज फ्लोयडको “म सास फेर्न सकिरहेको छैन” भन्ने शब्दहरू अझै पनि हाम्रा कानमा गुञ्जिरहेको बेला, अफ्रिकी मूलका अमेरिकीहरू लक्षित अमेरिकी पुलिसको हिंसात्मक गतिविधि फेरि बाहिरिएको छ ।
जुलाई ३ का दिन अमेरिकाको ओहायो राज्यको अक्रोन सहरका प्रहरीले केही दिनअघिको लाइभ भिडियो जारी ग¥यो । भिडियोमा अफ्रिकी मूलका (कालो जातिको) अमेरिकी व्यक्ति गेल्र्यान्ड वाकरलाई प्रहरीले गोली हानेर मारेको छ । ट्राफिक चेकजाँचको क्रममा ८ जना प्रहरीले लगातार ९० भन्दा बढी गोली हानेका थिए र वाकरको शरीरमा करिब ६० घाउ भएको बताइएको छ ।
जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवस आउनुअघि वाकरको रगतले ‘स्वतन्त्रताको घोषणा’ मा उल्लेखित “सबै जना समान छन्” भन्ने कुरा ठट्टा गरेको जस्तो लाग्छ । हालसम्म अक्रोन सहरमा पुलिसको क्रुरताको विरोध गर्ने धेरै प्रदर्शनहरू आयोजना भएका छन् र स्थानीय स्वतन्त्रता दिवस समारोह पनि रद्द गरिएको छ ।
वाकरको मृत्यु ट्राफिक जाँचको क्रममा भएको हो । ‘पुलिस हिंसा नक्सा’ वेबसाइटको तथ्याङ्कअनुसार, चालू वर्षमा ४९ जना अफ्रिकी मूलका अमेरिकीहरूलाई प्रहरीले गोली हानेर मारेको छ । अफ्रिकी मूलका अमेरिकीहरू पुलिसद्वारा मारिने सम्भावना गोराहरूको तुलनामा २.९ गुणा छ ।
जातीय भेदभाव अमेरिकी समाजका सबै पक्षहरूमा भेटिन्छः आवास, शिक्षा, स्वास्थ्य र रोजगारी आदिमा । यस्तो भेदभाव र दमनले गर्दा अमेरिकी अल्पसङ्ख्यकहरूलाई ‘सास फेर्न’ गा¥हो बनाइदिन्छ । यस पछाडि दासप्रथाको आपराधिक इतिहास, जातीय संरचना र गोरालाई प्राथमिकता दिने सामाजिक वातावरणसँग सम्बन्ध छ । अमेरिकी राजनीतिज्ञहरू पक्षपातपूर्ण विवादमा व्यस्त भइरहेका र शासन गर्न असफल भएको तथ्यसँग पनि सम्बन्धित छन् ।
अमेरिकी राजनीतिज्ञहरूको तथाकथित ‘समानता’ र ‘सहिष्णुता’ ले लामो समयदेखि यता भइरहेको ‘मानवअधिकार रक्षकहरू’ को कुकर्मलाई ढाक्न सकेको छैन ।
Leave a Reply